मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लाल किल्लामा हरियो रुखको वर्चश्व ल्याउन सफल चौधरीको नगर सचिव पदको उमेदवार घोषणा

by By: रामधुनी खबर
असोज ४, २०७८
941

राख संवाददाता
झुम्का, आशोज ४ । नेपाली काँग्रेसको १४ औँ अधिवेशन तातेको छ । आगामी असोज ९ गते तोकिएको नगर अधिवेशनमा रामधुनी नगर समितिमा युवा नेतृत्वकर्ता महेश कुमार चौधरीले सचिव पदको उमेदवारी घोषणा गरेको छ ।
स्थानीय तहको चुनावमा रामधुनी वडा नं. १ बाट नेतृत्व लिएर चौधरीले संघर्ष पुर्ण क्षमता देखाई बहुमतका साथ प्यानलै बिजय गराउन सफल भयो । लाल किल्लाको गढ वडामा पार्टीको अस्थावान ब्यक्तित्वहरुको सहयोगले कुशलता पुर्व गतिविधि गर्दै नेपाली काँग्रेशको हरियो रुख ल्याउदै वर्चश्व बनाउने भुमिका रह्यो । वर्चश्व ल्याउन कुशल रणनीतिको पनि आवश्यक्ता रहन्छ । वडामा सोही रणनीतिले आफ्नो सचिव पदको नेतृत्वमा सबै वडाहरुमा रुख र चार तारे झण्डा फहराउन सफल हुने बिश्वास लिएको छ ।
प्यानल सहितको बिजय प्राप्त गरी वडाअध्यक्ष पदमा रहेर चौधरीले पार्टी र वडाका सवालमा चुनौती र समस्याका बारेमा प्रत्यक्ष अनुभव प्राप्त गरेका छन् । भनिन्छ चुनौती र समस्या भोगीले सबैपक्षलाई हेर्दै निश्चितनै सफलता हासिल गर्छन् । त्यसरीनै रामधुनी नगरमा हरियो रुख र चार तारे झण्डाको बर्चश्व राख्न अहोरात्रको भुमिका खेल्ने सचिव पदका उमेदवार चौधरीको अठोट रहेको छ ।
चौधरीलाई पार्टीको भातृसंगठन तरुदलको मुख्य पदमा आबद्ध भएर कुशल कार्यहरु गरेको अनुभव छ । संगठनात्म आबद्धताले राजनीतिक अनुभवमा निखारिदै नगरमा पार्टीको परिवर्तन गर्ने योजनाहरु रहेको बताए । समाजवादी–लोकतान्त्रीक राजनैतिक दलको रुपमा स्थापीत काँग्रेस पार्टी नगरको आर्थिक, सामाजिक, पुर्वाधारको सबलतामा भुमिका खेल्दै आएको र समय अनुसार रचनात्मक भुमिका खेली रहने उन्को धारणा रहेको छ । रामधुनी नगरपालिकाले पहिचान सहितको आर्थिक विकासमा ल्याएको रणनीति, नीति, योजनाहरुमा चुनौती छन् तर त्यो चुनौतीलाई उपलब्धिमा परिवर्तन गर्न नेपाली काँगे्रस उभिने बताए ।
विकास र राजनीतिकमा युवा प्रोत्साहन गर्न पनि प्रमुख प्राथमिक्ता राख्ने नगर सचिव पदको उमेदवार चौधरीले उठान गरेका छन् । अग्रजहरुको सुझाव र सल्लाह तथा युवाहरुमा नयाँ सिर्जनात्मक सोच र विचारको सदुपयोगले नगरको विकास र काँग्रेस पार्टी थप अब्बल र सक्षम बनाउने धारणा बोकेका चौधरीले ठोस योजना सहितको सचिव पदमा उमेदवारको घोषणा गरेको बताउदै अत्याधिक मतद्धारा बिजय गराइ दिनहुन सम्पुर्णमा अनुरोध गरेको छ ।

अगाडिकाे पाेस्ट

ऐतिहासिक पर्वको मौलिक शब्दले सज्जित “जितिया गीत” सार्वजानिक गर्ने मेगा डिजिटलको तयारी

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा प्रमुख प्रशासकियको अब्यवहारिक अडानले करारका कर्मचारीहरुमा नीतिगत बिभेद

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft