सुनिल चौधरी
झुम्का, माघ २५ । झुम्का उद्योग बाणिज्य संघको आयोजनामा आइतवार कर व्यवस्थापन अभिमुखिकरण सम्पन्न भएको छ । आन्तरीक राजस्व कार्यलय इटहरीका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले रामधुनी नगरका व्यवसायीहरुलाई हालमा व्यवस्था भएको कर प्रणालीबारेमा जानकारी दिएको हो ।
व्यापार व्यवसायमा कर व्यवस्थापन हुन नसकेको अवस्थामा अबैधानिक भइ कारोवार गैर कानुनी ठहरीने भएकोले सो को सचेतनाकालागी बाणिज्य संघले अभिमुखिकरण संचालन गरेको छ । अभिमुखिकरणमा आर्थिक ऐन २०७७ ले दिएको छुटबारेमा जानकारी दिएको छ । आर्थिक ऐनले दिएको छुट अनुसार बार्षिक ५० लाख सम्मको कारोवार गर्नेले २०७३÷७४ र ०७५÷७६ सम्म लाग्ने आय विवरण यहि २०७७ को फागुण मसान्त सम्म आय कर ब्याज दाखिला गरेमा २५ प्रतिशत लाग्ने शुल्क छुट लिन सकिने जनाएको छ ।
कोभड–१९ को कारण कर सहुलियत सम्बन्धि बिशेष ब्यवस्था गरेको छ । बार्षिक २० लाख कारोवार गर्ने र २ लाख आय गर्नेले ०७६÷७७ मा लाग्ने करमा ७५ प्रतिश छुटको ब्यवस्था बारेमा जानकारी दिएको छ । बार्षिक २० लाख देखी ५० लाख सम्म कारोवार गर्नेलाई ५० प्रतिशत छुट रहने जनाएको छ । बार्षिक १ करोड सम्मकालाई २५ प्रतिशत छुट लगायत अनलाईन दर्ता तथा खारेजी गर्न सकिने ब्यवस्था रहेको कर अधिकृत निरौलाले बताए ।
कर अधिकृत निरौलाको जानकारी अनुसार रामधुनी नगरबाट दर्ता भएको ३ सय ८३ ब्यवसायले २०४९ देखिकै कर चुक्ता नगरेको बताएका छन् । तथापी पनि तिन बर्षको कर चुक्ता गरे छुट ब्यवस्था अनुसार कर चुक्ता प्रमाण पत्र लिन सकिने जनाएको छ । कर राज्यलाई तिर्नु पर्ने भएकोले समयमा कर चुक्ता गर्नु पर्ने कार्यवाहक अध्यक्ष सुजित रायले बताए । ब्यापारीहरु करबाट डराउने गर्छन् तर ब्यापारमा उपलब्धि लिन कर तिर्नु पर्ने हुन्छ, कर तिरी सफल ब्यवसायीको परिचय पनि रहेकोले यो आवश्यक रहेको कार्यवाहक अध्यक्ष रायले बताए । कर ब्यवस्थापन अभिमुखिकरणमा संघका समिति तथा पदाधिकारीहरु तथा रामधुनी नगरका ब्यवसायीहरुको उपस्थिती रहको थियो । अभिमुखिकरण बाणिज्य संघको सभाहलमा सम्पन्न भएको आयोजकले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएको हो ।

