राख संवाददाता
झुम्का, कार्तिक २३ । राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गतेबाट मुलुकभर सुरु हुदै छ । प्रत्येक १० बर्षमा एक पटक हुने राष्ट्रिय जनगणना २०७८ को कार्तिक २५ गतेबाट मंसिर ९ गते सम्म १५ दिन हुने छ । जनगणनाकालागी सुनसरीमा १ हजार २४ जना गणकले अक्सर बसोबास गरेको स्थानबाट तथ्यांक संकलन गर्ने जिल्ला जनगणना कार्यालय सुनसरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सभापतित्वमा जिल्ला प्रशासन इनरुवाको कार्यालयमा मंगलवार राष्ट्रिय जनगणना २०७८ सन्दर्भ तथा पत्रकार भेटघाट कार्यक्रममा जनगणनाको तयारी कार्य बारेमा जानकारी दिदै गणकहरु घर–घरमा आएर तथ्यांक संकलन गर्ने जिल्ला जनगणना कार्यालय सुनसरीको तयारी रहेको छ । भाडामा बस्ने परिवारको गणना छुट हुन सक्ने स्थिती भएकाले जो जहा भएपनि त्यहीबाट गणना गर्ने अक्सर बसोबास गणना प्रावधान ल्याएको छ । आदिवासीहरुको धर्म प्रकृति पुजक रहेकोले धर्ममा प्रकृति लेख्न सकिने र धर्मको कोडको अंक ६ रहेको छ । जुन यस भन्दा पहिलेको गणनामा प्रकृति धर्म उल्लेख थिएन । २०६८ को जनगणनामा गणनकले पेन्सिल प्रायोग गरेका थिए सो अवस्थामा थर र संख्या मेटाएको भन्ने गुनासाका कारण यस पटकको गणकले निलो रंगको कलम प्रयोग गर्ने छन् ।
राष्ट्रिय जनगणनाबाट बिभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग् तथा उमेर समुहका समग्रमा जनसंख्या कति छन्, कहाँ छन् र कुन अवस्थामा छन् भन्ने थाहा पाउनु नै जनगणनाको प्रमुख उधेश्य रहेको छ । यसै विवरणबाट आम नागरिकहरुको हितकालागी नीति,योजना तगा कार्यक्रमहरु तय गर्ने हुन्छ । यसले पारिवारिक,जनसांख्यिक,सामाजिक,आर्थिक लगायतका बिभिन्न तथ्यांक प्राप्त हुने र तथ्यहरु गोप्य रहने भएकोले गणकहरुलाई सहज वातावरण र वास्तविक तथ्यांक विवरण दिन जिल्ला जनगणना कार्यालय सुनसरीका प्रमुख सुवास अधिकारीले सम्पुर्णमा अनुरोध गरेका छन् । तथ्यांककालागी गणक तथा सुपरिवेक्षक छनौट र नियुक्ति भएको छ भने पहिलो चरण अन्तर्गत सुचिकरण कार्य सम्पन्न भैसकेको छ ।




