मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरीको बिच्छु धामी डिहवार (ग्रामथान) संरक्षणमा जुटे चौधरीटोलका स्थानीय

by By: रामधुनी खबर
मंसिर १६, २०७७
583

झुम्का, क्षेत्रमा धार्मिक आस्थाले मान्नु पर्ने स्थलहरुको स्थापना मान्नु पर्दा सबभन्दा पौराणिक र ऐतिहासिक डिहवार थान (ग्रामथान) नै हुन् । तराइमा पहिलो बसोवास थारु समुदाय रहेको इतिहासले स्विकार गरिसकेको अवस्थामा सोही अवस्थाबाटनै डिहवार थान स्थापित रहेको मानिन्छ ।पौराणिक र ऐतिहासिक तथा पहिचानकै रुपमा रहेको डिहवार थान राज्यको गलत शासक बर्गहरुकोे कारण बिस्थापित, अतिक्रमण, चपेटामा परेको जगजाहेर छ । शासक बर्गहरुको अहिले पनि हालिमुहाली रहेको छ । जस्का कारण डिहवार थानको पुर्वाधार संरचनामा स्तर उन्नती हुन सकेको छैन । धार्मिक धरोहर जस्ता राज्यकै सम्पति हनुपर्नेमा बिकासका नाममा नामेट पार्ने कार्यमा तुलेको छ । यसको प्रत्यक्ष असर र प्रभाव सुनसरीको इटहरी उपमहानगरपालिका वडानं. ६ स्थित मुख्य बजारमै धरान रोडको छेउमा रहेको बिच्छु धामी डिहवार थानको हेर्न सक्छौ । सडक बिभागले धरान बिराटनगर रोड बिस्तार गर्ने क्रम्मा पुस्तौ पुस्ता देखिको स्थापित थानको कुनै मतलब नराखी बिस्थापित गर्नेमा लागेको छ । सडक बिस्तार गर्दा फोहोर थुपार्ने कार्यमा झनै स्थान पाएको छ । थानमा फोहोर र नालाको माटो अब्यवस्ति रुपले थुपार्दा शनिवार स्थानियहरुले सरसफाइ गरेको छ । इटहरी वडा नं. ४ चौधरी टोलका थारु समुदायले मान्दै आएका ग्रामथान सरसफाइ गरेका हुन् । सो टोलका जागरुक तथा ऐतिहासिक धार्मिक पहिचान संरक्षण कर्मीहरुले सामुहिक भेलाहुदै सरसफाइ गरेको हो । गहदार तथा थानपतिको जिम्मेवारी लिएकी सुशिला लेखीको संयोजकत्वमा सरसफाइगरी थान क्षेत्र भित्र गोबरले लिपपोत गरेको हो । पर्व दशमी सुरु भए संगै साझबाती देखाउने परमपरा अनुसार सामुहिक रुपले दियोबाती देखाउने र ढोगमुर गर्ने लेखीले बताइन् । थारु समुदायको गौरव तथा पहिचानको आधार डिहवार थान बिस्थापित गर्न राज्यको सन्यन्त्रनै लागेकोले सचेत हुन आवश्यक रहेको लेखीले आफनो धारणा बताएकी छन् । सडक बिभागले भत्काएको थानको घेरावेरा पुन लगाउने लेखीले जानकारी दिइन् । महिलाहरुको अधिकार तथा संस्कृति संरक्षणमा अगाडी बढ्दै गरेकी लेखी थारु महिला सभा जिल्ला सुनसरी कार्यवाहक सभापति हुन । कार्यवाह भएपनि संस्कृति प्रवद्र्धनमा संगठन मार्फ उपलब्धि मुलक कार्यक्रमहरु गरिसकेकी छन् । पुजारी तथा धामी अशोक चौधरीले बिच्चु धामी डिहवार थान बिस्थापित भए थारु समुदाय पनि बिस्थापित हुने बताए । परापुर्वकाल देखिनै गाउँटोलमा आउन सक्ने अदृश्य नाकारात्मक शक्तिको प्रभावबाट संरक्षण, बाल बच्चाहरुको स्वस्थ्य, खेतवारीको अन्नबाली संरक्षण लगायतका कामना प्राप्तहुने डिहवारको महत्व रहेकोले बिस्थापित हुनबाट जोगाउनु पर्ने धामी चौधरीले जानकारी दिए । मानव तथा जगतकै सृष्टिमा कल्याण हेतु महत्व रहेको डिहवार थान इटहरी बजारको मुख्य चोकमै रहेकोले संरक्षणकालागी सबैपक्षबाट पहल हुनु आवश्यक भएको धामी चौधरीको भनाईरहेको छ । सरसफाइमा सहभागी भएकी रुपनी चौधरीले थान संरक्षण समितिका प्रमुख जिम्मेवार ब्यक्तिहरु सरसफाइमा उपस्थित हुनुपर्नेमा चासो नदेखाएको बताइन् । चौधरी ग्रामथान संरक्षणकालागी गठित समितिका सदस्य हुन् । समितिका प्रमुख पदाधिकारीहरु भने सरसफाइ कार्यक्रममा अनुपस्थित रहेको थियो भने आसाराम चौधरी, धमेन्द्र चौधरी, राजकुमारी चौधरी, राधा चौधरी, सत्यनारायण सर्मा लगायतका टोलवासीहरुको उपस्थिती रहेको थियो । उनीहरु आफनो कौशलता देखाएको छ ।पुरातात्विक महत्व बोकेको ग्रामथान भत्काउन नमिल्ने समाजसेवि तेजनारायाण चौधरीले तर्क गरेका छन् । बिकासको नाममा धरोहर जस्तो सम्पति भत्काउनु बिकास होइन बिनास गर्ने सोच रहेको बताए । आदिमकाल देखिको जोडिएको धार्मिक आस्थाका समरंचना परिवर्तन गर्न लागउनु अन्तराष्ट्रि कानुन बिपरित तथा नेपालकै संबिधान बिरुद्ध रहेको चौधरीले बताए । आदिवासि जनजातिहरु संग जोडिएकोले इटहरीको ग्रामथान बिस्थापित गर्न जबरजस्ति कार्य भईरहेकोले मान्य नहुने भन्दै बिकल्पमा संघर्षका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने बताएका हुन् ।यस अनुसार १७ धुर ऐलानि जग्गामा रहेको थान संरक्षणकालागी दवाव सिर्जना गर्नु पर्ने अवस्था आएको छ । सडक बिभाग र स्थानिय तहको समन्बयमा बिकल्प खोज्नु पर्ने छ । समितिका पदाधिकारीहरु सक्रृयता पुर्व लाग्नु पर्ने हुन्छ । सडक बिभाग र स्थानियतहले बिकल्प नदिए संघर्षका कार्यक्रम गर्नु पर्ने अवस्थमा पनि पछि हट्न नहुने आवश्यक्ता देखिन्छ ।

अगाडिकाे पाेस्ट

अब्यवस्थित रुपले भएको खोला उत्खनन् रोक्न खोज्दा अध्यक्ष घलेलाई सिध्याउने धम्की

अर्काे पाेस्ट

घटस्थापनामा थारु समुदायको मौलिक संस्कार अनुसार कलश स्थापना

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft