मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 24.27°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ९ नं. वडाको छप्की पोखरीमा बालमैत्री पूर्वाधार विकास निर्माणको शिलान्यास

by By: रामधुनी खबर
फागुन २०, २०८०
796

रामधुनी खबर साप्ताहिक
झुम्का, फागुन २० । बालमैत्री वडा घोषणाको कार्यान्वयन र सक्रृय बनाउँन रामधुनी ९ नं. वडाले बालमैत्री पूर्वाधार विकासलाई प्राथमिक्ता दिएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ को आत्मसाथ गर्दै वडाले बालबालिकाहरुको अधिकार संरक्षणका लागि प्राथमिक्ता दिदै छप्की पोखरीमा बालमैत्री भवन तथा चिल्ड्रेन पार्क निर्माण गर्न लागेको हो ।
बालबालिकाहरुको चौतर्फी विकासको अवधारणा अनुसार आइतवार पार्क निर्माण तथा बालमैत्री भवन चिल्ड्रेन पार्क निर्माण शिलान्यास गरेको छ । संघिय सरकारको पूर्व कृषि तथा पशुपंक्षि विकास राज्यमन्त्री रामकुमारी चौधरीले शिलान्यास गर्नुभयो । पूर्व राज्यमन्त्री चौधरीले भवनको शिलान्यास गर्दै बालबालिकाहरुको अधिकार स्थापित गर्न निर्माण हुन लागेको पार्क नगरकै नमुना भवन तथा पार्क बन्ने विश्वास लिनुभयो । विकास निर्माणमा राजनीतिक गर्न नहुने उहाँले धारणा ब्यक्त गर्नुभयो । पार्टीको आस्था फरक–फरक होला तर विकासमा राजनीतिक गर्न नहुने भन्दै छप्की पोखरीमा रहेको ऐतिहासिक परम्परागत पहिचान पनि स्थापित हुनुपर्ने सुझाव ब्यक्त गर्नुभयो ।


संघिय सरकारबाट आएको रु १ करोड बजेटमा रु ६४ लाख १७ हजार १४६ मा ठेक्का लागेको छ । प्रचबी बिल्डर्स इनरुवा २ सुनसरीले योजना निर्माण गरिरहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । योजना २०८१ असार १० गते सम्पन्न हुने समझौता रहेको छ ।
कार्यक्रममा पूर्व मेयर जयप्रकाश चौधरीले रामधुनी ९ नं. वडामा बालमैत्री पार्क र पूर्वाधार विकासले नगरको बालबालिकाहरुलाई स्थापित गर्ने बताउनुभयो । बालमैत्री नगर घोषणा पछि बालमैत्री पूर्वाधारको पनि आवश्यकता रहेकाले बालमैत्री आधारलाई पुरा गर्न रामधुनी ९ नं. वडा कार्यालयले निरन्तरता दिदा खुसी लागेको धारणा ब्यक्त गर्नुभयो । रामकुमारी चौधरी मन्त्रीहुँदा अवस्थामा रामधुनी नगर विकासमा संघिय सरकारबाट गरेको प्रयास मध्ये चिल्ड्रेन पार्क पनि रहेको पूर्व मेयर चौधरीले जानकारी दिनु भयो । पूर्व मन्त्री चौधरीले यो योजना र बजेटका लागि अथक प्रयासगरी ल्याउन सफल बजेट कार्यक्रम हालमा वडा अध्यक्ष घनश्याम चौधरीले निरन्तरता दिइरहदा पूर्व मेयर चौधरीले शुभकामना ब्यक्त गर्दै वडा अध्यक्ष चौधरी संघर्षसिल र जनमर्म अनुसार विकास निर्माणकार्य गरिरहेको बताउनु भयो ।


वडा अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा कार्यक्रमगरी छप्की पोखरीमा बालमैत्री भवन तथा चिल्ड्रेन पार्क शिलान्यास भएको हो । छप्की पोखरी ३ बिगहा क्षेत्रफलमा रहेको छ । झगरु चौधरीले ग्रामथान निर्माणगरी छप्की पोखरी संरक्षण गर्दै आएको स्थानीयले जानकारी दिए । सो पोखरी थारु समुदायको साँस्कृतिक भूमि रहेको बताए । त्याहा थारु समुदाय आफनो सम्पूर्ण संस्कारका कर्महरु त्यस छप्की पोखरीमा गर्दै आएका छन् ।
शिलान्यास कार्यक्रममा पूर्व संविधान सभा सदस्य सन्तोष चौधरी, अभियान्ता दिनेश चौधरी, मनोज चौधरी लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो । छप्की पोखरी व्यवस्थित र संरक्षणका लागि वडा कार्यालय र वडाअध्यक्षबाट पहल हुँदै आएको छ ।

अगाडिकाे पाेस्ट

समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका भएपनि गैरसरकारी संस्थाहरुलाई स्थानीय सरकारबाट वेवास्ता

अर्काे पाेस्ट

रामधुनी नगरका उद्यमी, व्यवासायी, समाजसेवीमा महिला नेतृत्वको अग्रसरमा प्रोत्साहन सम्मान

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft