राख संवाददाता
झुम्का, आशोज ४ । नेपाली काँग्रेसको १४ औँ अधिवेशन तातेको छ । आगामी असोज ९ गते तोकिएको नगर अधिवेशनमा रामधुनी नगर समितिमा युवा नेतृत्वकर्ता महेश कुमार चौधरीले सचिव पदको उमेदवारी घोषणा गरेको छ ।
स्थानीय तहको चुनावमा रामधुनी वडा नं. १ बाट नेतृत्व लिएर चौधरीले संघर्ष पुर्ण क्षमता देखाई बहुमतका साथ प्यानलै बिजय गराउन सफल भयो । लाल किल्लाको गढ वडामा पार्टीको अस्थावान ब्यक्तित्वहरुको सहयोगले कुशलता पुर्व गतिविधि गर्दै नेपाली काँग्रेशको हरियो रुख ल्याउदै वर्चश्व बनाउने भुमिका रह्यो । वर्चश्व ल्याउन कुशल रणनीतिको पनि आवश्यक्ता रहन्छ । वडामा सोही रणनीतिले आफ्नो सचिव पदको नेतृत्वमा सबै वडाहरुमा रुख र चार तारे झण्डा फहराउन सफल हुने बिश्वास लिएको छ ।
प्यानल सहितको बिजय प्राप्त गरी वडाअध्यक्ष पदमा रहेर चौधरीले पार्टी र वडाका सवालमा चुनौती र समस्याका बारेमा प्रत्यक्ष अनुभव प्राप्त गरेका छन् । भनिन्छ चुनौती र समस्या भोगीले सबैपक्षलाई हेर्दै निश्चितनै सफलता हासिल गर्छन् । त्यसरीनै रामधुनी नगरमा हरियो रुख र चार तारे झण्डाको बर्चश्व राख्न अहोरात्रको भुमिका खेल्ने सचिव पदका उमेदवार चौधरीको अठोट रहेको छ ।
चौधरीलाई पार्टीको भातृसंगठन तरुदलको मुख्य पदमा आबद्ध भएर कुशल कार्यहरु गरेको अनुभव छ । संगठनात्म आबद्धताले राजनीतिक अनुभवमा निखारिदै नगरमा पार्टीको परिवर्तन गर्ने योजनाहरु रहेको बताए । समाजवादी–लोकतान्त्रीक राजनैतिक दलको रुपमा स्थापीत काँग्रेस पार्टी नगरको आर्थिक, सामाजिक, पुर्वाधारको सबलतामा भुमिका खेल्दै आएको र समय अनुसार रचनात्मक भुमिका खेली रहने उन्को धारणा रहेको छ । रामधुनी नगरपालिकाले पहिचान सहितको आर्थिक विकासमा ल्याएको रणनीति, नीति, योजनाहरुमा चुनौती छन् तर त्यो चुनौतीलाई उपलब्धिमा परिवर्तन गर्न नेपाली काँगे्रस उभिने बताए ।
विकास र राजनीतिकमा युवा प्रोत्साहन गर्न पनि प्रमुख प्राथमिक्ता राख्ने नगर सचिव पदको उमेदवार चौधरीले उठान गरेका छन् । अग्रजहरुको सुझाव र सल्लाह तथा युवाहरुमा नयाँ सिर्जनात्मक सोच र विचारको सदुपयोगले नगरको विकास र काँग्रेस पार्टी थप अब्बल र सक्षम बनाउने धारणा बोकेका चौधरीले ठोस योजना सहितको सचिव पदमा उमेदवारको घोषणा गरेको बताउदै अत्याधिक मतद्धारा बिजय गराइ दिनहुन सम्पुर्णमा अनुरोध गरेको छ ।



