मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बाढीबाट पीडित कृषकलाई राहत र पुनस्र्थापना गर्न समाजवादी किसान महासंघ प्रदेश समितिको माग

by By: रामधुनी खबर
कार्तिक ७, २०७८
666

राख संवाददाता
झुम्का, कार्तिक ७ । तीन दिन यताको अविरल वर्षाले धानबालीमा पु¥याएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र पुनस्र्थापना गर्न समाजवादी किसान महासंघ १ नं. प्रदेश समितिले सरकारसँग माग गरेको छ । बर्षा, बाढी र डुबानका कारण धान बालीका साथै किसानले उत्पादन गरेका उपजहरु नष्ट भएकोले क्षतिको यथार्थ विवरण संकलनगरी क्षतिपुर्ति दिनुपर्ने माग गरेको हो ।
समितिका प्रदेश अध्यक्ष तेजनारायण चौधरीले आइतवार एक विज्ञप्ति जारी गरेर प्राकृतिक विपत्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘वर्षाकै कारण नेपाली कृषक जनताको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘धानबालीसहित विभिन्न कृषिकार्यमा भएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र पुनस्र्थापनाका निम्ति वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ । कृषक जनताको यो पीडामा समाजवादी किसान महासंघ १ नं. प्रदेश समिति साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ ।
मुलुकको प्रमुख खाद्ययान्न बालीको रुपमा रहेको धान धेरै परिमाणमा खेतमै नष्ट र क्षति भएकोले आगामी दिनमा भोकमरीको अवस्था सिर्जना भई खाद्यय सुरक्षामा समेत आँच आउने र नेपालको अर्थतन्त्रमा नाकारात्मक प्रभाव पर्न सक्ने भएकोले यस परिस्थितीबाट किसानलाई मुक्त गर्न अनुरोध गरिएको छ । कृषक र प्रभावित समुदायमा उद्धार र राहत कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न विज्ञप्ति मार्फत सरकारलाई ध्यानआकर्षण गराएको छ ।

अगाडिकाे पाेस्ट

कोभिड–१९ महामारीपछि किशोरीहरु बिद्ययालय नफर्किने जोखिम

अर्काे पाेस्ट

शिक्षक–कर्मचारीको तलब निकासाकालागी रामधुनी नगरपालिका र शिक्षक संगठन बिच छलफल

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft