राख संवाददाता
झुम्का, भदौ १७ । पत्रकार कुलदिप चौधरीको पुजनीय पिता स्वर्गीय प्रर्शुराम चौधरीको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. १२ खनारमा बस्दै आउनु भएका स्वर्गीय चौधरीको समझना गर्दै सम्मान स्वरुप थारु संघ संगठनले बिहिवार शोकसभा सम्पन्न गरेको हो ।
स्वर्गीय चौधरी थारु भाषाको साहित्यकार हुनुहुन्थयो । उहाँले विमोचन गरेको कविताको संग्रह समेत सभामा वितरण गरेको थियो । स्वर्गीय चौधरीको तिन छोरा र एक छोरी छन् । पत्रकार कुलदिप चौधरी जेठो छोरा, माहिलो छोरा गेहेन्द्र चौधरी, कान्छो छोरा खिरेन्द्र चौधरी र एक छोरी कमला चौधरी छन् ।
गत भदौ ६ गते ७६ बर्षको उमेरमा निधन भएका स्वर्गीय चौधरीको श्रदाञ्जली सभामा परिवारजनले “प्रर्शुराम स्मृति पुरस्कार कोष” स्थापनागरी घोषणा गरेको छ । रु २ लाखको अक्षयकोष स्थापनाले सृजनशिल सर्जकहरुलाई बार्षिक रुपमा पुरस्कृत गरिने परिवारजनले जानकारी दिएको हो । “सिर्जनशिल युवाहरुको प्रोत्साहनकालागी पुरस्कार कोष बुबाको अपेक्षा समेत रहेको थियो, उहाँकै अपेक्षा अनुसार प्रर्शुराम स्मृति पुरस्कार कोष स्थापना गरेका छौ” जेठो छोरा कुलदिप चौधरीले बताए । यस कोषबाट समस्यामा परेका बिपन्न बर्गलाई समेत राहत स्वरुप प्रदान गर्ने चौधरीले बताए ।
श्रदाञ्जली सभामा थारु पत्रकार संघ सुनसरी, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी, मेगा मिडिया झुम्का, सिदार्थ कृषि सहकारी संस्थाले श्रद्धाञ्जली अपर्ण गरेका हुन् । सभामा सहभागीहरुले स्वर्गीय चौधरीको बिगतका बिषयमा चर्चा गरेका थिए । चौधरी एक सच्चा ईमान्दार निष्ठावान र सहयोगी भावना भएको व्यक्तित्वको रुपमा समाजले चिन्ने गर्दथे । समाजका अभिन्न व्यक्तित्व अभिभावक गुमाउनु पर्दा सिंगो थारु समाजलाई अपूर्णीय क्षति पुगेको सहभागि बक्ताहरुले व्यक्त गरेका छन् ।
अग्रज तथा जेष्ठ समाज सेवी तेजनारायण चौधरी, थारु कल्याणकारिणी सुनसरी अध्यक्ष सुरेन्द्र चौधरी, थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी, थारु पत्रकार संघ सुनसरीबाट गवन चौधरी, थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी अध्यक्ष जानकी चौधरी लगायतका सहभागीहरुले सो बिषयमा उठान गरेका हुन् ।
