मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी मन्दिरको सिद्ध प्राप्ती शुरसैर स्नान घाट संकटमा

by By: रामधुनी खबर
कार्तिक ८, २०७७
1136

रामधुनी मन्दिरको सिद्ध प्राप्ती स्नानघाट संकटमा परेको छ । बिभिन्न समयमा तप गर्न आएका रामधुनीको संरक्षक उदासिन सम्प्रदायका बाबाले सिद्ध प्राप्ती गरेको स्नानघाट बाढीले क्षति पुर्याउदा संकटमा परेको हो ।रामधुनी मन्दिरको सय मिटर पश्चिम प्रितम दासको तप स्थल नजिकै सुरसैर खोलामा रहेको स्नानघाट भत्किएको छ । सुरसैर खोलामा स्नानगरी धुनीको बिगुत सुद्ध मनले ग्रहन गर्नाले मनोकामना पुराहुने बिश्वास रहेको मन्दिर संरक्षक महिनारायण दासले जानकारी दिए । बाढीले सिढी भएको घाट क्षतिहुदा भक्तजनहरुको स्नानमा कठिनाई पर्ने दासको भनाईरहेको छ । घाटको धार्मिक आस्था र मानयता रहेकोले यहा आउने भक्तजन घाटमा आई पानी छर्किनाले मनशान्ति, ग्रहकट्ने, लाभ प्राप्ती हुने बताए । जसरी जतिपनि उदासिन समप्रदायका बाबाहरु यस घाटमा स्नानगरी सिद्ध प्राप्ती गरे त्यसरीनै यहा आउने जो कोहीले पनि घाट स्नान गरे लाभ पाउन सक्ने मन्दिर संरक्षक दासले जानकारी दिएको हो । शुरसैर स्नान घाटमा स्वयम बाबा वनखण्डी स्नानगरी सिद्ध प्राप्ती गरेको बताए । योगी राज बाबा वनण्डी साबिहराज मन्दिर परिसरमा बि.स.१७३२ देखी १८१८ तप गरेको जानकारी दिए । यसैगरी जौरा भेरा साहेब, लकरी महन्त श्री मोहन दास, ठाकुरदास, बुद्ध दास, तिर्थ दास, गोपाल दास, गम्भिर दास, निहाल दासले स्नानगरी सिद्ध भएको पुजारी काशी दास थारु उदासिनले बताए । काशी दास थारु उदासिन बाल्यकाल देखिनै २०२५ सालबाट धुनीलाई संरक्षणगरी हाल सम्म यथा अवस्थामै राखेको छ । बाबा बनखण्डीको आसिर्वादले कासिदासले अहिले सम्म संरक्षण गर्न सकेको बिश्वास पनि रहेको छ । स्नानघाट पुरै नयाँ निर्माण गर्नु पर्ने अवस्था देखिएको नगर प्रमुख जय प्रकास चौधरीको भनाईरहेको छ । खोलामा रुख लडेका कारण बाढी सोझै घाट स्थानमै ठोकिने गरेकोले क्षति हुन पुगेको बताए । रुख लडे पनि वनकार्यालयको बाझिएको नितिको कारण समयमै उठाउन नसक्दा ऐतिहासिक स्नान घाट गुमाउनु परेको नगर प्रमुख चौधरीको भनाईरहेको छ । चौधरीका अनुसार यतिमात्र हैनन् यस्ता बाध्यताले मन्दिर बिकासमै बाधा आईरहेको बताए । बाढीको कारण घाटमा पुगेको क्षतिले मर्मत गर्न नसकिने बताउदै आफु स्वयम उपस्थित भएर यसको लगत लिएको र अनुमानित खर्च समेतको इस्टिमेट भइसकेको बताए । कम रकमले निर्माणमा नपुग्ने भएकोले यसकालागी प्रदेश सरकार संगको सहकार्यमा निर्माण गर्नु पर्ने आवयक ठानेको जानकारी दिए । प्रदेश सरकारले सहयोग नगरे नगरकै योजनाले पनि निर्माण गर्ने नगरप्रमुख चौधरीले जानकारी दिएको हो ।

अर्काे पाेस्ट

अब्यवस्थित रुपले भएको खोला उत्खनन् रोक्न खोज्दा अध्यक्ष घलेलाई सिध्याउने धम्की

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft