मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 29.55°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

महिला उद्यमी प्रोत्साहनकालागी रामधुनी १ नं. वडा स्तरीय महिला बिकास समितिद्धारा ७ दिने सिप बिकास तालिम

by By: रामधुनी खबर
माघ २४, २०७७
958

सुनिल चौधरी
झुम्का,माघ २४ । रामधुनी १ नंं. वडा स्तरीय महिला बिकास समितिले वडाका महिलाहरुमा उद्यमी प्रोत्साहनकालागी सिप बिकास तालिमको आयोजना गरेको छ । महिलाहरुमा घरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिने उधेश्यले “बुटिकले भरिएको मखमलको जुत्ताचप्पल बनाउने” तालिम सम्पन्न गरेको हो ।
रामधुनी वडा नं. १ वडाकार्यालयको सहयोगमा महिला बिकास समितिले महिला सिप बिकास अन्तर्गत ७ दिने तालिम संचालन गरेको छ । तालिम आयोजनाबाट सिप बिकास उपलब्धिले व्यवसाय संचालन गर्न थप प्रोत्साहन प्राप्त भएको सहभागीहरुले बताएका छन् । झुम्का बजारमा सिलाई कटाई व्यवसाय सुरु गरेकी चन्द्रकला चौधरीले बुटिकले भरिएको मखमलको जुत्ताचप्पल बनाउने तालिमले पसलमा नयाँ बस्तु राख्न् र यसबाट थप आय लिन सकिनेमा प्रोत्साहन प्राप्त भएको बताईन । यसैगरी भादगाउँ नयाँ टोलकी नितु चौधरी तालिममा सहभागी हुन पाउदा खुसि ब्यक्त गरिन । घरमा गृहणी भएर त्यतिकै बस्दै आएकी थिए, यो तालिमबाट घरमै बसेर पनि आर्यआर्जन गर्न सकिने पाटोमा जानकारी लिन पाउदा तालिमबाट उपलब्धि पाएको उन्को भनाई रहेको छ ।
महिला उद्यमी प्रोत्साहनकालागी वडा अध्यक्ष महेश चौधरीको प्रमुख आतिथ्यतामा माघ १६ गते उद्धघाटनगरी माघ २३ गते समापन गरिएको छ । समापनमा सहभागी सम्पुर्णलाई कार्य सफलताको शुभकामना दिदै प्रमाण पत्र बितरण गरिएको आयोजकले बताए । सिप सिकेर आत्मनिर्भरताकालागी प्रेरित गर्न महिला बिकास समितिले यस भन्द पहिले क्षमता अभिबृद्धि, लैंगिक भेदभाव बिरुद्ध सचेतना अभियान तालिम संचालन गरिसकेको समितिकी अध्यक्ष आशा चौधरीले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिइन । समितिकी अध्यक्ष चौधरीको सभापतित्वमा बुटिकले भरिएको मखमलको जुत्ताचप्पल बनाउने तालिम सात दिन हाम्रो सिप प्रशिक्षण केन्द्र इटहरीकी डम्बर कुमारी श्रृेष्ठले सहजीकरण गरेकी थिइन भने तालिममा वडाका ३५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारुको अडिसन झुम्कामा माघ २८ गते हुने

अर्काे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको आयोजनामा व्यवसाय कर व्यवस्थापन अभिमुखिकरण

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft