मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 30.41°C(scattered clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तीज तथा रैब पर्वको अवसरमा झुम्का जेसीजको शुभकामना आदान प्रदान

by By: रामधुनी खबर
भदौ १२, २०७९
715

राख संवाददाता
झुम्का,भदौ १२ । झुम्का जेसीजले तीज तथा रैब पर्वको अवसरमा आइतवार एक कार्यक्रमगरी शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यता तथा जेसीज महिला कार्यक्रम संयोजक सिता थरुनीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
नेपाली संस्कार संस्कृतिलाई प्रवद्र्धन गर्न तीजको दर खाने र खुवाउने तथा थारु समुदायले मौलिक रुपमा मान्दै आएको रैब पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन् । नगर उपप्रमुख थापाले पर्वको अवसरमा सम्पुर्ण ब्रतालुहरुमा शुभकामना ब्यक्त गर्नु भयो । यसैगरी कार्यक्रममा सहभागी निवर्तमान उपप्रमुख सविना चौधरीले तीज र रैब पर्वको बारेमा बोल्दै पर्वको शुभकामना राख्नु भयो ।
संस्कार तथा परमपरा र पर्वहरुले आत्मबल, मनोबल, एकताको शन्देस दिने भएकोले यसलाई मौलिक तवरले संरक्षण गर्नु पर्ने झुम्का जेसीजका अध्यक्ष द्धारीका घिमिरेले कार्यक्रममा आफ्नो धारणा ब्यक्त गर्नु भयो । संगठित रुपलेनै हरेक समस्याको सामाधानहरु हल हुने भएकोले संगठित हुन आवश्यक रहेको भन्दै अध्यक्ष घिमिरेले सो संगठितको आधार जेसीज रहेको बताउनु भयो ।
जेसीजले यस बर्ष कार्यक्रमहरु साप्ताह रुपमा मनाउने भएको छ । भदौ ११ गते देखि भदौ १६ गते सम्म विविध कार्यक्रमगरी सप्ताह कार्यक्रम अन्तर्गत तीज तथा रैब पर्वको अवसरमा आइतवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको महिला कार्यक्रम संयोजक सिता थरुनीले बताउनु भयो ।
सप्ताह कार्यक्रममा भदौ ११ गते नगर स्तरीय दोस्रो खुल्ला ब्याडमिन्टन खेल सम्पन्न गरेको छ । भदौ १२ गते आज आइतवार तीज तथा रैब पर्वको शुभकामना आदान प्रदान, भदौ १३ गते बिद्यालयमा फुलवारी निर्माण तथा सरसफाई, भदौ १४ गते झुम्का बजारमा तीज तथा जितिया बिशेष कार्यक्रम २०७९, भदौ १५ गते युवा लक्षित ब्यक्तित्व विकास तथा प्रभावकारी प्रस्ुतती तालिम र भदौ १६ गते जेष्ठनागरिक म्युजिकल चेयर,पुरस्कार वितरण, सम्मान तथा जेसिज सप्ताह समापन गर्ने महा सचिव रोशन खड्काले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

रोपाइँ सम्पन्नको अवसरमा थारु समुदायमा “रैब पर्व” सुरु भएसंगै “बिषहैर पूजा”को डाली राख्दै

अर्काे पाेस्ट

झुम्का जेसीजको तीज र नजिकिदै गरेको जितिया पाबैन लक्षित साँस्कतिक कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft