मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारुको प्रथाजनित कानून संरक्षण भए मात्र डिहवार ग्रामथान सुरक्षित हुन सक्ने सुझाव

by By: रामधुनी खबर
साउन ११, २०७९
1322

राख संवाददाता
झुम्का, श्रावण ११ । परम्परा देखि निरन्तर मौलिक स्वेच्छाले एकैरुपमा मान्यता दिदै आएको चालचलन, व्यवहार, परम्परा, मूल्यमानयता, रीतिरिवाज, सामाजिक व्यवस्था अनुसार थारु समुदायको प्रथाजनित कानून रहेको छ । प्रथाजनित कानूनले गाउँ, टोल, समाज लगायत डिहवार ग्रामथान संचालन गर्न देवान, मैन्जन, गहदार, जेवार, पूजहैर प्रथा चल्दै आएको थियो । पछिल्लो समयमा राज्यको औपनिवेशिकता लेगर्दा थारु समुदायको आधार र पहिचाननै लोप अवस्थामा पुगेको छ ।
राज्यको एकात्मक नीतिको विभेदले प्रथाजनित कानून लोप भएर जाँदा हालमा थारु समुदायको शक्ती पिठ र ज्ञानको स्रोत डिहवार थान र जोडिएको सांस्कृतिक भूमि संकटमा देखिएको छ । जन्म देखि मृत्यु संग जोडिएको धार्मिक आस्था केन्द्रित डिहवार थान अतिक्रमणमा पर्दै संकट र विस्थापितको अवस्थामा रहदा थारुको प्रथाजनित कानून संरक्षण भए मात्र डिहवार ग्रामथान सुरक्षित हुन सक्ने सांस्कृतिकविद तथा अधिकारकर्मीहरुले सुझाव दिएका छन् ।
ग्रामथान संरक्षण समिति इटहरी सुनसरीले चासो लिदै डिहवार ग्रामथान संरक्षणमा जुट्दै गर्दा मंगलवार रामधुनी नगरको झुम्कामा पुस्ताहस्तान्तरणकालागि एक अन्तरकृयात्मक कार्यक्रमगरी सचेतना गरेको छ । नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम मार्फत सांस्कृतिकविद, अधिकारकर्मीहरुले डिहवार ग्रामथान संरक्षण गर्न प्रथाजनित कानूनबाटै संरक्षणको सुरुवात गर्नु पर्नेमा जोड दिएका छन् । ग्रामथानको तथ्याङ्क, विवरण, भौतिक अवस्था, क्षेत्रफल, पूजा विधि, गीत र बाध्यबाधन बजाउने प्रकृयाको समेतको स्थानीयतहले अभिलेख सुतिकृत गरी अध्यावधिक गर्नु पर्ने सुझाव दिएका छन् ।
समितिका अध्यक्ष तेजनारायण चौधरीको सभापतित्वमा भएको सो कार्यक्रम मार्फत डिहवार थानको आस्था पनि सकिदै गएको सांस्कृतिकविद, अधिकारकर्मीहरुको उठान रहेको छ । आधुनिकतामा आएर बर्षमा दुई पटक हुने पूजामा समुदाय सहभागी नहुने, भजन कृतन नगर्ने, भौतिक संरचना निर्माणमा ध्यान नदिने, पुस्ताहस्तान्तरण गर्न र लिन नचाहने, ऐतिहासिकतामा चासो नदिने जस्ता गतिविधिलेगर्दा आस्था सकिदै गएको उठान गरेका छन् । यस अवस्थामा डिहवार ग्रामथानलाई स्थानीयतह मार्फत अभिलेख, सुचिकृत गरी समुदायमा सचेतना गर्दै जादा संरक्षण हुने सांस्कृतिकविद तथा अधिकारकर्मीहरुको सुझाव छ ।
कार्यक्रममा नगर प्रमुख चौधरीले आदिवासी जनजाति सम्पुर्ण थारु समुदायको जिवन संग प्रत्यक्ष जोडिएको डिहवार ग्रामथान अतिक्रमण र बिस्थापित प्रति गहिरो चिन्ता रहेको बताए । रामधुनी क्षेत्र अन्तर्गत रहेको ग्रामथानलाई नीति ल्याएर सुचिकृतगरी संरक्षण प्रकृया अगाडि बढाउँन परामर्श लिईरहेको जानकारी दिए ।
कार्यक्रममा थारु कल्याणकारीणी सभा केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरी, समान अभियान्ता बुद्ध छिरिङ्ग मोक्ताङ्ग, केशव झा, आरके तामाङ्ग, सी एन थारु, साहित्यकार तथा सांस्कृतिक विद रामसागर चौधरी, थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सिता थरुनीले राज्यको औपनिवेशिकता र नीतिगत रुपमा गरिएको विभेद बिरुद्ध कडा रुपमा अगाडि बढ्दै थारुको प्रथाजनित कानून स्थापितगरी ग्रामथान संरक्षण गर्नु पर्ने बताए । अन्तरक्रृयामा पलट चौधरी, पंचायन थानकी महिला पुजहैर दायरा चौधरी, रामधुनी मन्दिरका संरक्षक मोहिनारायण दास लगायतका सहभागी थानपति, गहदार, अगुवाहरुले ग्रामथानको अवस्थाका बारेमा बताएका थिए ।
ग्रामथान संरक्षण समितिले इटहरी उपमहानगर वडा नं. ८ टेंग्राटोलीको बिच्छु धामी डिहवारथान, रामधुनी न.पा.४ इक्राहीको राजाजी बिच्छुधामी थान, इनरुवा न.पा. ८ का कन्शमडानको लाटिमाई देवि थान, रामधुनी १ को जितन धामी थान लगायतका थान बिरुद्ध बिस्थापित गर्न लागेको मुद्धा उपर लाहुर्निपको समन्व्यमा सहयोग गर्दै आएको छ । धार्मिक आस्था केन्द्रित थानलाई भौतिक रुपमै हटाउन खेल्ने षडयन्त्र निरुत्साहित गर्न सचेतना तथा पुस्ता हस्तान्तरण कार्यक्रम गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

स्वास्थ्यका लागि व्रत

अर्काे पाेस्ट

आज नागपञ्चमी मनाइँदै, बिषालु जिव लगायत अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft