मिति : २०८३ कार्तिक २९ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको सचेतनामूलक सूचना : “सतर्क रहौँ, सुरक्षित रहौँ”

by By: रामधुनी खबर
असोज ८, २०८३
295

रामधुनी खबर संवाददाता
झुम्का, असोज ८ । रामधुनी नगरपालिकाले सम्भावित भारी वर्षा तथा हावाहुरीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्पूर्ण नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतनामूलक सूचना जारी गरेको छ ।
रामधुनी नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको मिति २०८३/०६/०७ गते बसेको बैठकको निर्णय तथा जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाअनुसार २०८३ असोज ९ गतेदेखि असोज ११ गतेसम्म कुनै पनि बेला मौसममा परिवर्तन भई भारी वर्षा तथा हावाहुरी आउन सक्ने सम्भावना रहेको जनाइएको छ ।

सम्भावित विपद्बाट धनजनको क्षति न्यूनीकरण गर्न नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। हाल देशका अधिकांश स्थानमा मनसुनी तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण हल्कादेखि भारी वर्षा भइरहेको र यसबाट हावाहुरी, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने जनाइएको छ।
नगरपालिकाले सुरक्षा तथा सावधानीका लागि घरका छाना, झ्यालढोका, टिन, होर्डिङ बोर्ड तथा हावाले उडाउन सक्ने अन्य सामग्री सुरक्षित राख्न आग्रह गरेको छ। त्यस्तै, विद्युतका पोल तथा तार, रुख र कमजोर संरचनाको नजिक नबस्न तथा अत्यावश्यक कामबाहेक भारी वर्षा र हावाहुरीको समयमा घरबाहिर ननिस्कन अनुरोध गरिएको छ।त्यसैगरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूको विशेष ख्याल गर्न, खोलानाला तथा नदीमा नजान र डुबान हुन सक्ने तथा अन्य जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको वडा कार्यालय, प्रहरी कार्यालय वा रामधुनी नगरपालिकामा तत्काल सम्पर्क गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।

अगाडिकाे पाेस्ट

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

अर्काे पाेस्ट

थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

सम्बन्धित अरु

समाचार

झुम्का छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती भक्ति सम्पन्न

कार्तिक २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २८ । सूर्य उपासनामा आधारित छठ पर्वको आगमनलाई स्वागत गर्दै शुक्रबार झुम्का स्थित छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती सम्पन्न गरिएको छ ।...

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

    0 shares
    Share 0 Tweet 0
  • उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

    0 shares
    Share 0 Tweet 0
  • झुम्का छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती भक्ति सम्पन्न

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft