मिति : २०८३ असोज ९ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको सचेतनामूलक सूचना : “सतर्क रहौँ, सुरक्षित रहौँ”

by By: रामधुनी खबर
असोज ८, २०८३
177

रामधुनी खबर संवाददाता
झुम्का, असोज ८ । रामधुनी नगरपालिकाले सम्भावित भारी वर्षा तथा हावाहुरीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्पूर्ण नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतनामूलक सूचना जारी गरेको छ ।
रामधुनी नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको मिति २०८३/०६/०७ गते बसेको बैठकको निर्णय तथा जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाअनुसार २०८३ असोज ९ गतेदेखि असोज ११ गतेसम्म कुनै पनि बेला मौसममा परिवर्तन भई भारी वर्षा तथा हावाहुरी आउन सक्ने सम्भावना रहेको जनाइएको छ ।

सम्भावित विपद्बाट धनजनको क्षति न्यूनीकरण गर्न नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। हाल देशका अधिकांश स्थानमा मनसुनी तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण हल्कादेखि भारी वर्षा भइरहेको र यसबाट हावाहुरी, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने जनाइएको छ।
नगरपालिकाले सुरक्षा तथा सावधानीका लागि घरका छाना, झ्यालढोका, टिन, होर्डिङ बोर्ड तथा हावाले उडाउन सक्ने अन्य सामग्री सुरक्षित राख्न आग्रह गरेको छ। त्यस्तै, विद्युतका पोल तथा तार, रुख र कमजोर संरचनाको नजिक नबस्न तथा अत्यावश्यक कामबाहेक भारी वर्षा र हावाहुरीको समयमा घरबाहिर ननिस्कन अनुरोध गरिएको छ।त्यसैगरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूको विशेष ख्याल गर्न, खोलानाला तथा नदीमा नजान र डुबान हुन सक्ने तथा अन्य जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको वडा कार्यालय, प्रहरी कार्यालय वा रामधुनी नगरपालिकामा तत्काल सम्पर्क गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।

अगाडिकाे पाेस्ट

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरपालिकाको सचेतनामूलक सूचना : “सतर्क रहौँ, सुरक्षित रहौँ”

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft