सुनिल चौधरी
झुम्का, मंसिर २१ । रामधुनी नगरपालिकाको दशौं नगरसभाबाट आ.ब. २०७८÷७९ को बजेट, योजना तथा कार्यक्रम संशोधन गरेको छ । नगरको विकास योजनाकालागी मंगलवार संशोधित बजेट रु ७२ करोड ७६ लाख ४७ लाख अनुमोदन गरेको हो । चालु आर्थिक बर्षकैलागी असार १० गते सम्पन्न नवौं नगरसभाबाट ७१ करोड ५१ लख ३७ हजारको बजेट विनियोजन गरेको थियो ।
नगरसभामा नगर उपप्रमुख सविना चौधरीले प्रतिवेदन प्रस्तुगर्दै नगर स्तरीय १९ वटा र वडा स्तरीयका् केही कार्यक्रम संशोधन गरेको जानकारी दिए । नगर स्तरीय कार्यक्रम अन्तर्गत पारिश्रमिक कर्मचारी, पदाधिकारी,उपदान, सेवा निवृतको संचित विदा, विमा तथा नविकरण, पक्की नाला निर्माण, बाटो स्तर उन्नती, आदिवासी जनजाति कार्यक्रम, नगर स्तरीय तिज जितिया, योग शिविर, जेष्ठनागरिक कार्यक्रम, कर्मचारी कल्याण कोष कार्यक्रम संशोधन भएको प्रस्तुत प्रतिवेदनमा रहेको छ ।
नगरपालिको विकासलाई तिव्रता दिन विभिन्न योजना समेत ल्याएको छ । नगरपालिकाको सहज कार्यसंचालनकालागी करारका कर्मचारीको म्याद थप सम्झौता निर्दैशिका अनुमोदन गरेको छ । करारका कर्मचारी व्यवस्थापनकालागी आन्तरिक नियन्त्रण प्रणाली निर्दैशिका २०७८ लागु गरिएको छ । यसले विवादित बन्दै आएको करारका कर्मचारी पद मिलानमा निर्दैशिकाले स्पष्ट पारेको छ । हिंसा पिडित महिला, बालबालिका सुरक्षाकालागी सुरक्षित आवास गृह (सेफ हाउस) संचालन कार्यविधि,विपतबाट भएको क्षतिको राहत वितरण मापदण्ड, आर्थिक सहायता कार्यविधि, लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि पास गरेको बिद्यायन समिति संयोजक तथा वडा नं. ७ का अध्यक्ष केशव गौतमले जानकारी दिए । नयाँ कार्यविधि र निर्दैशिकाले थप समाजिक विकासका काम अगाडी बढ्ने बिश्वास लिएको वडाअध्यक्ष गौतमले जानकारी दिएका हुन् ।


