मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सुनसरीमा १०२४ जना गणकले तथ्यांक संकलन गर्ने जिल्ला जनगणना कार्यालयको तयारी

by By: रामधुनी खबर
कार्तिक २३, २०७८
553

राख संवाददाता
झुम्का, कार्तिक २३ । राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गतेबाट मुलुकभर सुरु हुदै छ । प्रत्येक १० बर्षमा एक पटक हुने राष्ट्रिय जनगणना २०७८ को कार्तिक २५ गतेबाट मंसिर ९ गते सम्म १५ दिन हुने छ । जनगणनाकालागी सुनसरीमा १ हजार २४ जना गणकले अक्सर बसोबास गरेको स्थानबाट तथ्यांक संकलन गर्ने जिल्ला जनगणना कार्यालय सुनसरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सभापतित्वमा जिल्ला प्रशासन इनरुवाको कार्यालयमा मंगलवार राष्ट्रिय जनगणना २०७८ सन्दर्भ तथा पत्रकार भेटघाट कार्यक्रममा जनगणनाको तयारी कार्य बारेमा जानकारी दिदै गणकहरु घर–घरमा आएर तथ्यांक संकलन गर्ने जिल्ला जनगणना कार्यालय सुनसरीको तयारी रहेको छ । भाडामा बस्ने परिवारको गणना छुट हुन सक्ने स्थिती भएकाले जो जहा भएपनि त्यहीबाट गणना गर्ने अक्सर बसोबास गणना प्रावधान ल्याएको छ । आदिवासीहरुको धर्म प्रकृति पुजक रहेकोले धर्ममा प्रकृति लेख्न सकिने र धर्मको कोडको अंक ६ रहेको छ । जुन यस भन्दा पहिलेको गणनामा प्रकृति धर्म उल्लेख थिएन । २०६८ को जनगणनामा गणनकले पेन्सिल प्रायोग गरेका थिए सो अवस्थामा थर र संख्या मेटाएको भन्ने गुनासाका कारण यस पटकको गणकले निलो रंगको कलम प्रयोग गर्ने छन् ।
राष्ट्रिय जनगणनाबाट बिभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग् तथा उमेर समुहका समग्रमा जनसंख्या कति छन्, कहाँ छन् र कुन अवस्थामा छन् भन्ने थाहा पाउनु नै जनगणनाको प्रमुख उधेश्य रहेको छ । यसै विवरणबाट आम नागरिकहरुको हितकालागी नीति,योजना तगा कार्यक्रमहरु तय गर्ने हुन्छ । यसले पारिवारिक,जनसांख्यिक,सामाजिक,आर्थिक लगायतका बिभिन्न तथ्यांक प्राप्त हुने र तथ्यहरु गोप्य रहने भएकोले गणकहरुलाई सहज वातावरण र वास्तविक तथ्यांक विवरण दिन जिल्ला जनगणना कार्यालय सुनसरीका प्रमुख सुवास अधिकारीले सम्पुर्णमा अनुरोध गरेका छन् । तथ्यांककालागी गणक तथा सुपरिवेक्षक छनौट र नियुक्ति भएको छ भने पहिलो चरण अन्तर्गत सुचिकरण कार्य सम्पन्न भैसकेको छ ।

अगाडिकाे पाेस्ट

छठ पर्वको पहिलो दिन शुभ–लग्न जगाउदै झुम्कामा कलश यात्रा

अर्काे पाेस्ट

किसानको अधिकार मुल प्रवाहीकरण गर्न “नेपाल पिछडावर्ग किसान संघ” १ नं. प्रदेश स्तरीय समिति गठन

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft