मिति : २०८२ चैत्र १ गते (आइतबार)
मौसम : 30.38°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तिला संक्राईत माघीको सांस्कृतिक महत्व उठान गर्दै थारु महिला सभा सुनसरीको शुभकामना आदान प्रदान

by By: रामधुनी खबर
पुष २९, २०७८
640

राख संवाददाता
झुम्का, पुस २९ । तिला संक्राईत माघी पर्वको साँस्कृतिक, सामाजिक, धार्मिक र राजनीतिक महत्व उठान लगायत थारु समुदायमा ब्यवहारिक एकता खाँचोको आवश्यक्तामा जोड दिदै थारु महिला सभा जिल्ला समिति सुनसरीको पर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको शोषण बेदनाले घेरीएको कमैया कमलरीबाट उन्मुक्ति भएको दिन, थारुको खाँटी कृषि उत्पादन तिलको औषधि गुण युक्त प्रमुख महत्व रहेको बक्ताहरुले जोड दिएका हुन् ।
पश्चिमी संंस्कृतिको नाच गान राखेर कार्यक्रमको प्राथमिक्ता दिई रहेको अवस्थामा सो भन्दा फरक बौद्धिक स्तरको कार्यक्रम आयोजनागरी पर्व बारे सचेतना गरेको प्रति थारु महिला सभा जिल्ला सुनसरीलाई अधिकार र संस्कृति संरक्षणमा स्तरीय र बैचारिक समिति रहेको बक्ताहरुले बताएका छन् । माघ महिनाको १ गते मनाउने तिला संक्राईत माघी पर्व थारु समुदायको शोषण बेदनाले घेरीएको कमैया कमलरीबाट उन्मुक्ति भएको दिन माघी पर्व खुशीको अवसरको रुपमा मनाउने गरेको बक्ताहरुले बताए । थारु छोरी चेलीलाई शोषण र दमन गर्न बनेको प्रथा कमलरी कमैया मुक्त घोषणा भएको दिनलाई मानिएकोले तिला संक्राईत माघी पर्व थारु समुदायकोलागी महत्व पुर्ण दिन रहेको बताए ।
कार्यक्रममा थारुको खाँटी कृषि उत्पादन तिलको औषधि गुण युक्त प्रमुख महत्व रहेको बक्ताहरुले जोड दिएका छन् । तराई क्षेत्रमा उर्वरा भुमिमा परिनत गरेको थारु समुदाय पहिलो पटक तिलको उत्पादन गरेको भन्दै थारुको खाँटी कृषि उत्पादन रहेको थारुका अग्रज बक्ताहरुले जानकारी दिएका छन् । तिलको महत्व बारेमा बताउदै पर्वमा तिलको लडु बनाएर खाने संस्कारको विकास थारु समुदायले गरेको छ, तिलको सेवनले मानव स्वास्थ्यमा फाइदा पुग्ने बक्ताहरुको भनाई रहेको छ । यसमा पाइने फाइबरले स्वस्थ्य पाचन प्रणालीमा मदत पुग्ने भएकोले तिलको अनेकौ महत्वको बारेमा बताएका थिए ।
थारु समुदायमा ब्यवहारिक एकताको खाँचो रहेको औल्याएका छन् । थारु अर्थिक, सामाजिक, राजनीतिक सबै पक्षबाट पछि पर्दै गइरहेकोले अबका दिनहरुमा ब्यवहारिक एकता हुनुपर्ने सुझाव दिएका छन् । पहिचानको आधिकार संरक्षण, राजनीतिक रुपमा माथी उठ्न थारु मैत्री पार्टी, थारुको सवालमा संविधानमा अस्पष्टता रहेकोले ब्यवहारिक एकता हुनु पर्नेमा जोड दिएका हुन् । कार्यक्रमबाट संगीत कर्मी कुलदिप चौधरीलाई सम्मान गरेको छ । पर्वको साँस्कृतिक पक्ष र भाषालाई बृहत उठानगरी थारु समुदायको कला प्रवद्र्धन गरेको अवसरमा संगीत कर्मी कुलदिप चौधरीलाई सम्मान गरेको हो । कार्यक्रमा थारु परिकार तथा तिला संक्राइतमा खाने परिकार खुवाएका थिए । तिल र भुजाको लडु, चिचरी भात, घोंही, सिध्रा, माछाका परिकारहरु उपस्थित सम्पुर्णलाई खुवाएका थिए ।
पर्व लक्षित आयोजिक कार्यक्रममा बक्ता तथा प्रमुख अतिथी थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय सदस्य उर्मिला चौधरी, थारु कानुन ब्यवसायि सभा केन्द्रिय समिति अध्यक्ष रामराज चौधरी, ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष तेजनारायण चौधरी, थारु चलचित्र तथा साँस्कृतिक संघ केन्द्रिय अध्यक्ष पर्शुराम चौधरी, थाकस जिल्ला उपाध्यक्ष रामपरी चौधरी, थाकस जिल्ला पुर्व सचिव मनोज चौधरी, थारु महिला उत्थान समाज सुनसरी उपाध्यक्ष आशा चौधरी, संगीत कर्मी कुलदिप चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी उपाध्यक्ष तथा थारु पत्रकार संघ सुनसरी अध्यक्ष सुनिल चौधरी, थारु अधिकार कर्मी जानकी चौधरी, पुलिस विस्वास, टिकाराम चौधरी, सिता चौधरी, तिला चौधरीले कार्यक्रममा बोल्दै पर्वको महत्व र थारु समुदायको ब्यवहारिक एकतामा जोड दिएका थिए । जिल्ला अध्यक्ष सुशिला लेखीको सभापतित्वमा आयाजित कार्यक्रममा कार्यक्रम संचालन जिल्ला सचिव पार्वती चौधरीले संचालन गरेकी छन् । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रन्जना चौधरीले गरेकी छन् भने कार्यक्रम संयोजक सहसचिव ममता चौधरीले गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

झुम्का बहुउद्धेश्यीय सहकारीको ३२ औं साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

आज तिलासंक्राईत पर्व, ‘तिल तथा भुजाको लड्डु खानाले त्रिदोष नाश र बर्ष भरी निरोगी हुने’

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft