मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिपत ब्यवस्थापन अन्तर्गत रामधुनी ३ नं. वडाबाट बिपन्न बिद्यार्थी बालबालिकालाई स्वेटर बितरण

by By: रामधुनी खबर
माघ १९, २०७७
777

सुनिल चौधरी
झुम्का, माघ १९ । चिसोले बढी प्रभाव बिद्यार्थी बालबालिकाहरुमा पर्छन । चिसो र सितलहरको समय बिहान र बेलुका बढ्ने भएकोले सोही समयमा आउ जाउ हुने गर्दा बिद्यार्थी बालबालिकामा जोखिम हुन्छन । बिशेष बिपन्न परिवारका बिद्यार्थीहरुमा न्यानो कपडाको अभावले चिसो लाग्ने अत्याधिक सम्भावना भएकोले रामधुनी वडा नं. ३ ले बिपद ब्यवस्थापन अन्तर्ग न्यानो कपडा बितरण गरेको छ । वडा स्थित सामुदायिक बिद्यालयहरुको बिद्यार्थी बालबालिका लगायत टोलका बिपन्न परिकारका बालबालिकाहरुलाई स्वेटर बितरण गर्दै बिद्यालय निरन्तर पठाउन अभिभावकलाई सचेत गरेको हो ।
वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरु बितरणमा सहभागी हुदै वडाबाट ८० थान स्वेटर बितरण गरेको छ । सोमवार पिप्राहा स्थित श्री पंचाययत मा.बि.मा २२ जना बिद्यार्थी बालबालिकालाई स्वेटर बितरण गरेको हो । यसैगरी जनजागृती आधारभुत बिद्यालय पिप्राही, जनता मा.बी.सिंगिया र इट्टा भट्टामा अभिभावक रहेकोले इट्टा भट्टामै गएर बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराएको छ । चिसोबाट बालबालिकामा हुन सक्ने सम्भावित जोखिमलाई हेर्दै बिपन्न बिध्यार्थीहरुलाई छनौटगरी स्वेटर बितरण गरेको वडाअध्यक्ष राजकुमार चौधरीले बताए । बिद्यार्थी बालबालिकालाई स्वेटर बितरणले बिद्यालय सम्म आउने वातावरण सहजहुने वडा अध्यक्ष चौधरीले बताए । वडा स्थित पिप्राही टोलको बिपन्न परिवारका बालबालिकाहरुलाई स्वेटर बितरण गर्यौ, यहाका अभिभावकलाई बिद्यालय पठाउन सचेतना पनि गरेको वडासदस्य टिका लक्ष्मी श्रेष्ठले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएकी हुन् ।
स्वेटर बितरणले बालबालिकाहरु चिसोमा पनि बिद्यालय आउन निरन्तरता रहिरहने र यसबाट उनीहरुमा अध्ययकालागी प्रोत्साहन पनि बढ्ने भएकोले वडाको कार्ययोजना उपलब्धि मुलक रहेको पंचायत माबिका बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवनारायण चौधरीले बताए । चिसोकै कारण बिद्यालय छाड्ने बिशेष बालबालिकाहरुनै हुन् यसकालागी वडाकार्यालयले ल्याएको बालबालिका लक्षित कार्यक्रम शिक्षा मैत्रि रहेको सोही बिद्यालयकी शिक्षिका अन्जली चौधरीले बताईन् । बालबालिका लक्षित स्वेटर बितरण कार्यक्रमले बालबालिका मैत्रि वडा स्थानिय शासनमा सहयोग पुगेको शिक्षक राजेन्द्र न्यौपानेले बताए । वडाबाट बाल मैत्रि स्थानिय शासनको सुचकमा बाल बिकास, बाल बचाउ, बाल संरक्षण, बाल सहभागीता, संस्थागत बिकासमा योजनाहरुको प्राथमिक्तामा राखेर समेत कार्यहरु गर्दै आएको छ ।
स्वेटर बितरणमा वडा सदस्य नारायण श्रेष्ठ, कर्मचारी वडा सचिव तिर्थराज धमला, स्वस्थ्य चौकी प्रमुख रामरोहीत ठाकुर, बालबालिका सम्पर्क ब्यक्ति हिमानी पौडेल, शुरेस मरिक सहभागी रहेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनीको १८ बर्षीय विश्वकर्माको अन्तरजातिय प्रेम विवाहको कारण बन्यो आत्महत्या

अर्काे पाेस्ट

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारुको अडिसन झुम्कामा माघ २८ गते हुने

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft