रमिता खड्गां
रामधुनी वडा नं.–५ झुम्का
“देश र जनतालाई लुटने तरिका बदलिन्छ, अवस्था हैन”
कबिता
यो देशमा सत्ता बदलिन्छ, व्यवस्था हैन ।
अनुहार बदलिन्छ, चरित्र हैन ।।
मखौटा फेरिन्छ, मानसिकता हैन ।।।
देश र जनतालाई लुटने तरिका बदलिन्छ, अवस्था हैन ।।।।
मुस्कान खातुन जस्ता कयौ चेलीको एसिड आक्रमणकारी फेरिन्छ ।
उसका घाउ पिडा आत्मबिश्वासमा मलहम लगाइदिने समाज हैन ।।
बलत्कारी बदलिन्छ, आफ्नै छोरी चेलीलाई न्याय दिने न्याय व्यवस्था हैन ।।।
यो देशमा केवल कुर्सिमा बस्न होडबाजी मचिन्छ ।
मातृ भुमिलाई न्यानो माया गर्ने सल्लाहवाजी हैन ।।
दहेजका कारण छोरी बुहारीलाई दिनहु जलाउने राक्षस भेन्टिछ, राक्षसलाई संहारगर्ने कृष्ण हैन ।
जाड रक्सि खाएर पिडा दिने बा, श्रीमान भेटिन्छ, तिनै जाड रक्सिलाई टुङ्गो लगाउने नगर अग्रज हैन ।।
राष्ट्रका ढुकुटी नै सखाप पार्ने रणनिति तयार पारिन्छ, छिमेकीको अक्रिमणबाट बचाउने उपाय नीति हैन ।
युवा पिढीलाई खाडी पठाउने दलाल भेटिन्छ,चेली बेटी बेच बिखन रोकी दिने नियम कानुन हैन ।।।
