मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जितिया पर्व स्थानीय देखी प्रदेश सरकारबाट नीतिगत संरक्षण हुनुपर्ने जोड दिदै थारु महिला सभा सुनसरीको जितिया कार्यक्रम समपन्न

by By: रामधुनी खबर
असोज १३, २०७८
855

चन्द्रकला चौधरी
झुम्का, असोज १३ । थारु महिला सभा सुनसरीले जितिया पर्वको अवसरमा बौद्धिक स्तरको कार्यक्रम आयोजना गर्दै स्थानीय देखी प्रदेश सरकारबाट नीतिगत संरक्षण हुनुपर्ने जोड दिएको छ । जितिया पर्व परम्परागत रुपले मान्दै आएको प्रथाजनित मान्यताले नीति निर्माणगरी संरक्षण गरियोस भन्ने उधेश्यले मंगलवार बौद्धिक स्तरको वैचारिक मन्थन कार्यक्रमको आयोजना गरेको हो ।
१ नं. प्रदेश सभा सदस्य, माननिय, नवोदिता चौधरीको प्रमुख आतिथ्यतामा थारु बौद्धिक ब्यक्तित्व, अधिकार कर्मी, संरक्षक, अधिवक्ता, नेतृत्वकर्ताहरुको सहभागीता र अधिकारका बिषयमा वैचारिक धारणा प्रष्ट्याइले कार्यक्रम ऐतिहासिकता प्रदान भएको छ । थारु महिला सभा सुनसरीले कनुनी मानयता सहित बैधानिक तवरले पर्वको अस्तित्व र पहिचान जोगाउन आयोजना गरेको कार्यक्रम ऐतिहासिक रहेको प्रदेश सभा सदस्य, चौधरीले बताउनु भयो । कार्यक्रम मार्फत आएको सुझावहरु प्रदेश सभामा पेशगरी प्रदेश स्तरीय नीति निर्माणगर्न सभा सदस्य माननियहरुको सहमति जुटाउने भुमिका खेल्ने प्रतिबद्धता गर्नु भयो ।
थारु महिला सभा जिल्ला सभापति सुशिला लेखीको सभापतित्वमा आयोजित कार्यक्रममा बक्ताहरुले धारणा राख्दै भने “धर्म, संस्कार, संस्कृति, भाषा, पर्वलाई संरक्षण गर्ने संवैधानिक अधिकार दिएकोले स्थानीय र प्रदेश सरकारले ऐन, कानुन बनाई पर्वको नीतिगत संरक्षण गर्न सक्छ, त्यसकालागी ध्यान र चासो हुनु आवश्कछ” । जितिया पर्वमा बिदाको एक रुपता नभएको, नीतिको अभावले पर्व प्रवद्र्धनकालागी सरकारको उचित बजेट नरहेको, बिदेशी धर्मले थारु धर्म संस्कृतिमा आक्रमण, आधुनीकतामा युवाहरु नाच गानमा मात्र सिमित रहेकोले यसले अधिकारलाई भ्रामित र भ्रममा पार्ने भैरहेको बक्ताहरुले बताएका छन् । थारु संस्कारको ठोस माग मुद्धा मिडियाले उठान गर्न नसकेको, बहुल जातिय, धर्म, संस्कार भएको राष्ट्रिय अझैपनि एकात्मक सोच र शक्ताका कारण नीतिगत संरक्षण पर्न नसकेको जस्ता चुनौतीका बारेमा उपस्थित बक्ताहरुले धारणा ब्यक्त गरेका छन् ।
कार्यक्रममा जनगणनाको बारेमा पनि उठान भएको छ । जनगणना अनुसारनै विकास योजना बन्ने भएकोले थारु समुदायहरु २०७८ को जनगणनामा आफनो भाषा, जातियतामा थारु उल्लेख गराउन सुझाव दिएका छन् । यसैगरी महिला सभाले पर्वको बारेमा लिएको उधेश्य निरन्तरता दिदै सरकारलाई दवाव दिईरहन समेत सुझाव आएको छ ।
कार्यक्रममा जितिया पर्व नीतिगत संरक्षण र अधिकारकोसवालमा थारु कानुव्यवसायी सभा केन्द्रिय अध्यक्ष राजराज चौधरी, ग्रामथान संरक्षण समिति जिल्ला अध्यक्ष तेजनारायण चौधरी, अधिकार कर्मी केशीलाल चौधरी, थारु थारु कल्याणकारिणी सभा(थाकस) केन्द्रिय पार्शद गवन सिंह चौधरी, थारु पत्रकार संघ केन्द्रिय सदस्य कुलदिप चौधरी, थाकस जिल्ला सह सचिव देवेन्द्र चौधरी, थारु युवा सभा जिल्ला अध्यक्ष टिकाराम चौधरी, मोरंग जिल्ला समन्वय समिति सदस्य पुलिस बिश्वास, थारु महिला सभा(थामस) इटहरी नगर समिति सभापति सुनिता चौधरी, थामस रामधुनी सभापति सिता चौधरी लगायतका बक्ताहरुले आफनो धारणा ब्यक्त गरेका छन् ।
माग मुद्धा प्राप्तीकालागी थारु महिला सभा सुनसरी बिगतमा पनि सक्रृय रहेको थियो र बर्तमानमा पनि सक्रृयता सहित तयार रहेको अध्यक्ष लेखीले प्रतिबद्धता गरिन् । जितिया पर्व लगायत थारु हक अधिकारको बिषयमा नीतिगत सम्बोधकालागी आएको धारणा, बिचार, सुझावहरुको प्रतिवेदन बनाउदै प्रदेश र स्थानीयरकारलाई हस्तान्तरण गर्ने अध्यक्ष लेखीले जानकारी दिइन् । हस्तान्तरण पश्चात यसरीनै विविध कार्यक्रमगरी घचघच्याई रहने प्रतिबद्धता जनाउदै कार्यक्रम सफल पुर्व समापन गरेकी हुन् । कार्यक्रममा स्वागत मनतब्य सभाकी जिल्ला सहसचिव ममता चौधरीले राखेकी थिइन् । व्यवस्थापनमा थाकस नगर समिति इटहरीका सचिव अशोक चौधरीले सहयोग गरेको बताउदै समन्व्यमा थारु कानुन व्यवसायी केन्द्रिय समिति, थाकस जिल्ला, नगर र वडा समिति, थारु पत्रकार संघ जिल्ला सुनसरी समिति, थारु युवा सभा जिल्ला समिति र थारु महिला सभा नगर र वडा समितिको रहेको जिल्ला अध्यक्ष लेखीले जानकारी दिइन् ।

अगाडिकाे पाेस्ट

जितियाको अवसरमा इटहरी वडा नं. १९ महोलिया टोलमा सामुहिक “ओठघन”

अर्काे पाेस्ट

“जितिया पर्व” पाठ्यक्रममा समावेस हुनुपर्ने थारु महिला उत्थान समाजको जितिया कार्यक्रमद्धारा निष्कर्ष उठान

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft