मिति : २०८२ चैत्र १ गते (आइतबार)
मौसम : 30.38°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

ऐतिहासिक पर्वको मौलिक शब्दले सज्जित “जितिया गीत” सार्वजानिक गर्ने मेगा डिजिटलको तयारी

by By: रामधुनी खबर
असोज २, २०७८
1766

चन्द्रकला चौधरी
झुम्का, असोज २ । “जितियाके पावैन ऐलै सखी, जितिया बराभारी”……“लैहर जाइले आस देखैची, रोटी बन्याके मोटा बान्हैची, सब सखी बहैन्पा मिल्के करबै जितिया पावैन हो”……।
थारु भाषा र जितिया पर्वको मौलिक शब्दले सज्जित नयाँ रेकर्डिङ्ग र छायाँकन भएको “जितिया गीत” को लय हो यो । जितिया पर्वको नाम उच्चारण हुनासाथ सारा थारु चेलीबेटी महिला खुसिले हर्ष बिभोर हुदै आनन्द अनुभुति प्रकट गर्छन । सारा महिला नयाँ जोस जागर उत्साह र उमंग थपिन्छ । महान पर्वको उमंग र उत्साहलाई शब्दरुपी कला, लयले संगीतबद्ध रुपमा संरक्षण र प्रवद्र्धन गर्न आइतवार “जितिया गीत” सार्वजानिक गर्ने निर्दैशक बिशाल चौधरीले जानकारी दिए ।
मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काको पोष्ट प्रोडक्सनमा गीतको मौलिक भाव, संगीत र छायाँकन मेहनतका साथ निर्माण गरेकोहुदा सो जितिया गीतले पर्वको नेतृत्व दिने बताएको छ । पर्वको मौलिक शब्दद्धारा बर्णन गरिएकोले जितिया ब्रत लिएका महिलाहरु यस गीतबाट हर्षित भइ रमाउने छन् । गीतले यस बर्ष र आउदा बर्षहरुको जितिया पर्वमा तराई महिलाहरुमा रौनक बढ्ने निर्दैशक चौधरीले रामधुनी खबर पत्रिकालाई बताए ।
मेगा डिजिटलले तराई महिलाहरुको महान पर्वलाई थारु भाषाबाट संगीत लय मार्फत संरक्षण गरेको थारु महिला उत्थान समाज सुनसरी अध्यक्ष सिता थरुनीले बताइन् । यस्ले थारु समुदायको भाषा, भेष, पहिचान र महिलाहरुको हक उठान समेत भएको भन्दै उत्थान समाजकी अध्यक्ष थरुनीले मेगा डिजिटललाई शुभकामना ब्यक्त गरिन् ।
जितिया गीत राज संघर्षको शब्द, गिता चौधरीको संगीत, अनु चौधरी र गीता चौधरीको आवाज, गणेश चौधरीको एरेन्ज, बिशाल चौधरीको निर्देशन, पेम्बा लामाको नृत्य, बिबेक सरदारको सह नृत्य, संजय चौधरी र लाली गुराश यूवा क्लब इनरुवा ७ अबादी मधेशाको सहयोगमा निर्माण भएको सो संस्कार र संस्कृती तथा पारम्पारिक जितिया गित सार्वजानिककालागी अन्तिम तयारीमा रहेको छ । गीतमा दिपिका चौधरी, मनिका चौधरी र गंगा चौधरीको अभिनय रहेको छ भने रबिन चौधरी र देव चौधरीको छायाँकन रहेको छ । आइतवार मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो यु–टुब च्यानलबाट रिलिज गर्ने मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काले जनाएको छ ।
जितिया पर्व पुर्बि तराईका महिलाहरुको महत्वपुर्ण ऐतिहासिक चाड हो । यो चाडको औचित्य र महत्व आत्मसाथ गरी तराई मुलकका अन्य जातजातिले पनि बिषेश महत्वका साथ मनाउन थालेका छन । जितिया पर्र्व सुख,सान्ति र समृदिको पर्व हो तसर्थ यो पर्वको प्रभावकारिता झन झन बढदै गएको छ । तराई क्ष्ोत्रमा लोकप्रिय जितिया पर्ब प्रत्येक असोज कृषण पक्ष सप्तमी देखि नवमीसम्म मनाईन छ ।
जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो । यो पर्वको दिन जितमहान भगवानले गरुडनामक सक्तिशालि पन्छि राक्षसलाई आफनो औलोकिक शक्तिका माध्यमबाट आफनो बसमा राख्न सफल भएका थिए भन्ने बिभिन्न धर्मशास्त्र तथा पुराणहरुमा उल्लेख पाईन्छ । यसै दिनको सम्झनामा जितिया पर्व मनाउन थालिएको हो ।

अगाडिकाे पाेस्ट

बालमैत्री स्थानीय शासन निरन्तरताकालागी महिला अग्रसर हुनु पर्छ : प्रदेश सभा सदस्य चौधरी

अर्काे पाेस्ट

लाल किल्लामा हरियो रुखको वर्चश्व ल्याउन सफल चौधरीको नगर सचिव पदको उमेदवार घोषणा

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft