मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 30.41°C(scattered clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

किशोर किशोरीहरुमा प्रजनन् स्वास्थ्य अधिकारबारे पैरवी तथा क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

by By: रामधुनी खबर
चैत्र ११, २०७७
1262

सुनिल चौधरी
झुम्का, चैत्र ११ । प्रजनन् स्वास्थ्य अधिकारबारे पैरवी तथा क्षमता अभिबृद्धिकालागी युथ क्रिएशन सुनसरीले तिन दिवसीय तालिम आयोजनागरी सम्पन्न गरेको छ । किशोर किशोरीहरु लक्षितगरी उनीहरुमा स्वास्थ्य अधिकार सम्बन्धि जानकारभई स्वस्थ्य समाज निर्माणगर्नकालागी सामाजिक, नैतिक, पारिवारिक र कानुनी मान्यता अनुसारको अधिकारकाबारेमा तालिमद्धारा सचेत गराएका छन् ।
तालिममा सहभागीहुदै प्रजनन् स्वास्थ्य अधिकारबारेमा बुझेर सचेत भएकी १७ बर्षिय दिप्ती गौतमले निर्धक्क भएर यौन सम्बन्धि समस्य हुने अवस्थाका बारेमा बताईन् । यौन समपर्क श्रीमान श्रिमतिको सहमति हुनु पर्ने तथापी पनि श्रीमतीको इच्छाबिरुद्ध जबरजस्ति गर्न खोजे अधिकार हनन् भएको पहिचान गर्न सकिने भनेर बताइन् । मासिकश्राव भएकोबेलामा पारिवार वा समाजबाट कुनै किसिमको भेदभाव नसही सरसफाई गर्न पाउने अधिकार रहेको तालिममा सहभागी भएकी १७ बर्षिय स्नेहा चौधरीले खुलेर बोलिन् । पहिलो पटक महिनावारी (मासिकश्राव) अवस्थामा आउदा डराउने, लजाउने, परिवारबाट भेदभाव हुने कारण जस्ता परिपाटि हटाउने अभियानको अगुवाइ गर्ने चौधरीले आफनो धारणा राखिन् । तालिमबाट परिवार नियोजनका साधन बारेमा जानकारी तथा प्रयोगको बारेमा सचेत भएको तालिममा सहभागी भएका २१ बर्षिय सहित खानले बताए । यस्ले फ्यामिली प्लान गरी सबै पक्षबाट समृद्ध बन्ने सचेतना भएको खानको बुझाई रहेको छ । स्नेहा चौधरी, सहित खान, दिप्ती गौतम लगायत तालिममा सहभागी २१ जनाको पनि बुझाई सहित अबका दिनहरुमा स्वास्थ्यमा अधिकार र पैरवी गर्न सक्ने क्षमता अभिबृद्धि भएको बताए ।
युथ क्रिएशन सुनसरीको आयोजना तथा प्लान नेपालको सहयोगमा प्रजनन् स्वास्थ्य अधिकार तथा सेवाहरुबारे जानकारभई परिवर्तनको संवाहक बन्न सक्ने भएककोले तालिमको आवश्यक्ता महसशुस भएको परियोजना संयोजक भिम पोख्रेलले बताए । युवा युवतीहरु स्वास्थ्य ज्ञानको अभावले जिवनमा नराम्रो अवस्था र घटनाको समना गर्नु पर्ने मात्र हैन मृत्युवरणनै गरेको अवस्था रहेकोले सो घटना न्युनिकरणकालागी स्वास्थ्य अधिकार पैरवी र क्षमता अभिबृद्धि गराएको परियोजना संयोजक पोख्रेलले जानकारी दिएका हुन् । तालिम तिन दिन सहजिकरण कलाबती चोमजोङ्गले गरिन् । तालिममा दुहबी, रामधुनी, इनरुवा, धरान र गढीको १५ बर्ष देखी २४ बर्ष उमेरका किशोर किशोरीहरु सहभागीता भएको आयोजकले रामधुनी खबर पत्रिकालाई जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

झुम्का स्थित रबिन मेडिकल क्लिनिकमा भएको निशुल्क स्वास्थ्य शिविरबाट २२६ जनाले सेवा लिए

अर्काे पाेस्ट

सिओसी कक्षाका बिध्यार्थिहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft