मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सिओसी कक्षाका बिध्यार्थिहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम

by By: रामधुनी खबर
चैत्र १२, २०७७
861

रा.ख.सम्वाददाता
झुम्का, चैत्र १२ । सम्भावित दुर्घटनाका कारण हुने मानविय क्षति न्युनिकरण गर्न सिओसी (च्यामपियन अफ चेन्ज) कक्षामा आबद्ध युवा बिध्यार्थिहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम दिएको छ । मानव जिवन रक्षार्थ स्वास्थ्य क्षेत्रमा थप ज्ञान, सिप र दक्ष बनाउन अभ्यास सहितको चार दिवसिय तालिमको आयोजना गरेको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा युथक्रिएशन सुनसरीले रेडक्रश सोसाइटी सुनसरीको प्राबिधिकहरुद्धारा इटहरी स्थित प्राथमिक उपचारबारेमा अभ्यास गराएका हुन् । घाइते बिरामीहरुलाई डक्टर सेवा नपाउन्जेल हेरबिचार गर्दै सुरक्षित तवरले अस्पताल सम्म पु¥याउने सिप तथा बिधिहरुको बारेमा जानकारी दिएको छ । यस्ले अवस्था नियन्त्रण, सुधार र ब्यवस्थापन गर्न मदत पुग्ने सहजकर्ता तथा रेडक्रश सुनसरीका उपाध्यक्ष डम्बर सिग्देलले बताए ।
घाइते हुन सक्ने अवस्थाको बिधाहरुमा चोट पटक लागेको, सर्पले टोकेको, रगत बगिरहेको, हाथ खुट्टा भाचेको अवस्थामा तत्काल रोकथामकालागी सिकाइ उपलब्धि पाएको सहभागी सरोज सिहले बताए । घटना भएको अवस्थामा तुरन्त उद्धार गर्नु पर्ने उपाय, बिरामी ओसार पोसार गर्ने माध्यम, जस्ता जिवन रक्षा गर्ने बिधिहरुको बारेमा जानकार हुदै स्वस्फुर्त कार्य गर्न उत्प्रेरित भएको अर्का सहभागी निश्चल चौधरीले बताए ।
तालिमबाट प्राप्त भएको ज्ञान युवाहरुमा भएको जोस जागरले प्रभावकारी हुदै समाजमा साकारात्मक परिवर्तनको सिर्जनाहुने युथक्रिएशनका परियोजना संयोजक भिम पोख्रेलले बताइ । तालिम युथक्रिएशनका अध्यक्ष अम्मर राईको सभापतित्वमा बुधवार समापन भएको हो । चार दिन सालिग्राम शर्मा, राम बहादुर पाठक, उमेश सुवेदी, सकुन्तला गुरागाईले सहजिकरण गरेको आयोजकले जानकारी दिए ।
सिओसी कक्षा युवा, किशोर किशोरीहरु समाजिक कार्यमा सहभागी तथा प्रोत्साहन हुने अवसथाको कार्यहरु सिर्जनागर्न संचालन भैरहेको छ । युथक्रिएशन सुनसरी र प्लान नेपालको सहयोगमा सिओसी कक्षा आयोजना भएको हो । सिओसी कक्षामा किशोर किशोरीहरुलाई छुट्टाछुट्टै कक्षा संचालनगरी स्वास्थ्य, ब्यवहारिक, सफल जिवन, भबिषयमा गर्न सक्ने लक्ष्य र उधेश्यका बारेमा सिकाईहरु बारेमा शिक्षित गराउदै आएको छ । सिओसी कक्षा प्रत्येक शनिवार संचालन हुने गरेको छ । धरान उपमहानगरपालिका, बराहक्षेत्र, रामधुनी, गढी, दुहबीका समुदायिक बिध्यालयमा अध्यनरत बिध्यार्थीहरु लक्षित रहेको छ ।

अगाडिकाे पाेस्ट

किशोर किशोरीहरुमा प्रजनन् स्वास्थ्य अधिकारबारे पैरवी तथा क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

अर्काे पाेस्ट

संगठित हुने उधेश्यप्रति जोड दिदै मधेशी मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft