मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 24.27°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लर्ड बुद्ध इन्टरनेशनल स्कुलले शिक्षामा अब्बलता र जिवनमा चुनौती र समस्या संग जुध्न सिकायो,ऋणी छु : बिद्यार्थी खड्का

by By: रामधुनी खबर
जेठ ३, २०७९
1262

सुनिल चौधरी
झुम्का,जेष्ठ ३ । स्वर्णिम खड्का रामधुनी नगरपालिका वडा नं. ५ मा रहेको लर्ड बुद्ध इन्टरनेशनल स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् । स्कुलले शान्तिको दुत बुद्ध भगवानको २५६६ औँ जन्म जयन्तिको अवसरमा सोमवार स्वागत सम्मान तथा बिदाई कार्यक्रम गरिरहदा बिध्यार्थी खड्काले निर्धक्कले भनिन् “लर्ड बुद्ध इन्टरनेशनल स्कुलले शिक्षामा अब्बलता र जिवनमा चुनौती र समस्या संग जुध्न सिकायो, ऋणी छु” ।
स्टेजमा सबैको अगाडि आफ्नो बिचार र धारणाहरु स्पष्ट संग राख्दै शिक्षाको साथै जिवनमा सहयोग पुग्ने व्यवहारिक ज्ञान समेत प्राप्त गरेकीले आउँदा दिनहरुमा संघर्षका कठिनाईहरु सजिलै पारगर्ने बताइन् ।“म्याथम्याटिक्स र फिजिक्सको सोलुशन मात्र नभई आउँदा दिनहरुमा आइपर्ने समस्याहरुको सहजताले समाधान गर्न सिकेको छु, जस्तो सुकै परिस्थीतीमा अगाडि बढ्न सक्ने क्षमता प्राप्त गरेकी छु, दुःखमा आत्तिनु हुदैन, सुखमा मात्तिनु हुदैन भन्ने जिवनको अमुल्य ज्ञान प्राप्त गरेकीले यस बिध्यालयको आभारी रहेको बताइन्” ।
“बिद्यालयमा मैले पारिवारिक वातावरण पाए, आमा वुवा जस्तै साकारात्मक सोच राख्ने शिक्षक शिक्षिका पाए, मेरो सपनालाई पखेटा लगाइ दिने काम बिद्यालयले गरेको छ, सफलता प्राप्त गर्न मनभरी साहश अनि आँट र तनभरी जोश र जागर प्रदान गरेको छ” भन्दै सदैव सत्यमार्ग तर्फ डोर्याउनु हुने मेरा सम्पुर्ण गुरु, गुरुआमाहरु प्रति आभार प्रकट गदर्छु” । “लर्ड बुद्ध इन्टरनेशनल स्कुलले पढाई र लेखाईमा मात्र नभई जिवन जिउँने सही अर्थ मानव सभ्यताको सेवामा समर्पित गर्नु हो भन्ने पाठ सिकाएको हुदा यस बिध्यालयको बिद्यार्थीहरुमा चौतर्फी विकास भएर लक्ष्य सम्म पुग्न सहज भएको बताइन् ।
लर्ड बुद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपल अर्जुन प्रसाद न्यौपानेको सभापतित्वमा शिक्षा विकास समन्वय इकाई समतिका प्रमुख रमेश बहादुर दाहालको प्रमुख आतिथ्यतामा बुद्ध भगवानको जन्म जयन्तिको अवसरमा सोमवार बिद्यालयद्धारा आयोजित कार्यक्रममा कक्षा १० सम्म अध्ययनगरी ढाका बिश्वविद्यालय बंलगादेशबाट डाक्टर एमबिबिएस सम्म पासगरेका बिद्यार्थी समिर खान र उन्का अभिभावक मुकतार खानलाई कार्यसफलताको कामना गर्दै बिद्यालयले सम्मान गरेको छ । यसैगरी यसै बिद्यालयबाट अध्ययन पुरागरी उच्च शिक्षा हासिल गरेका र प्रशासनका विभिन्न ओहदामा पुगेकाहरुलाई कार्यक्रमा सम्मान गरेकोे छ ।
प्रमुख अतिथी दाहालले यस बिद्यालयका सबै कक्षाका बिद्यार्थीहरु किताबका ज्ञान सगै नेतृत्व क्षमतामा पोख्त देखिएको बताउनु भयो । बिद्यालयमा बिषयगत शिक्षकको व्यवस्थापन, भौतिक पुर्वाधारले सम्पन्न लगायत यथेष्ट क्षेत्रफल रहेकोले बिश्वबिद्यालयको कक्षाहरु संचालन गर्नु पर्ने सुझाव दिनु भयो । रामधुनीका बिद्यार्थीहरु पहेला गाडीमा इटहरी जान रोक्न सक्ने लर्ड बुद्ध इन्टरनेशनल स्कुलमा क्षमता देखिएको छ, यसमा अग्रसर देखाई अभिभावकको चाहना पुरागर्न प्रमुख अतिथी दाहालले अनुरोध समेत गर्नु भयो ।
कार्यक्रमबाट बिद्यालयले बिभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थी र उन्का अभिभावकहरुलाई सम्मानगरी हौसला प्रदान गरेको छ । यसैगरी एसइइ, कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । कोभिडका कारण प्रभावित भएकाले सो कार्यक्रमबाट २०७६ साल देखि २०७९ साल सम्मका अध्ययन पुरा गरेका बिद्यार्थीहरुलाई सम्मान गरेको लर्ड बुद्ध इन्टरनेशनल स्कुलले जनाएको छ ।
कार्यक्रममा बिद्यार्थीलेनै उद्यघोषणगरी प्रष्ट रुपले कार्यक्रम संचालन गरीरहदा अतिथीहरुले सम्मान प्रकट गरेका छन् । हिसान सुनसरीका प्रमुख सागर भटराईले आफनो धारणा राख्ने क्रम्मा बिद्यार्थी आफै कार्यक्रम संचालन गर्नु बिद्यालयको सर्वपक्षिय ब्यवस्थापन मिलेको बताउनु भएको छ लर्ड बुद्ध इन्टरनेशनल स्कुलले गरेका कार्यक्रमहरु इटहरीका बिद्यालयलाई सिकाए बताउनु भयो । विभिन्न बिद्यामा सहभागी भएकालाई सम्मान गर्दा बिद्यार्थीमा हौसला प्रदान हुनेहुदा अबका दिनमा इटहरीका बिद्यालयले पनि कार्यक्रम गर्ने हिसान सुनसरीका प्रमुख भटराईले धारणा ब्यक्त गर्नु भयो । । कार्यक्रममा बिद्यार्थी धिरज कार्की, सनम वस्नेत, ऐलिसा वास्तोला र पुनम वस्नेतले उद्धघोषणगरी कार्यक्रममा रौनकता बढाएका थिए ।
कार्यक्रमबाट लर्ड बुद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपल न्यौपानेले जुनियर कक्षा कोठाहरुमा दुई बर्ष भित्र बालमैत्री शिक्षा अनुसार बुक कर्नर राखेर वैकल्पिक शिक्षा प्रदान गर्ने बताउनु भयो । बिद्यार्थीहरुमा आफै पढ्नु पर्छ, सो वतावरणलाई थप व्यवस्थापन गरेर लाने प्रिन्सिपल न्यौपानेले उठान गर्नु भयो । यसैगरी कार्यक्रममा झुम्का जेसिजका अध्यक्ष सुवोध घिमिरे, अभिभाव किशोरी पोख्रेल, शिक्षक सन्तोष चौधरी लगायतका अतिथीहरुले रामधुनी नगर शिक्षाको गन्तब्य बन्नु पर्नेमा जो दिनु भएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन कला प्रर्दसनगरी थप रौनक प्रदान गरेका थिए । यसका साथै जातजातिका भेषभुषामा झाँकी समेत प्रदर्शनले कार्यक्रममा आकर्षण बढेको थियो ।

अगाडिकाे पाेस्ट

रामधुनीमा ७१.७१ प्रतिशत २९,७४२ मत खस्यो, बिहान १० बजे देखि मतगणा सुरु हुने

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको नव निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft