रा.ख.सम्वाददाता
झुम्का,चैत्र ३ । झुम्का स्थित रबिन मेडिकल हल तथा स्वास्थ्य उपचार क्लिनिकमा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय २६ जनाले सेवा लिएका छन् । थारु महिला उत्थान समाज सुनसरीको आयोजना र नोवेल अस्पताल बिराटनगरको बिशेषज्ञ डक्टरहरुद्धारा भएको शिविरमा स्वास्थ्य जाँचगरी लाभ लिएका हुन् ।
शिविरमा निशुल्क ओपिडी सेवामा नाक, कान, घाँटी, हार्डजोर्नी, स्त्रि रोग, छाला, न्युरो ओपिडी सेवा, बाल रोग बिशेषज्ञद्धारा सेवा दिएका छन् । यसैगरी ल्याब, इसिजी, सेवाका साथै भिडियो एक्स–रे निशुल्क गरिएको थियो । शिविरबाट सेवा लिदै सेवाग्राही स्वास्थ्य सम्बन्धि उपचार लिदै स्वास्थ्य रहन सचेत भएका छन् । रामधुनी १ नं. वडाअध्यक्ष महेश चौधरीको प्रमुख आतिथ्यतामा भएको शिविरमा वडा अध्यक्ष चौधरलिे सेवा लिएकाहरुलाई स्वास्थ्यको कामना गरेका छन् । यसका साथै यसै चैत्र भरीमा वडावासीहरुमा स्वास्थ्य सुरक्षाकालागी बृहत स्वास्थ्य शिविर गर्ने वडाअध्यक्ष महेश चौधरीले जानकारी दिए ।
उत्थान समाजकी अध्यक्ष सिता चौधरीको सभापतित्वमा संचालन भएको शिविरमा नोबेलका रेडियोलोजी डा. नवराज रानाभाट,नाक कान घाँटीका डा. ज्ञानराज आर्याल, न्युरो सर्जरी, डा.सुदिष्ट यादव, मेडिसिन बिभागका डा.जितेश यादव र डा.निश्चल पाण्डेले स्वास्थ्य परिक्षण गरेका थिए । हार्डजोर्नीका डा. बिजय यादव, स्त्रि रोग सम्बन्धि डा.मन्टी चौधरी, छाला रोगमा डा. शिखा साह, बालरोगकालागी रोहित शर्माद्धारा सेवा दिएको रबिन मेडिकलका रबिन चौधरिले जानकारी दिए । शिविरकालागी रामधुनी १ नं. वडाको सहयोग रहेको थियो ।






