मिति : २०८२ कार्तिक २९ गते (शुक्रवार)
मौसम : 19.51°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

ऐतिहासिक पर्वको मौलिक शब्दले सज्जित “जितिया गीत” सार्वजानिक गर्ने मेगा डिजिटलको तयारी

by By: रामधुनी खबर
असोज २, २०७८
1697

चन्द्रकला चौधरी
झुम्का, असोज २ । “जितियाके पावैन ऐलै सखी, जितिया बराभारी”……“लैहर जाइले आस देखैची, रोटी बन्याके मोटा बान्हैची, सब सखी बहैन्पा मिल्के करबै जितिया पावैन हो”……।
थारु भाषा र जितिया पर्वको मौलिक शब्दले सज्जित नयाँ रेकर्डिङ्ग र छायाँकन भएको “जितिया गीत” को लय हो यो । जितिया पर्वको नाम उच्चारण हुनासाथ सारा थारु चेलीबेटी महिला खुसिले हर्ष बिभोर हुदै आनन्द अनुभुति प्रकट गर्छन । सारा महिला नयाँ जोस जागर उत्साह र उमंग थपिन्छ । महान पर्वको उमंग र उत्साहलाई शब्दरुपी कला, लयले संगीतबद्ध रुपमा संरक्षण र प्रवद्र्धन गर्न आइतवार “जितिया गीत” सार्वजानिक गर्ने निर्दैशक बिशाल चौधरीले जानकारी दिए ।
मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काको पोष्ट प्रोडक्सनमा गीतको मौलिक भाव, संगीत र छायाँकन मेहनतका साथ निर्माण गरेकोहुदा सो जितिया गीतले पर्वको नेतृत्व दिने बताएको छ । पर्वको मौलिक शब्दद्धारा बर्णन गरिएकोले जितिया ब्रत लिएका महिलाहरु यस गीतबाट हर्षित भइ रमाउने छन् । गीतले यस बर्ष र आउदा बर्षहरुको जितिया पर्वमा तराई महिलाहरुमा रौनक बढ्ने निर्दैशक चौधरीले रामधुनी खबर पत्रिकालाई बताए ।
मेगा डिजिटलले तराई महिलाहरुको महान पर्वलाई थारु भाषाबाट संगीत लय मार्फत संरक्षण गरेको थारु महिला उत्थान समाज सुनसरी अध्यक्ष सिता थरुनीले बताइन् । यस्ले थारु समुदायको भाषा, भेष, पहिचान र महिलाहरुको हक उठान समेत भएको भन्दै उत्थान समाजकी अध्यक्ष थरुनीले मेगा डिजिटललाई शुभकामना ब्यक्त गरिन् ।
जितिया गीत राज संघर्षको शब्द, गिता चौधरीको संगीत, अनु चौधरी र गीता चौधरीको आवाज, गणेश चौधरीको एरेन्ज, बिशाल चौधरीको निर्देशन, पेम्बा लामाको नृत्य, बिबेक सरदारको सह नृत्य, संजय चौधरी र लाली गुराश यूवा क्लब इनरुवा ७ अबादी मधेशाको सहयोगमा निर्माण भएको सो संस्कार र संस्कृती तथा पारम्पारिक जितिया गित सार्वजानिककालागी अन्तिम तयारीमा रहेको छ । गीतमा दिपिका चौधरी, मनिका चौधरी र गंगा चौधरीको अभिनय रहेको छ भने रबिन चौधरी र देव चौधरीको छायाँकन रहेको छ । आइतवार मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो यु–टुब च्यानलबाट रिलिज गर्ने मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो झुम्काले जनाएको छ ।
जितिया पर्व पुर्बि तराईका महिलाहरुको महत्वपुर्ण ऐतिहासिक चाड हो । यो चाडको औचित्य र महत्व आत्मसाथ गरी तराई मुलकका अन्य जातजातिले पनि बिषेश महत्वका साथ मनाउन थालेका छन । जितिया पर्र्व सुख,सान्ति र समृदिको पर्व हो तसर्थ यो पर्वको प्रभावकारिता झन झन बढदै गएको छ । तराई क्ष्ोत्रमा लोकप्रिय जितिया पर्ब प्रत्येक असोज कृषण पक्ष सप्तमी देखि नवमीसम्म मनाईन छ ।
जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो । यो पर्वको दिन जितमहान भगवानले गरुडनामक सक्तिशालि पन्छि राक्षसलाई आफनो औलोकिक शक्तिका माध्यमबाट आफनो बसमा राख्न सफल भएका थिए भन्ने बिभिन्न धर्मशास्त्र तथा पुराणहरुमा उल्लेख पाईन्छ । यसै दिनको सम्झनामा जितिया पर्व मनाउन थालिएको हो ।

अगाडिकाे पाेस्ट

बालमैत्री स्थानीय शासन निरन्तरताकालागी महिला अग्रसर हुनु पर्छ : प्रदेश सभा सदस्य चौधरी

अर्काे पाेस्ट

लाल किल्लामा हरियो रुखको वर्चश्व ल्याउन सफल चौधरीको नगर सचिव पदको उमेदवार घोषणा

सम्बन्धित अरु

समाचार

समा–चकेवालाई प्रवद्र्धन गर्न “चन्द्रहार महिला मञ्च सुनसरी” संस्थाद्धारा महोत्सव सम्पन्न

कार्तिक २४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २४ । चन्द्रहार महिला मञ्च इटहरी–१५ झोराट्टाले मंगलवार समा–चकेवा प्रवद्र्धनात्मक महोत्सव सम्पन्न गरेको छ । समा–चकेवालाई धार्मिक र साँस्कृतिक रुपले महत्व दर्शाउदै धार्मिक तथा साँस्कृतिक...

समाचार

झुम्का बजार अव्यवस्थित बारे सरोकारवालाहरुको गुनासै गुनासा उठान

कार्तिक १८, २०८२

रामधुनी खबर संवाददाताझुम्का,कार्तिक १७ । रामधुनी नगरपालिकाको पहिचान गराउँने र प्रमुख बजारको रुपमा रहेको झुम्का बजार अव्यवस्थित बारेमा सरोकारवालाहरुले गुनासै गुनासा गरेका छन् । रामधुनी नगरपालिकाले सोमवार गरेको झुम्का बजार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • पकली बृद्धा आश्रममा चाडपर्वको बेला सहयोग सामाग्री वितरणले आश्रित बृदाहरु हर्षित

    0 shares
    Share 0 Tweet 0
  • प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका प्रमुख सुजन मुदेललाई विदाई

    0 shares
    Share 0 Tweet 0
  • प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजक क्लव जित्न सफल

    0 shares
    Share 0 Tweet 0
  • छठ पूजा समापन संगै झुम्का छठ घाटमा २४ घण्टा भित्रै सरसफाई गरी व्यवस्थापन गरियो

    0 shares
    Share 0 Tweet 0
  • प्रथम न्यू रामधुनी च्यालेन्ज कप : ट्राइब्रेकरबाट आयोजक न्यु रामधुनी फुटबल क्लव फाइनलमा प्रवेश

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft