राख संवाददाता
झुम्का, मंसिर ६ । रामधुनी नगरको अपाङ्गता भएका ब्यक्तिलाई आइतवार न्यानो कपडा बितरण गरेको छ । चिसो मौसम बढे संगै आर्थिक रुपमा विपन्न ९० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरेको हो ।
चिसो मौसमका कारणले प्रतिकुल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको बताएको छ । धरान निवासी जसबहादुर राईको स्वर्गीय पत्नी प्रभात कुमारी राईको प्रथम वार्षिक पुण्य तिथिमा स्मरण गर्दै न्यानो कपडा वितरण गरेको परिवार जनले बताए । न्यानो कपडा वितरणकालागी परिवारजन छोरा सविन र रबिनराई, छोरी रिना राई, छोरी ज्वाई विम्जता राई र जय कुमार राई यु.के.बाट सौजन्य रहेको छ ।
नगर उप–प्रमुख सविना चौधरीको प्रमुख आतिथ्यतामा प्रत्येक वडाको १० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई वितरण गरेको हो । न्यानो कपडा वितरण नगर उपप्रमुख चौधरी, शिक्षा शाखा रामधुनी प्रमुख राजन गेलाल, रामधुनी १ नं. वडा अध्यक्ष महेश चौधरी, कार्यपालिका सदस्य टिका लक्ष्मी श्रेष्ठले वितरण गरेको छ । नेपाल अपाङ्गता संरक्षण नगर समिति रामधुनीका अध्यक्ष डिल्ली प्रसाद चौलागाईको सभापतित्वमा डिपोर्ट स्कुल धरानका २०४६ साल एस.एल.सि. व्याचका पुर्व विद्यार्थिहरुको व्यवस्थापनमा वितरण गरेको समन्व्यकर्ता राजु साहले जानकारी दिएका हुन् ।
