मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दादुरा–रुबेला खोप लगाउन रामधुनी नगरमा फागुन २२ गते देखि २९ गते सम्म, कक्षा १० सम्मका अनिवार्य

by By: रामधुनी खबर
फागुन १४, २०८०
394

रामधुनी खबर संवाददाता
झुम्का, फागुन १४ । दादुरा–रुबेला खोप लगाउन रामधुनी नगरमा फागुन २२ गते देखि २९ गते सम्म संचालन हुने भएको छ । बालबालिकाहरुमा लाग्ने दादुरा–रुबेला रोग बिरुद्धको खोप संचालन गर्ने रामधुनी नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको हो ।
नगरप्रमुख शंकरलाल चौधरीको सभापतित्वमा खोप सम्बन्धी अभियान प्रभावकारी रुपले संचालन गर्न सोमवार पालिका स्तरीय अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले सहजिकरण गर्दै दादुरा–रुबेला रोग बिरुद्धको खोप ९ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई लगाउने छन् भने यस बर्ष कक्षा १० सम्मका बिद्यार्थी बालबालिकालाई अनिवार्य रुपले खोप लगाउने जानकारी दिए । उमेर बढी भएपनि खोप लगाउन मिल्ने जनाएको छ ।
रामधुनी नगरमा १५ हजार बालबालिकाहरुलाई खोप लगाउने छन् । गत बर्षमा १५ हजार बालबालिकालाई खोप वितरण लक्ष्य लिए पनि १६ हजार बालबालिकाहरुमा खोप वितरण भएको जनाए । खोप वितरण प्रभावकारीका लागि रामधुनी नगरको ६७ वटा स्थानबाट वितरण हुने छन् । खोपका लागि बिद्यालय, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य चौकीबाट बितरण गर्ने जनाएको छ । त्यसैगरी छुट भएका नियमित खोप डिपिटि, हेप बि, हिब पिसिभि र आइपिभि खोप ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरु सबैलाई नियमित खोपको र अन्य छुट खोपहरु नियमित खोप मार्फत पुरा गराउने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
वडा अध्यक्ष कमल कार्कीले बालबालिकाहरुको वडागत तथा स्वास्थ्य स्वयमसेविकाहरुको कार्यक्षेत्रमा पनि बालबालिको यकिन तथ्याङ्क नरहेको बताए । यसले खोप लगाउन छुटेका बालबालिकाहरुलाई कसरी समेट्न सक्ने भन्दै यसका लागि स्वास्थ्य शाखा सचेत हुनुपर्ने जनाएको छ ।
खोप लगाउदा सामान्य प्रकारका अवाञ्छित घटनाहरु देखिदा कुनै डर मान्नु नपर्ने समेत गोष्ठिीबाट जानकारी दिएका छन् । भ्याक्सिन लगाईसकेपछि शरीरमा अन्तरनिहित प्रतिरोधात्मक शक्तिले सो संग प्रतिकृया गर्दा समान्य असर देखिन सक्ने जनाएको छ । खोप लगाउदा समान्य ज्वरो आउन सक्ने, सुई लगाएको ठाउँमा समानय दुख्ने, रातो हुने वा सुन्निन सक्ने, बच्चाहरु केही समय रुने झिँजो मान्ने लगायतका सामान्य असर देखा पर्न सक्ने जनाएको छ । यस्ता घटनाहरु स्थानीय स्तरमा नै उपचार तथा व्यवस्थापन गर्न सकिनेस्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले बताएका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी एक्स्पोमा व्यवसायीहरुलाई कर जटिलता प्रति परामर्श र एकसय बढी कृषकको माटो परिक्षण

अर्काे पाेस्ट

समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका भएपनि गैरसरकारी संस्थाहरुलाई स्थानीय सरकारबाट वेवास्ता

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft