मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 24.74°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी मन्दिरमा धुनी प्रज्वलनकालागी आसनको लकडी माग गरेपनि दिएनन् सिफारिस

by By: रामधुनी खबर
भदौ १६, २०७८
934

सुनिल चौधरी
झुम्का, भदौ १६ । ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरमा तेत्रायुग देखिनै अखण्ड रुपमा आसन प्रजातीका लकडी प्रज्वलनगरी धुनी जगाउने कार्य हुदै आएको छ । सो लकडी वन क्षेत्रबाटै व्यवस्थापन गरिदै आएको छ । धुनी बाल्न लकडीको मौज्दात नरहेकोले लकडीकालागी लिखित माग गरेपनि डिभिजन वन कार्यालय इनरुवाले सिफारिस नदिएको पुजारीले गुनासो गरेका छन् । बालेको धुनी अखण्ड रुपमै राख्न आसन प्रजातीको रुखको लकडी मौज्दातमा नरहेको र थप लकडी ब्यवस्थापन हुनु पर्नेमा व्यवस्थापन नरहेकोले आवश्यक्ता हेरी एक बर्ष आगाडीनै लिखित माग गर्दा पनि डिभिजन वन कार्यालयले सिफारिस नदिएको पुजारी काशीदास उदासीनले गुनासो गरेका हुन् ।
काशीदास उदासिन २०२५ साल देखी रामधुनी मन्दिर र अखण्ड धुनीलाई संरक्षण गर्दै आएका छन् । “धुनी जगाउन आसनको लकडी जतिखेर पनि आवश्यक पर्ने भएकोले मौज्दात गर्नु पर्ने हुन्छ, अहिले थोरै आसनको लकडी मात्रै बाँकी रहेको छ, मौज्दात अभाव हुदा एक बर्ष अगाडीनै लिखित रुपमा माग गर्दा पनि डिभिजन वन कार्यालयले सिफारिस दिएनन्” पुजारी उदासीनले बताए ।
रामधुनी मन्दिरको पुर्व छेउ रहेको टहरामा आसनको लकडीको मौज्दात राखिने गरेको छ । त्याहा आसनको पाँच ओटा गोलिया मात्र देखिन्छ । जस्ले धुनी बाल्न भने संकटनै मानिन्छ । “जसरी आवश्यक सामान मौज्दात राख्नु पछिकालागी सहज र तत्कालै कार्य सम्पन्न गर्न बैकल्पिक सहयोग सावित हुनेहुदा रामधुनी मन्दिरमा पनि आसनको लकडी मौज्दात हुन आवश्यक छ”, बाबा बनखण्डी उदासिन आश्रम रामधुनी श्री पंचायती उदासिन वडा अखडा अध्यक्ष महिदानारायण दासले सो कुरा बताउदै धार्मिक जस्ता पवित्र ठाउँमा ब्यक्ति बिशेष लागेर राजनीतिक करण गर्न खोजेकोले लकडी अभाव सिर्जनाको अवस्था निम्तिएको अध्यक्ष दासको आरोप रहेको छ ।
लकडी मागकालागी बाबा बनखण्डी उदासीन आश्रम रामधुनी श्री पंचायती उदासीन वडा अखडा समितिबाट जिल्ला वन कार्यालयमा २०७७।०४।२८ गते निवेदन पेशगरी माग गरिएको थियो । जिल्ला वन कार्यालय सुनसरीबाट सो निवेदन दर्ता समेत गरेको छ । दर्ता नं. ३६६ को २०७७ ।०४।२८ गते भएको हो । एक बर्ष अगाडी निवेदन सहित माग गरिएकोमा हाल सम्म पनि आसन प्रजातीका लकडीकालागी वन कार्यालयबाट सिफासिर दिन आलटाल गरिरहेको छ । निवेदन दिदा त्यतिखेर जिल्ला वन अधिकृत रामबाबु साह रहेको थियो । अधिकृत साह सरुवा पछि हालमा दान बहाुदर श्रेष्ठ आएता पनि आसनको लकडीकालागी पहलगर्दा बिभिन्न कारण देखाउने गरेको अध्यक्ष दासले बताए ।
रामधुनी वनको १० वटा वनउपभोक्ता समिति छन् सो समितिबाट पनि आवश्यक लकडी दिएका छैनन् । वन उपभोक्ता समिति पुर्वोत्तर, हरियाली, माझी सिकदार, कालिझोडा वन उपभोक्ता समितिमा लकडी भएतापनि मन्दिरकालागी दिन मानेका छैनन् । जिल्ला वन कार्यालय सुनसरी र उपभोक्ता समितिले लकडी नदिएका कारण धार्मिक रुपमा प्राचिनकाल देखी चालिआएको धुनी जगाउने कार्यमा अवरोध आई रामधुनीको अस्तित्वनै संकटमा पर्ने अवस्था आएको पुजारी काशी दास उदासीनले जानकारी दिए ।
यसैगरी मन्दिर भित्र धुनी जगाउने स्थानमा बर्खाको समयमा पानी चुहिने समस्या रहेको पुजारी दासले जानकारी दिएका छन् । मन्दिरको माथिलो भाग जिर्ण भई बर्खामा पानी चुहिने गरेको बताए । जिर्ण अवस्थामा पुगेको मन्दिरको मर्मत समभार आवश्यक रहेको पुजारी काशी दास उदासीनले बताएका हुन् । रामधुनी मन्दिर रामधुनी नगरपालिकाको ऐतिहासिकता, पौराणिक धार्मिक स्थल, महत्वपुर्ण सम्पति, पहिचान, आर्थिक विकास क्षेत्रका आधार रहेकोले ध्यान दिनु पर्ने आवश्क्ता देखिन्छ ।

अगाडिकाे पाेस्ट

‘मिटर ब्याज’को फन्दामा रामधुनी नगरका सोझासाझा किसान

अर्काे पाेस्ट

पत्रकार कुलदिप चौधरीको पुजनीय पिताको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft