राख संवाददाता
झुम्का, मंसिर १८ । उज्जवल उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुनः भरत कार्की चयन हुनु भएको छ । सहकारीको १३ औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट कार्कीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएकोे हो
समितीको उपाध्यक्षमा कमल काफले चयन भएका छन् । सदस्यहरुमा बिरेन्द्र साह, गोपाल ढकाल, बद्री माझि, समुना कोइराला, रन्जना निरौला (पोखरेल), चन्द्रवती लम्साल र महेश रेग्मी छन् । लेखा समितिमा प्रकाश चौधरीको संयोजकमा तिन सदस्य समिति सर्वसम्मत भएका छन् । लेखा समितिको सदस्यहरुमा सम्भु तिम्सीना, कनैया लाल चौधरी छन् ।
ऋण समितिको अशोक रेग्मीको संयोजकमा तिन सदस्य समिति चयन गरेको छ । ऋण समितिको सदस्यहरुमा दिपेन्द्र चौधरी र चारस निरौला रहेको नव निर्वाचित अध्यक्ष भरत कार्कीले रामधुनी खबर पत्रिकालाई बताउनु भयो ।
