मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

by By: रामधुनी खबर
भदौ २९, २०८३
385

रामधुनी खबर संवाददाता
झुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको अनुभवका कारण चौधरीलाई नगर सभापतिको सम्भावित उम्मेदवारका रूपमा दाबेदारी बलियो देखिएको हो ।
चौधरीले नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको नगर कोषाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका छन् । त्यसपछि नेपाली कांग्रेसको १३औँ अधिवेशनबाट वडा सभापतिको जिम्मेवारी प्राप्त गरी पार्टी संगठनलाई स्थानीय तहमा थप सक्रिय बनाउन भूमिका खेलेका छन् ।
त्यसैगरी, चौधरीले वडाध्यक्षका रूपमा दुई कार्यकाल जनप्रतिनिधिको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् । जनप्रतिनिधिका रूपमा स्थानीय जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गरेको अनुभवलाई उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ ।

हाल उनी नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिका नगर सचिवका रूपमा सक्रिय छन् । नगर सचिवको जिम्मेवारी सम्हाल्दै पार्टीका सांगठनिक गतिविधि, कार्यकर्ता परिचालन तथा समन्वयमा चौधरीले सक्रियता देखाउँदै आएका छन् ।
पार्टीको भ्रातृ संगठनदेखि वडा तहको नेतृत्व, दुई कार्यकाल जनप्रतिनिधिको अनुभव हुँदै नगर सचिवसम्मको यात्राले चौधरीलाई संगठन र स्थानीय जनताको तहमा काम गर्ने पर्याप्त अनुभव दिएको उनका समर्थकहरूको दाबी छ।

आगामी नगर अधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेस रामधुनीभित्र नेतृत्वका आकांक्षीहरूबीच छलफल र सक्रियता बढिरहेका बेला चौधरीको दाबेदारीलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। संगठनप्रतिको निरन्तर सक्रियता, नेतृत्वको अनुभव र जनप्रतिनिधिका रूपमा प्राप्त कार्यानुभव उनका मुख्य आधारका रूपमा देखिएका छन् ।
रामधुनी नगरमा कांग्रेस संगठनलाई थप व्यवस्थित र गतिशील बनाउने, पुराना कार्यकर्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने तथा स्थानीय जनतासँग पार्टीको सम्बन्ध अझ मजबुत बनाउने विषयमा चौधरी प्रतिबद्ध र सक्रृय रहदै आएका छन् ।

अगाडिकाे पाेस्ट

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको सचेतनामूलक सूचना : “सतर्क रहौँ, सुरक्षित रहौँ”

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft