मिति : २०८३ भदौ २९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

by By: रामधुनी खबर
भदौ २९, २०८३
190

रामधुनी खबर संवाददाता
झुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको अनुभवका कारण चौधरीलाई नगर सभापतिको सम्भावित उम्मेदवारका रूपमा दाबेदारी बलियो देखिएको हो ।
चौधरीले नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको नगर कोषाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका छन् । त्यसपछि नेपाली कांग्रेसको १३औँ अधिवेशनबाट वडा सभापतिको जिम्मेवारी प्राप्त गरी पार्टी संगठनलाई स्थानीय तहमा थप सक्रिय बनाउन भूमिका खेलेका छन् ।
त्यसैगरी, चौधरीले वडाध्यक्षका रूपमा दुई कार्यकाल जनप्रतिनिधिको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् । जनप्रतिनिधिका रूपमा स्थानीय जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गरेको अनुभवलाई उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ ।

हाल उनी नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिका नगर सचिवका रूपमा सक्रिय छन् । नगर सचिवको जिम्मेवारी सम्हाल्दै पार्टीका सांगठनिक गतिविधि, कार्यकर्ता परिचालन तथा समन्वयमा चौधरीले सक्रियता देखाउँदै आएका छन् ।
पार्टीको भ्रातृ संगठनदेखि वडा तहको नेतृत्व, दुई कार्यकाल जनप्रतिनिधिको अनुभव हुँदै नगर सचिवसम्मको यात्राले चौधरीलाई संगठन र स्थानीय जनताको तहमा काम गर्ने पर्याप्त अनुभव दिएको उनका समर्थकहरूको दाबी छ।

आगामी नगर अधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेस रामधुनीभित्र नेतृत्वका आकांक्षीहरूबीच छलफल र सक्रियता बढिरहेका बेला चौधरीको दाबेदारीलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। संगठनप्रतिको निरन्तर सक्रियता, नेतृत्वको अनुभव र जनप्रतिनिधिका रूपमा प्राप्त कार्यानुभव उनका मुख्य आधारका रूपमा देखिएका छन् ।
रामधुनी नगरमा कांग्रेस संगठनलाई थप व्यवस्थित र गतिशील बनाउने, पुराना कार्यकर्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने तथा स्थानीय जनतासँग पार्टीको सम्बन्ध अझ मजबुत बनाउने विषयमा चौधरी प्रतिबद्ध र सक्रृय रहदै आएका छन् ।

अगाडिकाे पाेस्ट

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

सम्बन्धित अरु

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

समाचार

विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

भदौ २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,भदौ २२ । भदौ १० गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीमा परेर ज्यान गुमाएका प्रति झुम्कामा सोमवार शोक सभा गरेका छन् । झुम्केश्व...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft