मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाले बृहत यौनिकता शिक्षामा जोड दिदै

by By: रामधुनी खबर
मंसिर ९, २०७८
615

राख संवाददाता
झुम्का, मंसिर ९ । रामधुनी नगरपालिकाले लैङ्गिक हिंसा न्युनिकरणकालागी बृहत यौनिकता शिक्षामा जोड दिने भएको छ । बृहत यौनिकता शिक्षाले सवै उमेर समुहका ब्यक्ति, परिवार, समाजाललाई सचेत गराउने भएकोले लैङ्गिक हिंसा न्युनिकरणकालागी नगरपालिकाले बृहत यौनिकता शिक्षामा जोड दिने भएको हो ।
नगर उपप्रमुख सविना चौधरीको सभापतित्वमा युनेस्कोको प्राविधिक सहयोगले बृहत यौनिकता शिक्षामा जोड दिदै सो बिषयमा दुई दिवसिय अभिमुखिकरण र छलफल गरेको छ । विभिन्न देशहरुमा बृहत यौनिकता शिक्षाको अभ्यासले लागु पदार्थ सेवनमा कमि, यौन सम्बन्धमा किशोरकिशोरीह जानकार भई सचेत भएको, सुरक्षित यौन सम्बन्ध बनाएको, प्रजनन स्वास्थ्यमा सुधार हुदै हिंसा कम भएको पाएकोले यस शिक्षामा रामधुनी नगरपालिकाले जोड दिनु पर्ने सहभागीहरुले उठान गरेका छन् । बृहत यौनिकता शिक्षा ल्याउन अभिमुखिकरणमा जनप्रतिनिधि, स्वास्थ्य शिक्षाका प्रमुख, शिक्षक, सस्थ्य स्वयम सेविका, बाल संजालका प्रतिनिधि, महिला अधिकार समितिका प्रतिनिधिहरुको सहभागीता थियो ।
बृहत यौनिकता शिक्षाको महत्व
किशोरकिशोरीहरुमा उमेर अनुकुलको यौन तथा प्रजनन स्वास्थय लगायत यौनिकता सम्बन्धि प्रमाणमा आधारित र संस्कृति सुहाउँदो ज्ञान तथा विभिन्न सम्बन्धलाई व्यवस्थापन गर्ने सिप सिकाएर उनीहरुको स्वास्थ्य लगायत समग्र जिवनमा आउन सक्ने जोखिमबाट बचेर स्वस्थ्यकर जिवन यापन गर्न सक्षम बनाउने बृहत यौनिकता शिक्षाको महत्व रहेको छ । यसले ब्यक्तिलाई यौनिकताका विभिन्न पक्षहरुमा आफना मुल्य मान्यताहरु पत्ता लगाएर निर्णय गर्ने, संचार गर्ने रजोखिम घटाउने सिपहरुको विकास गराउने अवसरहरु प्रदान गर्दछ ।
प्रभावकारी यौनिकता शिक्षाले किशोरकिशोरीहरूलाई यौनिकता र सम्बन्धहरूका बारेमा उमेर अनुसारको, वैज्ञानिक रूपमा सही, प्रमाणहरूमा आधारित, मानवअधिकारमा आधारित र लैङ्गिक संवेदनशिल जानकारीहरू सामाजिक तथा साँस्कृतिक रूपमा सान्दर्भिक विधिबाट प्रदान गर्दछ । यसमा किशोरकिशोरीहरूका लागि आफ्ना अभिवृत्ति अर्थात् धारणा र मूल्यमान्यताहरू पत्ता लगाएर निर्णय गर्ने लगायतका उनीहरूको यौनिक जीवनका बारेमा सुसूचित भई छनौट गर्नका लागि आफूलाई आवश्यक पर्ने सिपहरू विकास गर्ने संरचनात्मक अवसरहरू समावेश हुन्छन् ।
यौनिकता शिक्षाले यौनिक स्वास्थ्यको बारेमा जानकारी प्राप्त गर्न, प्रचलित सामाजिक सांस्कृतिक मूल्यमान्यताहरूसँग सान्दर्भिक सिपको विकास गर्न र सकारात्मक धारणा अर्थात् अभिवृत्ति, मूल्य र मान्यताहरूको विकास गर्न सहयोग पुयाउँछ । बृहत्तर यौनिकता शिक्षाले किशोरकिशोरीहरूलाई आफ्नो यौनिक जीवनलाई वर्तमान र भविष्यमा स्वस्थकर बनाउनका लागि सहयोग पुयाउँछ । संसारमा भएका विभिन्न अध्ययन अनुसन्धानले बृहत्तर यौनिकता शिक्षा पाएको व्यक्तिले स्वस्थ यौन तथा पारिवारिक जीवन व्यतीत गर्न सक्नुका साथै आफलाई प्राणघातक एवम् सङ्क्रामक रोगहरूबाट गर्भधारण हुनबाट बचाउन सक्छन् भन्ने प्रमाणित गरेका छन् ।
यसैगरी प्रभावकारी यौनिकता शिक्षा एच आइ मी. संक्रमण रोकथाम, उपचार तथा स्याहार र प्रजनन स्वास्थ्यको लक्ष्य हासिल गर्नका लागि महत्त्वपूर्ण हुन्छ । प्रभावकारी ढङ्गले विकास गरी लागु गरिएका यौनिकता शिक्षा कार्यक्रमहरूले एच आई भी लगायतका यौन संक्र्रमणहरू, अनिच्छित गर्भधारण, शोषण तथा हिसायुक्त यौनिक व्यवहारहरू तथा यौनिक दुव्यंवहारहरूलाई घटाउनमा मद्दत पुग्दछ । भन्ने उपलब्धिहरु युनेस्कोका प्रतिनिधि सहजकर्ता भगवान आर्यालले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिका लैङ्गिक हिंसा बिरुद्धको अभियानमा

अर्काे पाेस्ट

“शान्ति सुरक्षाको जग बलियो बनाउन पाँच क्षेत्रमा सुशासनको अपरिहार्यता” ः सुनसरी प्र.जि.अ.यादव

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft