मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“जितिया पर्व” पाठ्यक्रममा समावेस हुनुपर्ने थारु महिला उत्थान समाजको जितिया कार्यक्रमद्धारा निष्कर्ष उठान

by By: रामधुनी खबर
असोज १४, २०७८
703

चन्द्रकला चौधरी
झुम्का, असोज १४ । थारु महिला उत्थान समाज रामधुनी सुनसरीले जितिया पर्व २०७८ को अवसरमा फरक तवरले अधिकार केन्द्रित कार्यक्रमको आयोजना गरेको छ । जितिया पर्व स्थानीय सरकारबाट नीतिगत संरक्षण सहित प्रवद्र्धनमा ल्याउन जानकार ब्यक्तिहरुलाई सहभागी गराई सुझाव संकलका साथै माग मुद्धाको बारेमा निष्कर्ष निकालेका हुन् ।
नगर उपप्रमुख सविना चौधरीको प्रमुख आतिथ्यतामा उत्थान समाजले बौद्धिक स्तरको कार्यक्रम गर्दै तर्क, संवाद मार्फत सुझात्मक बिचार, धारणा लिदै “जितिया पर्व” पाठ्यक्रममा समावेस हुनुपर्ने प्रमुख माग उठान भएको छ । दिगो रुपमा संरक्षण र नयाँ पुस्तामा पर्वको बारेमा जानकार बनाउन पाठ्यक्रममा समावेसको आवश्यकता रहेको प्रमुख माग उठान भएको हो । पाठ्यक्रममा समावेस गर्न नीति बनाउनु पर्ने आवश्यक्ता रहेकोले सोही नीतिमा जोड दिदै आयोजना गरेको उत्थान समाजको जितिया कार्यक्रम सार्थकता पाएको बक्ताहरुले बताएका छन् ।
थारु महिला उत्थान समाजको अध्यक्ष सिता थरुनीको सभापतिमा आयोजित कार्यक्रममा जितिया बारे स्थानीय तहको नीतिमा पृष्ठ भुमी, धार्मिक महत्व, पौराणीक मान्यतामा आधारित जितिया कथा, मानाउने बिधि, पहिले मनाउने बिधि तरिकार र अहिले मनाउनेको अवस्थाको बस्तु स्थिती, साँस्कृतिक पक्ष, पर्यटन संग जोड्न सक्ने ब्यवस्था सहितको आधारहरु प्रतिवेदन प्रस्तुत गर्दै नीति ल्याउनु पर्नेबारेमा जोड दिएका हुन् । मानव स्वास्थ्यमा असर गर्दै ज्यानै सम्म लिने बिश्व महामारी कोरोना भिडभाडले छिटो फैलन सक्ने भएकोले सोको मध्यनजरगरी आयोजना गरेको कार्यक्रम उधेश्यपरक र सार्थकता भएको नगर उपप्रमुख सविना चौधरीले बताउनु भयो । पर्वको उधेश्य बिहिन नाच, गानमा केन्द्रित कार्यक्रम मुद्धालाई भ्रामित गरिरहेकोले महिलाहरुको क्षमता अभिबृद्धि गर्न यस प्रकारका बिचारधार केन्द्रित कार्यक्रमको आवश्यक्ता रहेको नगर उपप्रमुख चौधरीले सुझाव ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नगर उपप्रमुख चौधरीले भन्नुभयो, “नीतिगत संरक्षणमा समुदायको चासो बढ्नु पर्छ र चासो दिएका बिषय सरोकारवाला सम्म पु¥याउन आवश्यक छ”। जितिया पर्वमा नगरपालिकाबाट बिदाको घोषणा, ग्रामथान संरक्षणको योजना, थारु भाषाको एकरुपता, बालबालिकाको सिकाई केन्द्र तथा बालबालिका सामुदायिक भवन निर्माण योजनाहरु नगरपालिकाबाट अगाडी बढाएको जानकारी दिनु भयो । यसैगरी देखासिकीले गारु समुदाय ग्रसित भैरहेको, युवा पुस्तामा बढ्दो इन्टरनेटले सस्कार संस्कृति प्रभावित सहि सदुपयोग गर्नु पर्ने उपप्रमुख चौधरीले सुझाव समेत ब्यक्त गर्नु भयो ।
जितिया पर्वको बारेमा बोल्दै बालबालिका क्षेत्रका बिज्ञ तथा साँस्कृतिक बिद काठमाण्डौका बासु कलाले थारु महिला उत्थानको कार्यक्रम भावनात्मक, सिर्जनात्म, अधिकारका बिषयमा ब्यवहारिक कार्यक्रम रहेको र यस कार्यक्रममा सहभागीहुन पाउँदा आफु स्वर्गको अनुभुति गरेको बताए । जितिया पर्व दिर्घकालिन संरक्षणकालागी पाठ्यक्रममा समावेस हुनु पर्ने र यसकालागी हामिले प्रयास गर्ने छौँ भन्दै वासु कलाले प्रतिबद्धता गरेका छन् । जितिया पर्वको शुभकामना दिदै संस्कृतिमा पहिचान रहेकोले पहिचान जोगाउन महिलाहरुनै अग्रसर हुनु पर्ने रामधुनी ९ नं. वडाका वडा अध्यक्ष घनश्याम चौधरीले धारणा ब्यक्त गरेका छन् । नाच गान केन्द्रित कार्यक्रम गरेको भए मनोरञ्जन त, हुन्थ्यो तर अधिकारको सवालमा सार्थकता देखिन्न थियो भन्दै उत्थान समाजले पर्वको दिगो संरक्षणकालागी कार्यक्रम उधेश्यमुलक गरेको नमुना नगरबाल संजालका अध्यक्ष सुगम झा ले बताए ।
यसैगरी बक्ताहरुले पर्वको महत्व उठानगरी संरक्षणको पाटोमा पर्व पौराणीक ऐतिहासिक तथा धार्मिक आस्थावान रहेको, जितिया पर्व साँझा पवको रुपमा परिचित, महिलाहरु अग्रसर भएको, थारु महिला चिनाउन थारु भेषनै लगाउन पर्ने आवश्यक्ता नरहेकोले समय अनुसारले महिलाहरु नेतृत्व लिन सक्नु पर्ने, धार्मिक स्वतन्त्रता, महिला अधिकारको स्वतन्त्रता, दहेज प्रथाको उन्मुलन, महिला आरक्षित कोटाको समन्व्य, सय वटा राम्रा काम गरेपनि एक गल्तिले पहाड बनाउने नाकारात्मक सोचको अन्तय, संस्कृति परमपरा स्वयम आफैले संरक्षण गर्नु पर्ने लगायतका तर्क बिर्तक, बिचार, धारणाले निष्कर्ष आएको छ । यस निष्कर्षलाई प्रतिवेदन तयारगरी स्थानीय तहमा बुझाउने उत्थान समाजकी अध्यक्ष थरुनीले बताइन् ।
अधिकार केन्द्रित कार्यक्रममा सेभ द अर्थका अध्यक्ष तथा पर्यावरण संरक्षक अभियान्ता पुष्प भट्टराई, रामधुनी वडा नं. ६ का वडा सदस्य तथा आर्थिक विकास संयोजक लक्ष्मि चौधरी, कार्यपालिका सदस्य सर्मिला बि.क., थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला लेखी, उपाध्यक्ष प्रिति चौधरी, रामधुनी ९ नं. वडा बालसंजाल अध्यक्ष मोनिका चौधरी, नगर महिला समितिकी कल्पना अधिकारी, अम्बिका रिजाल, थारु महिला सभा इटहरी नगर सचिव लक्ष्मि चौधरी, झुम्का जेसिज अध्यक्ष बलराम चौलागाई, लायन्स क्लव अफ रामधुनीकी आशा चौधरी लगायतका प्रमुख बक्ताहरुले समेत जितिया पर्व नीतिगत संरक्षणमा जोड दिदै आफनो धारणा ब्यक्त गरेका हुन् ।
कार्यक्रममा अतिथीहरुलाई शब्दसुमनबाट उत्थान समाजकी उपाध्यक्ष आशा चौधरीले स्वागत तथा कार्यक्रमको उधेश्यबारेमा प्रष्ट्याएकी थिइन् । कार्यक्रम संस्थाकी सचिव सनम चौधरी, सदस्य भगवती चौधरीले संचालन गरेकी थिइन् भने कार्यक्रममा एनआइसी ऐसिया बैंक शाखा झुम्का, थारु पत्रकार संघ सुनसरी, शौल म्युजिक डान्सका प्रबन्धक श्रवण चौधरी, रामधुनी खबर पत्रिका तथा रामधुनी खबर डटनेट अनलाइन डिजिटल पत्रिका, अनलाइन डिजिटल पत्रिका हमर पाहुराले सहयोग गरेको थारु महिला उत्थान रामधुनीले जाकारी दिए ।

अगाडिकाे पाेस्ट

जितिया पर्व स्थानीय देखी प्रदेश सरकारबाट नीतिगत संरक्षण हुनुपर्ने जोड दिदै थारु महिला सभा सुनसरीको जितिया कार्यक्रम समपन्न

अर्काे पाेस्ट

जेष्ठनागरिक दिवसको अवसरमा कला साधक बिक्रम श्री र रामधुनीका ७ जना जेष्ठनागरिक सम्मानित

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft