मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कोभिड–१९ महामारीपछि किशोरीहरु बिद्ययालय नफर्किने जोखिम

by By: रामधुनी खबर
कार्तिक ७, २०७८
505

सुनिल चौधरी
झुम्का, कार्तिक ७ । बिश्व त्रसित कोरोना भाइरस (कोभिड–१९) ले नेपाल पनि अछुतो रहन सकेनन् । कोरोनाका कारण मानव स्वस्थ्यमा गम्भिर अवस्था शिर्जनाहुदा रोकथामकालागी नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट चरण–चरण रुपले बन्दाबन्दी गर्न बाध्यभए । यस बाध्यात्मक अवस्थाका कारण सबै क्षेत्र बन्द रह्यो ।
बन्दाबन्दिले विद्यालय तहका बालबालिका तथा किशोरीहरु पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित भए । परिवारको आर्थिक अवस्थामा कमजोर हुदै गए । खान लाउन समेत समस्या देखिन थाले पछि बालबालिका तथा किशोरी डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता अनुभवले शिक्षालाई निरन्तरता दिनु पर्ने मानसिकतानै बनाउन सकेका छैनन् । यसले किशोरीहरु शिक्षाबाट बञ्चित भएको र बिद्ययालय नफर्किने जोखिम देखिन्छ ।
स्थानीय स्तरमा के छ, कारण र अवस्था ?
२०७७ जेठ महिना लकडाउनकै अवस्थामा सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ का सामुदायिक बिद्ययालय कक्षा ९ मा पढ्दै गरेकी १७ बर्षिय चौधरी थरकी किशोरी २१ बर्षिय केटा संग भागेर विवाह गरिन् । विवाह पछि सो किशोरी घरव्यवहारले थलिएकी छिन् । पढ्नु पर्छ भन्नेमा सोच पनि छैनन् । घरबाट पढाउनु पर्छ भन्ने उन्को आश पनि छैन् । उन्को परिवारको आर्थिक अवस्था कमजोर रहेकोले घर निर्माण साइटमा ज्यालादारीले जोखिम पूर्ण काम गर्न बाध्यछिन् ।
उन्ले भनिन्,‘म, सानै छदा मेरो आमा बित्नु भायो, वुवाले अर्कै कान्छि श्रीमति ल्याउनु भयो, म, प्रति ध्यानै दिनु भएन्’ । ‘माइतबाट पनि केही भन्दैनन्, अब श्रीमानकै घरमा जे जसो गरेर जिवन बिताउनु पर्छ’ भन्दै आफनो दुखेसो बताइन् । उन्को धारणा बुभ्mदा माइत पक्ष निम्न आयस्रोत रहेको र आमा वुवाको माया पनि नपाएकाले सानै उमेरमा विवाह गरेको देखिन्छ । जस्लेगर्दा उन्को शिक्षा अधुरै रह्यो । बिद्ययालय फर्किन सक्ने अवस्था भने उन्को असम्भव नै भएको छ ।
जब परिवारमा आर्थिक मन्दी हुन्छ, छोरीहरूको पढाइ सबैभन्दा कम प्राथमिकतामा पर्छ । छोरीहरूलाई या त घरका काममा लगाउन या विवाह गरेर पठाइदिन विद्यालयबाट निकालिन्छ । निम्न आयस्रोत भएका परिवारले आकस्मिक कठिनाइ परेका बेला किशोरावस्थाका छोरीहरूको विवाह गरिदिने चलन छ । रामधुनी नगरमा पहिलो लहरको लकडाउनमा बिभिन्न वडागरी १३ जनाले भागेर बालविवाह गरेको देखिन्छ । २०७८ साल भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा बालमैत्रि नगर घोषणा गरेकोहुदा र अनुगमन तथा घटना क्रमले देखाएको हो ।
नियमित र प्रत्यक्षरूपमा विद्यालय सञ्चालन नहुँदा डिजिटल जोखिममा विशेषतः किशोरी पर्ने गरेका छन् । कोभिड–१९ पछि किशोरी अनलाइनको दुर्व्यवहारमा परेका तथा बालविवाह, बाल हिंसाका घटना बाहिरिएका छन् । एकातिर अनलाइन शिक्षामा सबै बालबालिकाको पहुँच पुग्न सकेको छैन भने अर्कातिर अनलाइनको पहुँचमा भएका बालबालिका डिजिटल लतमा फस्न पुगेका छन् । यसले उनीहरुमा मनोसामाजिक असर समेत पर्ने गरेको छ ।
सम्बन्धित सरोकारवालाको धारणा
बालविवाह गरेका सबै निम्न वर्गकै परिवारका छोरी रहेको रामधुनी नगरका बाल समपर्क व्यक्ति हर्षलाल चौधरीले बताए । लकडाउनका कारण आर्थिक बिपन्नतामा बृद्धि र सो बाट बालविवाह बढेकाले जस्ले उनीहरु बिद्ययालय जान सक्ने अवस्थामा समेत बाधा पुगेको बाल समपर्क व्यक्ति चौधरीको भनाई रहेको छ । यसै सन्दर्भमा नगर बाल हेल्प डेक्सका अमन ढुंगेलले सामाजिक संजालको दुरुपयोगका कारण बाल विवाह बढेको बताउदै बालविवाहमा फसेकालाई बिद्ययालय फर्काउन अप्ठ्यारै रहेको बताए ।
किशोरीले बन्दाबन्दी सुरु भएदेखि आफ्नो पढाइलेखाइ पनि बन्द भएको र त्यसैले विद्यालय खुले पनि, परीक्षामा असफल हुने डरले, नजाने जोखिम बढेको छ  । सुविधाविहीन बालबालिकाको अनलाइन शिक्षामा पहुँच नपुग्ने भएकाले सिकाइमा नकारात्मक प्रभाव पर्नाका साथै सबै विद्यार्थीमा सिकेका कुरा धेरै समय सम्झिन सक्ने क्षमतामा कमी भएको रामधुनी शिक्षा शाखाका प्रमुख राजन गेलालको भनाइ छ ।
वित्तीय कठिनाइका कारण नेपालका किशोरीहरू शिक्षाबाट वञ्चित हुने गर्छन् । त्यसकारण कोभिड–१९ को महामारीले निम्न आयस्रोत भएका समुदायमा लैंगिक असमानता अझै बढाउने सम्भावना बढेको छ । यसले छोरालाई पढाउने र छोरीलाई घरको काममा लगाउने लैंगिक असमानता समाजमा देखिदै गएको छ ।
अध्ययनले के देखाउछ ?
नेपालमा पहिलो र दोस्रो लहरको कोरोना रोकथामको बन्दाबन्दीले गर्दा ७४ हप्तासम्म विद्यालय पूर्ण र आंशिकरूपमा बन्द भइसकेका छन्, यो विश्वका कोभिड प्रभावित मुलुकको तुलनामा बढी भएको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बन्दाबन्दीपछि विद्यालय खुले पनि विश्वभरि ११७ मिलियन विद्यार्थी (७.५५) अझै विद्यालय बाहिर रहेको विवरण सन् २०२० मा प्रकाशनमा ल्याएको थियो । सो विवरणअनुसार नेपालमा झण्डै ९० लाख विद्यार्थीमा कोभिड–१९ का कारण शैक्षिक संस्था बन्दको प्रभाव परेको थियो । यसमध्ये ११५ पूर्वप्राथमिक तह, २८५ प्राथमिक तह, ३९५ माध्यमिक तह र ५५ उच्च तहका विद्यार्थी रहेका थिए ।
निम्न वर्गीय अभिभावकले बढी मात्रामा घरायसी तथा शारीरिक श्रममा संलग्न गराउन तथा बालिका विद्यार्थी विशेष रूपले कामकाजमा बढी संलग्न हुनुपर्ने जोखिम देखिएको ती अध्ययनले देखाएको छ । खासगरी बालविवाह र छिटो गर्भधारण, घरेलु हिंसा र शोषण, लैङ्गिक हिंसा, यौन दुव्र्यवहार र हैरानी, साइबर बुलिइङ तथा अपराधका घटना पनि कोभिड पछि देखिएका छन् ।
निष्कर्ष ः
सुनसरी रामधुनी नगरका भादगाउँ सिनुवारी माबिका प्रध्यानाध्यापक दसरथ दासले किशोरीहरु बिद्ययालयबाट बञ्चित भएको बताए । महामारीका कारण आर्थिक बिपन्न बढेर छोरीको थोरै उमेर पुगे पछि विवाह गर्दिने र घरायसी काम गर्नु पर्ने बाध्यताले किशोरीहरु शिक्षाबाट बञ्चित हुनु परेको जानकारी दिएको हो । उन्ले, सामाजिक र सांस्कृतिक कारणले छात्राको शिक्षामा निरन्तरतामा चुनौती पैदा गरेको स्थितिमा कोभिड–१९ को महामारीले थप चुनौती थपिदिएको बताउछन् । उनले सबै किशोरीहरुलाई निरन्तर सिकाइ क्रियाकलापमा जोड्न सरोकार भएका पक्ष, समुदाय र अभिभावक सशक्त भूमिका आवश्यक भएको बताए ।
शिक्षक श्रवण चौभरीले निम्न आयस्रोत भएका किशोरी शिक्षाबाट वञ्चित हुनु भनेको देशका लागि ठूलो हानि हो । नेपाल सरकारले सरकारी र गैरसरकारी तवरबाट कस्तो रणनीति बनाउने भन्नेमा ध्यान दिनु जरुरी छ ।

अगाडिकाे पाेस्ट

काटेको धान बाढीले बगाउदा बर्षभरी खान पुग्ने रामधुनी नगरका किसानको गम्भिर चिन्ता

अर्काे पाेस्ट

बाढीबाट पीडित कृषकलाई राहत र पुनस्र्थापना गर्न समाजवादी किसान महासंघ प्रदेश समितिको माग

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft