मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु कल्याणकारिणी सभाको रामधुनी नगरमा वडा समिति गठन हुुँदै, वडा नं. ६, ७, ८ र ९ गठन

by By: रामधुनी खबर
चैत्र ५, २०७९
400

राख संवाददाता
झुम्का, चैत्र ५ । थारु कल्याणकारिणी सभाको रामधुनी नगरमा वडा समिति गठन हुँदै छ । सभाको संशोधित बिधान अनुसार समिति गठन गरिरहेको नगर तदर्थ समितिकी अध्यक्ष जानकी चौधरीले जानकारी दिइन् । यस भन्दा पहिले भासि, सिंगिया, डुम्राहा र बक्लौरी गाउँ कार्य समिति रहेको थियो ।
रामधुुनी नगरपालिका भासि, सिंगिया, डुम्राहा र बक्लौरी गाउँ विकास समिति समायोजन भएर नगरपालिका हुँदा संशोधित बिधान अनुसार सभाको वडा समिति गठन भैरहेको छ । रामधुनी नगरमा ९ वटा वडा छन् । वडा नं. ६, ७, ८ र ९ सौहार्दपूर्ण रुपले गठन भएको छ । नगर तदर्थ समितिले ९ वटै वडामा सभाको वडा समिति गठन अभियान गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिइन् ।
सभाको समिति ५ बर्ष कार्यअवधिका लागि गठन भैरहेको थारु कानूून व्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरीले जानकारी दिए । संशोधित बिधानमा ११ सदस्य समिति रहने व्यवस्था गरिएको छ भने ३ उपसभापति रहने व्यवस्था गरेको छ । यस भन्दा पहिले तिन बर्ष कार्यअवधि रहेको थियो । वडागत रुपले समिति गठनगरी सभाको रामधुनी नगर समितिलाई पूर्णता दिने जनाएको छ ।


वडा समिति गठन गर्नेक्रम्मा रामधुनी वडा नं. ६ को वडा सभापतिमा चन्दन कुमार चौधरी सर्वसहमत चयन भएका छन् । उपसभापतिमा दुलारी देवी चौधरी, देवनारायण चौधरी र कृष्ण चौधरी रहेका छन् । सचिवमा हरिनारायण चौधरी, कोषाध्यक्षमा दिपमाला चौधरी चयन भएका छन् ।
रामधुनी वडा नं. ७ मा वडा सभापतिमा राम कुमार चौधरी सर्वसहमत चयन भएका छन् । उपसभापतिमा आरती चौधरी, आशिष चौधरी र घुरणी चौधरी रहेका छन् । सचिवमा रिना चौधरी, कोषाध्यक्ष पार्वती चौधरी छन् ।
रामधुनी वडा नं. ८ मा मनोज चौधरीको सभापतिमा ११ सदस्य समिति चयन भएको छ । रामधुनी वडा नं. ९ मा पनि नरेश कुमार चौधरीको सभापतिमा ११ सदस्य समिति चयन भएको तदर्थ समितिकी अध्यक्ष चौधरीले बताइन् ।


समिति गठन कार्यक्रममा बक्ताहरुले थारु समुदायलाई राज्यले विभेदगरी हेप्ने व्यवहार गरिरहेकोले भावनात्मक, बैचारीक, शैद्धान्तिक रुपले एक गोलबन्ध भएर संघर्ष गर्नु पर्ने अवस्था आएको बताए । थारु भूूमिपुत्रको पहिचान, कला, संस्कृति, धरोहर, शिक्षा रोजगारमा विभेद र बञ्चित गराउँने राज्यको नीति रहेको भन्दै थारु कल्याणकारिणी सभा अधिकार प्राप्तीको लडाईमा सशक्तहुनुु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कानूून व्यवसायी सभा केन्द्रिय अध्यक्ष चौधरी लगायत सभा केन्द्रिय पार्षद प्रशुराम चौधरी, रामधुनी ९ नं. वडा अध्यक्ष घनश्याम चौधरी, ८ नं. वडा अध्यक्ष शिव शंकर राजधामी, जिल्ला सदस्य बिजय चौधरी, राजकुमार चौधरी, थारु महिला उत्थान समाज अध्यक्ष आशा चौधरी, थारु महिला सभा पूूर्व नगर अध्यक्ष सिता चौधरीले थारु अधिकार प्राप्तीका लागि आफ्ना धारणाहरु राखेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा आठ क्लष्टर निर्माणगरी प्रकोप विपद व्यवस्थापन तयारीको प्रारम्भिक कार्यशाला

अर्काे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको निर्वाचन चैत्र १९ गते हुने, उम्मेदवार मनोनयन दर्ता चैत्र १० गते

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft