मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी वडास्तरीय नकाउट फुटबल च्याम्पियन ६ नं. वडाका खेलाडीलाई भब्य सम्मान

by By: रामधुनी खबर
माघ ७, २०७८
521

सुनिल चौधरी
झुम्का, माघ ७ । रामधुनी वडास्तरीय नकाउट फुटबल प्रतियोगिता २०७८ को बिजेता रामधुनी वडा नं. ६ का खेलाडीलाई भब्य सम्मान पाएका छन् । फुटबल प्रतियोगितामा दक्षताका साथ खेल प्रस्तुतगरी प्रथम स्थान ल्याई वडालाई अब्बल खेल प्रतिको पहिचान बनाएको अवसरमा रामधुनी ६ नं. वडा कार्यालयले सम्मान गरेको हो ।
प्रतियोगितामा बिजय प्राप्त गर्न सफल सम्पुर्ण च्याम्पिय खेलाडीहरुलाई शिल्ड, खादा, अबिर, टिका लगाई युवा खेल विकासमा प्रोत्साहन बढाएको छ । वडा अध्यक्ष हेमनारायण राजधामी तथा वडा सदस्यहरुले खेलाडीहरुलाई सम्मानगर्दै आगामी दिनहरुमा वडाबाट खेलकुद तर्फ थप सहयोग र निरन्तरता दिने प्रतिबद्धता गरेका छन् । वडाअध्यक्ष राजधामीले खेल विकासले युवाहरुको शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने देखि लिएर दुव्र्यशनीबाट समेत जोगिने भएकोले खेलकुदको सवै उमेरकालाई महत्व रहेको भन्दै फुटबल बाहेक भलिबल खेल लगायत अन्य खेलहरुमा पनि वडाका युवाहरु च्याम्पियन र अब्बलता बन्नु पर्ने सुझाव ब्यक्त गरेका छन
वडा नं. ६ प्रतियोगितामा प्रथम बन्दै रु ३० हजार नगद, शिल्ड तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा शन्देस राई म्यान अफ दि म्याच घोषित भएका छन् । देवराज गुरुङ्गको कोच र प्रदिप राईको टिम क्याप्टेनको अगुवाईले खेलाडीहरुले आत्मबल बढाउदै खेलमा वडा च्याम्पियन हासिल गर्न सफल भएको खेलाडी सरल कट्वालले बताए । ‘अरु वडाका खेलाडीहरु मैदानमा उत्रिदा ट्रयाक लगाएर आउथ्यो तर हामी साधारण भेष्टमै चित्त बुझाएर खेल्यौ, वास्तिविकता त, खेलको बिजय ट्रयाकमा नभएर दक्षतामा रहेको भन्दै सो महसुस हामिले गरेका छौँ’ खेलाडी कट्वालले बताए । फाइनल खेल अन्तर्गत पेनाल्टी सुटआउटमा रामधुनी वडा नं. ७ लाई पराजितगरी वडा च्याम्पिय भएको हो । रामधुनी वडास्तरीय नकाउट फुटबल प्रतियोगिता २०७८ रामधुनी नगरपालिकाको सहयोगमा पिप्राहा खेल मैदानमा आयोजना भएको थियो ।

अगाडिकाे पाेस्ट

सनेश कृषि सहकारी संस्थाको थोक तथा खुद्रा कृषि बजार ‘सनेश एग्रो मार्ट’ संचालन

अर्काे पाेस्ट

रामधुनीमा सामाजिक जवाफ देहिता थप पहल बढाउन नयाँ अवधारणामा जोड

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft