रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १ । रामधुनी वडा नं. ७ मा पाँच सय जनाको सहभागीता रहनेगरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन् । खेलकुदमा युवा,महिला र जेष्ठनागरिकलाई शारीरिक व्यायाम र खेलकुदप्रति प्रोत्साहन गर्न यही मंसिर ६ गते आयोजना गर्नेगरी तयारी गरेको सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले रामधुनी ७ नं. वडा शाखा समितिबाट आयोजना हुने खुल्ला म्याराथन प्रतियोगितामा १८ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा सञ्चालन गरिनेछ । प्रतियोगितामा पाँच सय जनाको सहभागीता रहने अपेक्षा गरिएको छ । बिजेता हुने दुवै उमेर समुहका प्रथमलाई जनही रु १५–१५ हजार नगद पुरस्कार र मेडल प्रमाण–पत्रले सम्मान गर्ने छन् । दोस्रो हुनेलाई रु १०–१० हजार र तेस्रो हुनेलाई रु ५–५ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गर्ने आयोजक नेपाल कम्युनिष्ट पार्टी एमाले रामधुनी ७ नं. वडा शाखा समितिले जनाएको छ ।

प्रतियोगिता मंसिर ६ गते आइतवार हुनेछन् । प्रतियोगिताको दुरी १८ बर्ष सम्मकालाई ३ किलोमिटर र १८ बर्ष भन्दा माथीका उमेर समुहकालाई पाँच किलोमिटर रहने आयोजक समितिले जनाएका छन् । म्याराथन प्रतियोगिता पंचायन स्थित बरपिपल चोकबाट सुरु भई रामधुनी–इटहरीको सिमाना रहेको हात्ती चोकसम्म पुगेर सम्पन्न हुनेछ ।
यो प्रतियोगिता पार्टीकाले मात्र नभएर सबैले सहभागीता रहने आवह्वान गर्नु भएको छ । आयोजकका तर्फबाट सोमी सुनुवारले यो म्याराथन प्रतियोगितामा पार्टीका मात्र हैन सबैले सहभागी हुनपाउने जानकारी दिनुभएको छ
रामधुनी वडा नं. ७ का कार्यवाहक वडाअध्यक्ष वासुदेव माझीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी माझीले आफनो धारणा ब्यक्त गर्नुहुँदै स्वस्थ भए मात्र अन्य विषयमा सोच्न सकिने उल्लेख गर्दै स्वस्थ र साहसी नागरिक निर्माणका लागि म्याराथन प्रतियोगिता महत्वपूर्ण अभियान भएको बताउनुभयो । उहाँले यस प्रकारको प्रतियोगिता वडा क्षेत्रका लागि नयाँ आयाम बन्ने विश्वास व्यक्त गर्नु भएको छ ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी एमाले रामधुनी ७ नं. वडा शाखा समितिका अध्यक्ष पूर्णबहादुर मगरको सभापतित्वमा आयोजित म्याराथन प्रतियोगिता प्रेसमिटमा वडा सदस्य श्रवण चौधरी, वडासदस्य तेत्री देवि खत्वे सहभागी रहनु भएको थियो ।प्रतियोगितामा सहभागी हुनुभएका मनोज दाहाल र योगराज पौडेले प्रतियोगिता बारेमा जानकारी दिनु हुँदै आफ्नो धारणा ब्यक्त गर्नु भएको छ ।
प्रतियोगिताको दुरी पार गर्ने सबै सहभागीहरुलाई टि–सर्ट र प्रमाण पत्र उपलब्ध गराइने छन् । प्रतियोगितामा सहभागीका लागि शुल्क रु ५ सय तोकिएको जानकारी गराएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले रामधुनी ७ नं. वडा शाखा समितिबाट आयोजित हुने प्रतियोगिता विहान ५ः०० बजेदेखि सुरु हुने छन् ।


