मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 17.11°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिका लैङ्गिक हिंसा बिरुद्धको अभियानमा

by By: रामधुनी खबर
मंसिर ९, २०७८
662

राख संवाददाता
झुम्का, मंसिर ९ । रामधुनी नगरपालिकाले विहिवार देखी लैङ्गिक हिंसाको बिरुद्धमा अभियान सुरु गरेको छ । “घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” राष्ट्रिय नारा सहित सचेतना स्वरुप झुम्का बजारमा प्रभातफेरी गर्दै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु गरेको हो ।
अन्तराष्ट्रिय रुपमा प्रत्येक बर्ष २०२१ नोभेम्वर २५ देखि १० डिसेम्वर सम्म मनाउदै आएको लैङ्गिक हिंसा बिरुद्धको अभियान रामधुनी नगरपालिका, न्यायिक समिति, महिला,बालबालिका तथा जेष्ठनागरिक शाखा रामधुनी लगायत महिला समिति र महिला अधिकारकर्मिहरुले शसक्त रुपमा मनाउने भएको छ । रामधुनीको ९ वटै वडाको लैङ्गिक हिंसा भएको गाउँ, टोल, लक्षित वर्गको वस्तिमा प्रत्यक्ष भेला गराएर सचेतना र अन्तरक्रिया गरेर अभियानको सार्थकता ल्याउने जानकारी दिएको छ । प्रत्यक्ष भेलाले भएको र लुकाएका हिंसालाई उठानगरी पिडितलाई न्याय र पिडकलाई कार्वाहिको दायरा सम्म ल्याउने उधेश्य सहित रामधुनी नगरपालिकाले अभियानलाई सफल बनाउने भएको छ ।
प्रभातफेरी पश्चात आयोजित कार्यक्रममा पितृ शत्तात्मक सोचका कारण रामधुनीमा लैङ्गिक हिंसा हुने गरेको नगर उपप्रमुख सविना चौधरीले बताउनु भयो । कतिपय संस्कार र संस्कृतिले पनि विकृति ल्याउने गरेकोले जुनसुकै प्रकारको हिंसा भएपनि न्युनिकरणकालागी घरैबाट सुरु गर्नु पर्ने सुझाव ब्यक्त गर्नु भयो । १६ दिनको अभियान अन्तर्गत मात्र हैन रामधुनी नगरपालिकाले यसलाई सदैव निरन्तरता दिदै आएको बताउदै “म हिंसा गर्दिन, हुन दिन्न भएमा प्रतिकार गर्छु” यो धारणामा महिला पुरुष दुवै प्रतिबद्ध भए हिंसा न्युनिकरण हुने उपप्रमुख चौधरीले सुझात्मक धारणा राख्नु भयो ।
लैङ्गिक हिंसा न्युनिकरण हुनु नगरको सामाजिक विकासमा उपलब्धि पाउने भएकोले हिंसा विरुद्ध नगरवासीको एकजुटता हुनु पर्ने प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले बताउनु भयो । “यस बर्षको समुदाय स्तरिय अभियानले लैङ्गिक हिंसा बिरुद्ध शसक्त हुने छ”, अधिकृत थापाले भने, “अभियानले उपलब्धि पाउदै रामधुनी नगर लैङ्गिक हिंसा मुक्त नगर घोषणा गर्न सकौ” ।
आजबाट अभियान सुरु भएको छ । अभियानले अधिकार कर्मिहरुमा हिंसा विरुद्ध लड्न सक्ने प्रोत्साहन हुने र हिंसा हुने अवस्थाको पहिचान गर्न सक्ने महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख मोनाश्री आचार्यले जानकारी दिनुभयो । अभियानमा सहभागी हुदै इलाका प्रहरी पकलीका प्रमुख प्रकाश थापाले हिंसा भए वा थाहा पाउनु भए प्रहरीलाई खबर गर्न अनुरोध गर्नु भयो । समयमै खबर भए कार्वाही गर्न सहजहुने भएकोले हिंसा नलुकाउन सुझाव ब्यक्त गर्नु भयो । अभियान सुरु संगै हिंसा विरुद्ध अभियान सफल बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षरगरी प्रतिबद्धता समेत जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरको ९० जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाले बृहत यौनिकता शिक्षामा जोड दिदै

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft