मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पत्रकार कुलदिप चौधरीको पुजनीय पिताको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा

by By: रामधुनी खबर
भदौ १७, २०७८
584

राख संवाददाता
झुम्का, भदौ १७ । पत्रकार कुलदिप चौधरीको पुजनीय पिता स्वर्गीय प्रर्शुराम चौधरीको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. १२ खनारमा बस्दै आउनु भएका स्वर्गीय चौधरीको समझना गर्दै सम्मान स्वरुप थारु संघ संगठनले बिहिवार शोकसभा सम्पन्न गरेको हो ।
स्वर्गीय चौधरी थारु भाषाको साहित्यकार हुनुहुन्थयो । उहाँले विमोचन गरेको कविताको संग्रह समेत सभामा वितरण गरेको थियो । स्वर्गीय चौधरीको तिन छोरा र एक छोरी छन् । पत्रकार कुलदिप चौधरी जेठो छोरा, माहिलो छोरा गेहेन्द्र चौधरी, कान्छो छोरा खिरेन्द्र चौधरी र एक छोरी कमला चौधरी छन् ।
गत भदौ ६ गते ७६ बर्षको उमेरमा निधन भएका स्वर्गीय चौधरीको श्रदाञ्जली सभामा परिवारजनले “प्रर्शुराम स्मृति पुरस्कार कोष” स्थापनागरी घोषणा गरेको छ । रु २ लाखको अक्षयकोष स्थापनाले सृजनशिल सर्जकहरुलाई बार्षिक रुपमा पुरस्कृत गरिने परिवारजनले जानकारी दिएको हो । “सिर्जनशिल युवाहरुको प्रोत्साहनकालागी पुरस्कार कोष बुबाको अपेक्षा समेत रहेको थियो, उहाँकै अपेक्षा अनुसार प्रर्शुराम स्मृति पुरस्कार कोष स्थापना गरेका छौ” जेठो छोरा कुलदिप चौधरीले बताए । यस कोषबाट समस्यामा परेका बिपन्न बर्गलाई समेत राहत स्वरुप प्रदान गर्ने चौधरीले बताए ।
श्रदाञ्जली सभामा थारु पत्रकार संघ सुनसरी, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी, मेगा मिडिया झुम्का, सिदार्थ कृषि सहकारी संस्थाले श्रद्धाञ्जली अपर्ण गरेका हुन् । सभामा सहभागीहरुले स्वर्गीय चौधरीको बिगतका बिषयमा चर्चा गरेका थिए । चौधरी एक सच्चा ईमान्दार निष्ठावान र सहयोगी भावना भएको व्यक्तित्वको रुपमा समाजले चिन्ने गर्दथे । समाजका अभिन्न व्यक्तित्व अभिभावक गुमाउनु पर्दा सिंगो थारु समाजलाई अपूर्णीय क्षति पुगेको सहभागि बक्ताहरुले व्यक्त गरेका छन् ।
अग्रज तथा जेष्ठ समाज सेवी तेजनारायण चौधरी, थारु कल्याणकारिणी सुनसरी अध्यक्ष सुरेन्द्र चौधरी, थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी, थारु पत्रकार संघ सुनसरीबाट गवन चौधरी, थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी अध्यक्ष जानकी चौधरी लगायतका सहभागीहरुले सो बिषयमा उठान गरेका हुन् ।

अगाडिकाे पाेस्ट

रामधुनी मन्दिरमा धुनी प्रज्वलनकालागी आसनको लकडी माग गरेपनि दिएनन् सिफारिस

अर्काे पाेस्ट

बालबालिकाको प्रत्यक्ष सक्रियतामा रामधुनी नगरको वडाहरु बालमैत्री स्थानीय शासन घोषणा

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft