राख संवाददाता
झुम्का, मंसिर १९ । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आइतवार भासि स्वास्थ्य चौकीले एक कार्यक्रमगरी स्वयंसेविकालाई सम्मान गरेको छ । सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योग्दानलाई कदर गर्दै कार्यक्रमबाट तिन स्वयंसेविकालाई सम्मान गरेको हो ।
स्वास्थ्य चौकीले रामधुनी वडा नं. १ की कौशिला चौधरी, रामधुनी वडा नं. २ की सारदा चौधरी र वडा नं. २ कै ललिता चौधरीलाई सम्मान गरेको हो । “स्वस्थ्य जिवन शैली हाम्रो आवश्यक्ता, संकट न्युनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका” मुल नारा सहित कार्यक्रम आयोजना भएको छ । स्वयंमसेविका उमा कोइरालाको सभापतित्वमा आयोजिक कार्यक्रममा भासि स्वास्थ्य शाखा प्रमुख चकेन्द्र थापा, इटिसी नेपालकी मैत्रि सर्मा र पत्रकार सुनिल चौधरीले सम्मान हस्तान्तरण गरेको भासि स्वास्थ्य शाखाले जनाए ।
स्वयंमसेविकालाई निशुल्क स्वास्थ्य विमा, साइकल, टर्च, छाता, तालिमको व्यवस्थापन हुन सके सेवामा थप प्रभावकारीता बढ्ने बक्ताहरुले बताए । यसैगरी रामधुनी नगरपालिका बालमैत्रि स्थानीय साशन घोषणा गर्न अथक प्रयास रहेको सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु प्रति नगरपालिकाले चासो कम देखाएको सहभागी स्वयंसेविकाहरुको भनाई छ । भासि स्वास्थ्य चौकीले १, २ र ५ नं. वडामा सेवा प्रवाह गरिरहेका छन् । तिन वटै वडागरी २५ जना स्वयंसेविकाहरु सेवारत रहेका छन् । स्वास्थ्य स्वयंसेविकाले वडामा मातृ शिसु सुरक्षा लगायत स्वास्थ्य सचेतना गर्दै आएको छ ।
स्वास्थ्य चौकी सभाहलमा भएको कार्यक्रममा भासि स्वास्थ्य शाखा प्रमुख चकेन्द्र थापा, सेभ द अर्थका पुष्प भट्टराई, इटिसी नेपालकी मैत्रि सर्मा र पत्रकार सुनिल चौधरीले स्वयंसेविकाहरुले गरेको योगदान बारेमा चर्चा गरेका थिए । सम्मानकालागी सेभ द अर्थ संस्थाबाट सहयोग गरेको भासि स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।



