मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पीडित कृषक प्रति नेपाली काँग्रेस रामधुनी १ नं. वडा समितिबाट पहलकदमीको प्रतिबद्धता

by By: रामधुनी खबर
कार्तिक १०, २०७८
576

राख संवाददाता
झुम्का, कार्तिक १० । कार्तिक पहिलो साता परेको अविरल बर्षा र हावाहुरीका कारण कृषकको प्रमुख खाद्यान्न बाली धान लगायतका कृषि उपज क्षति प्रति गहिरो चिन्ता ब्यक्त गर्दै राहत पहलकदमीमा नेपाली काँग्रेस रामधुनी न.पा. वडा नं. १ कार्यसमिति प्रतिबद्ध रह्ने जनाएको छ । बर्षाले निम्त्याएको बाढीले भित्रयाउन लागेको धान बगाउदा कृषकलाई पुग्ने बर्षभरीको अन्न नष्ट भएकोले पीडित किसानलाई राहत र क्षतिपुर्ति उपलब्ध गराउन सरकार संग माग गर्दै पहलगर्ने बिज्ञप्ती मार्फत जनाएको हो ।
काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा रामधुनी नगर तथा रामधुनी १ नं. वडाका कृषक समुदाय पीडामा छन् । वडाको हक्राहा खोलामा आएको बाढीले उज्वल शान्ति टोल विकास र टावरटोलमा कृषि बाली क्षति गरेको हुनाले गहिरो चिन्ता ब्यक्त गर्दछ बिज्ञप्तिमा उल्लेख गरेको छ । हक्राहा खोलामा आएको बाढीले प्रमुख रुपमा सिताराम चौधरीको २२ कठ्ठामा काटेको धान बगाएर लगेको छ । यसैगरी देविलाल चौधरीको पोखरीको २ कुइन्टल माछा बाढीले बगाएर लगेको र १३ कठ्ठाको धान नष्ट भएको छ । सोही खोलाले मानबहादुर चौधरी, मानपुर चौधरी, सत्यनारायण चौधरी, नेपाली चौधरी, महेन्द्र चौधरीको धानमा समेत क्षति पुगेको छ । टावर टोलमा बाढीका कारण वस्तीनै अस्तव्यस्त बनेको छ । हक्राहा खोलाले टोल वस्तीमा बर्षेनी समस्या भोगीरहदा उचित निकासकालागी योजना ल्याउनु पर्ने देखिन्छ । सो को मध्यनजर गर्दै धान बाली सहित विभिन्न कृषि कार्यमा भएको क्षतिको यथोचित अनुगमन र मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति हाम्रो पार्टी पहलकदमी गरिरहेको र पहलकालागी प्रतिबद्ध रहेको जानकारी दिदै स्थानीय सरकार रामधुनी नगरपालिका, १ नं. प्रदेश सरकार, संघिय सरकार समक्ष जोडदार माग गरेको छ ।
कृषक र जनताको यो पीडामा नेपाली काँग्रेस रामधुनी न.पा. १ नं. वडा समिति साथमा रहेको पनि हामी स्पष्ट पार्दछौं । साथै, यसप्रकारको प्राकृतिक विपदको व्यवस्थापन तथा न्युनिकरणका लागि स्थानीय सरकार रामधुनी नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न पनि हामी जोडदार माग गर्दछौं भनेर बिज्ञप्तीमा उल्लेख रहेको छ । धान तथा कृषि उपजको क्षतिले किसानको लगानी र मेहनत डुबेको छ, यसकालागी सरकार संग राहतका कार्यक्रम संचालन गर्न अनुरोध गर्दै सरकारले संचालन गर्ने कार्यक्रममा सहयोग गर्ने समेत वडा सभापति रन्जित चौधरीले बताए ।
‘वडा तथा नगरका किसानमा भएको क्षति किसान आफैले खेती बाटै पुर्ति गर्न बर्षौ लाग्ने भएकोले स्थानीयतहबाट राहतको कार्यक्रम गर्नु पर्ने देखिन्छ’, ‘सरकारको राहतले किसानलाई केहि सम्बोधन हुने भएकोले पहलगर्न नेपाली काँग्रेस रामधुनी न.पा. वडा नं. १ कार्यसमिति प्रतिबद्ध रहेको र रहिरहने भन्दै आगामी बाली उत्पादनमा पनि अनुदानका कार्यक्रम माग गर्ने समितिका उपाध्यक्ष अनिष चौधरीले बताए ।

अगाडिकाे पाेस्ट

छठ माता सेवा समिति रामधुनीकोे पुनर्गठनले अध्यक्षमा मिलन रौनियार चयन

अर्काे पाेस्ट

संस्कार र संस्कृती पक्षलाई पुर्ण प्राथमिक्तामा आधारित थारु भाषाको “सुखराइत गीत” सार्वजानिक गर्ने तयारी

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft