मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 21.14°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक टिमकोे १–० ले विजयी

by By: रामधुनी खबर
असोज ३०, २०८२
384

रामधुनी खबर संवाददाता
झुम्का, असोज ३१ । प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक टिम न्यू रामधुनी फुटबल क्लव रामधुनी ४ इक्राही १–० गोलले विजयी भएका छन् । विहिवार भएको खेलमा प्रकाशपुर फुटबल क्लवलाई १ गोलगरी विजय भएका हुन् ।
रामधुनी वडा नं. ४ इक्राही माझी टोल स्थित जारी प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक टिमको तर्फबाट क्षितिज धामीले गोल गरेका थिए । धामीले रचनात्मक रुपले गरेको गोल नै खेलको अन्तिम निर्णय बन्न पुग्यो ।
गोल कर्ता धामी खेलको म्यान अफ दी म्याच हुँदै ट्रफी र नगद राशी रु पन्ध्रसय सहित सम्मान गरेको छ । सो सम्मान रामधुनी ४ नं. वडाका वडा सदस्य खेलनाथ पौडेलले वितरण गर्नु भयो ।


फुटबल प्रतियोगिताको पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टिमले गोलका लागि प्रयासरत बन्यो । पहिलो हाफको खेलमा कुनै गोल हुन नसक्दा दुवै टिमबाट शुन्य शुन्य गोल रह्यो ।
प्रतियोगिताको दोस्रो हाफमा आयोजक टिमले खेल आफनो पक्षमा राखेका थिए । गोलका लागि धेरै अवसर पाएपनि अवसरको सदुपयोग गर्न नसक्दा १ गोल मात्र गर्न सके । उता प्रकाशपुर क्लवले पनि गोलका लागि अवसर पाएपनि आयोजक टिमका गोलकिपरले सबै प्रहार निस्तेज पारेका थिए ।
आयोजक टिको जित संगै सेमी फाइनल खार खोला फुटबल क्वल चतरा संग भिडन्त हुने छ । खार खोला फुटबल क्वल चतराले सुन्दर दुलारी फुटबल क्लव मोरंगलाई पराजितगरी सेमी फाइनल पक्का गरेका थिए ।
न्यू रामधुनी फुटबल क्लव रामधुनी ४ को आयोजनामा जारी फुटबल प्रतियोगिता इक्राही माझि टोल स्थित खेलमैदानमा भै रहेको छ ।


प्रतियोगिताको चौथो दिन असोज ३१ गते सुक्रवार इन्द्रेणी फुटबल क्लव कालाबन्जर भर्सेज सान नेपाल प्रा.ली. इटहरी बिच खेल हुने खेल दिउँशो ३ः०० बजे देखि सुरुहुने आयोजक समितिले जनाकारी दिएको छ ।
प्रतियोगितामा प्रथमहुने टिमलाई शिल्ड, मेडल, प्रमाण–पत्र सहित रु ५१ हजार प्रदान गरिने छ भने दोस्रो हुनेलाई शिल्ड, मेडल, प्रमाण–पत्र सहित रु ३१ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । साथै उत्कृष्ट हुने खेलाडिलाई विभिन्न विधामा सम्मान गर्ने आयोजक संस्थाका अध्यक्ष गंगाराम माझीले बताउनु भयोञ ।
प्रतियोगिताको सेमी फाइनल खेल समुह ए, तर्फको कार्तिक १ गते र समुह बि, तर्फको कार्तिक २ गते हुने छन् भने फाइनल खेल कार्तिक ३ गते सोमवार हुने आयोजक न्यू रामधुनी फुटबल क्लवका सचिव नवराज खड्काले जानकारी दिनुभयो ।

अगाडिकाे पाेस्ट

रामधुनी इक्राहीको माझीटोल खेल मैदानमा : पंचायन फुटबल क्लव ४–० गोल अन्तरले विजयी

अर्काे पाेस्ट

प्रथम न्यू रामधुनी च्यालेन्ज कप : ट्राइब्रेकरबाट आयोजक न्यु रामधुनी फुटबल क्लव फाइनलमा प्रवेश

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft