मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का उद्योग बाणिज्य संघको आयोजनामा व्यवसाय कर व्यवस्थापन अभिमुखिकरण

by By: रामधुनी खबर
माघ २५, २०७७
959

सुनिल चौधरी
झुम्का, माघ २५ । झुम्का उद्योग बाणिज्य संघको आयोजनामा आइतवार कर व्यवस्थापन अभिमुखिकरण सम्पन्न भएको छ । आन्तरीक राजस्व कार्यलय इटहरीका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले रामधुनी नगरका व्यवसायीहरुलाई हालमा व्यवस्था भएको कर प्रणालीबारेमा जानकारी दिएको हो ।
व्यापार व्यवसायमा कर व्यवस्थापन हुन नसकेको अवस्थामा अबैधानिक भइ कारोवार गैर कानुनी ठहरीने भएकोले सो को सचेतनाकालागी बाणिज्य संघले अभिमुखिकरण संचालन गरेको छ । अभिमुखिकरणमा आर्थिक ऐन २०७७ ले दिएको छुटबारेमा जानकारी दिएको छ । आर्थिक ऐनले दिएको छुट अनुसार बार्षिक ५० लाख सम्मको कारोवार गर्नेले २०७३÷७४ र ०७५÷७६ सम्म लाग्ने आय विवरण यहि २०७७ को फागुण मसान्त सम्म आय कर ब्याज दाखिला गरेमा २५ प्रतिशत लाग्ने शुल्क छुट लिन सकिने जनाएको छ ।
कोभड–१९ को कारण कर सहुलियत सम्बन्धि बिशेष ब्यवस्था गरेको छ । बार्षिक २० लाख कारोवार गर्ने र २ लाख आय गर्नेले ०७६÷७७ मा लाग्ने करमा ७५ प्रतिश छुटको ब्यवस्था बारेमा जानकारी दिएको छ । बार्षिक २० लाख देखी ५० लाख सम्म कारोवार गर्नेलाई ५० प्रतिशत छुट रहने जनाएको छ । बार्षिक १ करोड सम्मकालाई २५ प्रतिशत छुट लगायत अनलाईन दर्ता तथा खारेजी गर्न सकिने ब्यवस्था रहेको कर अधिकृत निरौलाले बताए ।
कर अधिकृत निरौलाको जानकारी अनुसार रामधुनी नगरबाट दर्ता भएको ३ सय ८३ ब्यवसायले २०४९ देखिकै कर चुक्ता नगरेको बताएका छन् । तथापी पनि तिन बर्षको कर चुक्ता गरे छुट ब्यवस्था अनुसार कर चुक्ता प्रमाण पत्र लिन सकिने जनाएको छ । कर राज्यलाई तिर्नु पर्ने भएकोले समयमा कर चुक्ता गर्नु पर्ने कार्यवाहक अध्यक्ष सुजित रायले बताए । ब्यापारीहरु करबाट डराउने गर्छन् तर ब्यापारमा उपलब्धि लिन कर तिर्नु पर्ने हुन्छ, कर तिरी सफल ब्यवसायीको परिचय पनि रहेकोले यो आवश्यक रहेको कार्यवाहक अध्यक्ष रायले बताए । कर ब्यवस्थापन अभिमुखिकरणमा संघका समिति तथा पदाधिकारीहरु तथा रामधुनी नगरका ब्यवसायीहरुको उपस्थिती रहको थियो । अभिमुखिकरण बाणिज्य संघको सभाहलमा सम्पन्न भएको आयोजकले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

महिला उद्यमी प्रोत्साहनकालागी रामधुनी १ नं. वडा स्तरीय महिला बिकास समितिद्धारा ७ दिने सिप बिकास तालिम

अर्काे पाेस्ट

रामधुनी नगरमा वडा स्तरीय मधेशी मिथिला एकता समाज संगठन बिस्तार

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft