राख संवाददाता
झुम्का, चैत्र ५ । थारु कल्याणकारिणी सभाको रामधुनी नगरमा वडा समिति गठन हुँदै छ । सभाको संशोधित बिधान अनुसार समिति गठन गरिरहेको नगर तदर्थ समितिकी अध्यक्ष जानकी चौधरीले जानकारी दिइन् । यस भन्दा पहिले भासि, सिंगिया, डुम्राहा र बक्लौरी गाउँ कार्य समिति रहेको थियो ।
रामधुुनी नगरपालिका भासि, सिंगिया, डुम्राहा र बक्लौरी गाउँ विकास समिति समायोजन भएर नगरपालिका हुँदा संशोधित बिधान अनुसार सभाको वडा समिति गठन भैरहेको छ । रामधुनी नगरमा ९ वटा वडा छन् । वडा नं. ६, ७, ८ र ९ सौहार्दपूर्ण रुपले गठन भएको छ । नगर तदर्थ समितिले ९ वटै वडामा सभाको वडा समिति गठन अभियान गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिइन् ।
सभाको समिति ५ बर्ष कार्यअवधिका लागि गठन भैरहेको थारु कानूून व्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरीले जानकारी दिए । संशोधित बिधानमा ११ सदस्य समिति रहने व्यवस्था गरिएको छ भने ३ उपसभापति रहने व्यवस्था गरेको छ । यस भन्दा पहिले तिन बर्ष कार्यअवधि रहेको थियो । वडागत रुपले समिति गठनगरी सभाको रामधुनी नगर समितिलाई पूर्णता दिने जनाएको छ ।

वडा समिति गठन गर्नेक्रम्मा रामधुनी वडा नं. ६ को वडा सभापतिमा चन्दन कुमार चौधरी सर्वसहमत चयन भएका छन् । उपसभापतिमा दुलारी देवी चौधरी, देवनारायण चौधरी र कृष्ण चौधरी रहेका छन् । सचिवमा हरिनारायण चौधरी, कोषाध्यक्षमा दिपमाला चौधरी चयन भएका छन् ।
रामधुनी वडा नं. ७ मा वडा सभापतिमा राम कुमार चौधरी सर्वसहमत चयन भएका छन् । उपसभापतिमा आरती चौधरी, आशिष चौधरी र घुरणी चौधरी रहेका छन् । सचिवमा रिना चौधरी, कोषाध्यक्ष पार्वती चौधरी छन् ।
रामधुनी वडा नं. ८ मा मनोज चौधरीको सभापतिमा ११ सदस्य समिति चयन भएको छ । रामधुनी वडा नं. ९ मा पनि नरेश कुमार चौधरीको सभापतिमा ११ सदस्य समिति चयन भएको तदर्थ समितिकी अध्यक्ष चौधरीले बताइन् ।

समिति गठन कार्यक्रममा बक्ताहरुले थारु समुदायलाई राज्यले विभेदगरी हेप्ने व्यवहार गरिरहेकोले भावनात्मक, बैचारीक, शैद्धान्तिक रुपले एक गोलबन्ध भएर संघर्ष गर्नु पर्ने अवस्था आएको बताए । थारु भूूमिपुत्रको पहिचान, कला, संस्कृति, धरोहर, शिक्षा रोजगारमा विभेद र बञ्चित गराउँने राज्यको नीति रहेको भन्दै थारु कल्याणकारिणी सभा अधिकार प्राप्तीको लडाईमा सशक्तहुनुु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कानूून व्यवसायी सभा केन्द्रिय अध्यक्ष चौधरी लगायत सभा केन्द्रिय पार्षद प्रशुराम चौधरी, रामधुनी ९ नं. वडा अध्यक्ष घनश्याम चौधरी, ८ नं. वडा अध्यक्ष शिव शंकर राजधामी, जिल्ला सदस्य बिजय चौधरी, राजकुमार चौधरी, थारु महिला उत्थान समाज अध्यक्ष आशा चौधरी, थारु महिला सभा पूूर्व नगर अध्यक्ष सिता चौधरीले थारु अधिकार प्राप्तीका लागि आफ्ना धारणाहरु राखेका थिए ।
