मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 28.3°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका भएपनि गैरसरकारी संस्थाहरुलाई स्थानीय सरकारबाट वेवास्ता

by By: रामधुनी खबर
फागुन १५, २०८०
503

रामधुनी खबर संवाददाता
झुम्का, फागुन १५ । समाज रुपान्तरणमा गैरसरकारी संस्था (गै.स.स.) हरुको महत्वपूर्ण भूमिका भएपनि स्थानीय सरकारबाट स्विकार्य हुन नसकेको अभियान कर्मीहरुले बताएका छन् । बिश्व गैरसरकारी संस्था दिवसको अवसरमा आज मंगलवार रामधुनीको झुम्कामा मनाएको दिवसमा गैरसरकारी संस्थाकर्मीहरुले नागरिक संगठन तथा संस्थाहरुकोे योगदान रहेपनि स्थानीय सरकारले वेवास्ता गरेको बताएका हुन् ।
बिश्व गैरसरकारी संस्था दिवस मनाएको यो पहिलो पटक रहेको बताए । सामाजिक अभियान्ता तथा गैरसरकारी संस्थाकर्मी सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित सामाजिक सेवाकर्मीहरुले गैरसरकारी संस्था सामाजको अंग रहेको बताए ।
कोशी प्रदेशमा साक्षर घोषणा, खुल्ला दिशा मुक्त, पूर्ण सरसफाई, आत्मनिर्भरताको अभियान संचालनगरी सामाजिक विकासमा गैरसरकारी संस्थाको भूमिका रहेको गै.स.स. सुनसरी अध्यक्ष मेघराज न्यौपानेले बताए । कोरोना महामारीमा सेवा प्रवाहमा प्रभावकारी बनाउँदै न्युनिकरणका लागि भूमिका रहेको जानकारी दिएका छन् ।


विकासमा गैससको ठुलो भूमिका रहेपनि सामाजिक विकास सुचाङ्कमा कोशी प्रदेश दोस्रो रहेको कारण देखाउँदै यहा दातृ निकायहरुलाई कार्यक्रम योजनाको स्विकृतिमा समाज कल्याण मन्त्रालयले बाधा गरिरहेकोले बताए । प्रदेशको ग्रामिण क्षेत्रमा अहिलेपनि सामाजिक विकासमा चुनौती र समस्या रहेकोले सामाजिक विकास सुचाङ्कमा प्रदेशलाई दोस्रो बनाएकोमा कोठे निर्णय भएको भन्दै समाज कल्याण मन्त्रालयले पुनर विचार गर्नु पर्ने गैसस सुनसरी अध्यक्ष न्यौपानेले बताए ।
उन्ले दातृ संस्थाको सहयोग भए गैससले काम गर्ने र सहयोग नगरे छोडेर जाने प्रबृति बढदै गएको बताए । यसले गैससलाई बिश्वनियता गुमाउँदै गएको बताए । स्थानीय सरकारका प्रमुख मेयर, वडा अध्यक्षहरुको पनि गैसस प्रति फाटाई कार्य भैरहेको उठान गरे । उनीहरुले आफन्तहरुलाई गैसस दर्ता गर्न लगाउने र कार्यक्रमका लागि बजेट रकम छुट्याएर उनीहरु मार्फत गराउने गरेकोले यो विकृति रहेको जानकारी दिए । सुनसरीमा ४ हजार गैसस दर्ता भएपनि ५० वटा कृयाशिल रहेको छ । मन्दिर लगायतका संस्था दर्ता गर्दा गैससनै मान्ने भएपनि राणाशासन काल २०३४ सालको संघ संस्था संचालन ऐन संसोधनगरी फरक गर्नु पर्ने गैसस सुनसरी अध्यक्ष न्यौपानेले धारणा ब्यक्त गरेका छन् ।


कार्यक्रममा उपस्थित एचआइभी एड्स संक्रमित एक महिलाले गैससले गरेको प्रोत्साहनले आफु अहिले सम्म बाचेको बताइन् । २०६१ सालमा पहिलो पटक संक्रमित भएको थाहा पाउदा निकै अप्ठयारा जिवन बिताउँदै गैससको मदतले सहज जिवन यापनमा परिवर्तनगरी यस बिरुद्ध सचेतना अभियानमा समेत अगाडी बढीरहेको बताइन् ।
जागिरे र डलर प्रवृत्तिलाई त्यागनु पर्ने शिक्षक साजन चौधरीले बताए । कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रमा सुधारका लागि गैससको लगानी रहेकोले यसबाट प्रतिफल प्राप्त गर्दै शिक्षा सुधार उन्मुख रहेको बताए । तथापी पनि गैससमा जागिरे र डलर प्रवृत्ति रहेकोले यसलाई त्यागनु पर्ने बताए । संचारकर्मी धिरेन्द्र चौधरीले पत्रपत्रिका, मिडिया हाउस सामाजिक कार्य गर्ने गैससनै भएको बताए । सामाजमा रहेको बिकृति हटाउने सचेतना, समस्या परेको अवस्थामा सहयोग जुटाउने, आवाज विहिनहरुको आवाज उठान गर्दै आएकोले गैससनै रहेको बताए । कार्यक्रममा गैससको भूमिका बारेमा शिक्षक लाल बहादुर चौधरी लगायतका उपस्थित सामाजिक सेवा कर्मीहरुले धारणा राखेका थिए ।
कार्यक्रममा सेभ द अर्थले संचालन गरेको उषण प्रदेशिय रोगहरुको बारेमा जानकारी दिदै उपचार, सर्न सक्ने अवस्थालाई न्युनिकरण गर्न समुदायमा संचालन गर्दै आएको कार्यक्रमबारेमा जानकारी दिएका थिए ।


स्वयंसेवीका रूपमा कानुनतः गठित, विकास कार्यमा सहयोग पु¥याउने, जनताको पीडामा राहत दिने र गैरनाफामूलक एवं तुलनात्मक तवरले स्वतन्त्र प्रकृतिको संस्था गैरसरकारी संस्था (गैसस) हो । यी संस्थाहरूको भूमिका र महत्वलाई सन् १९८० को दशकदेखि नै महसुस गरी खास गरी विकास, मानवअधिकार, मानवीय सहयोग र वातावरण संरक्षणका क्षेत्रमा परिचालित गरिएको पाइन्छ ।
विश्व परिवेशमा जसरी नै नेपालका गैससहरू विभिन्न चरण पार गर्दै विकसित भएको पाइन्छ । पहिलो पुस्ताका गैसस आकस्मिक उद्धार तथा मानवीय सहायतामा केन्द्रित थिए भने त्यसपछि गैससको ध्यान क्रमशः स्थानीय विकास, नीति पैरवी, जनजागरण, द्वन्द्व व्यवस्थापन, शान्ति निर्माण र अधिकारमा आधारित विकासतर्फ केन्द्रित भएका छन् । संस्था दर्तासम्बन्धी ऐन कानुनबमोजिम स्थापित नेपालका गैससहरू मुख्यतः मानवधिकार र मानवीय सहायता, स्थानीय पूर्वाधार विकास र सामुदायिक विकास, महिला तथा बालबालिका अधिकार, वातावरण र दिगो विकास, नागरिक शिक्षा र सचेतना, स्वास्थ्य सेवा, विपद्पछिको खोज उद्धार र सहायता कार्य गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

दादुरा–रुबेला खोप लगाउन रामधुनी नगरमा फागुन २२ गते देखि २९ गते सम्म, कक्षा १० सम्मका अनिवार्य

अर्काे पाेस्ट

रामधुनी ९ नं. वडाको छप्की पोखरीमा बालमैत्री पूर्वाधार विकास निर्माणको शिलान्यास

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft