राख संवाददाता
झुम्का, मंसिर २१ । रामधुनी नगरपालिकामा करारका कर्मचारीको बिषयमा बन्दै आएको विवाद सामाधान हुने भएको छ । दशौँ नगरसभाबाट कर्मचारीको म्याद थप गर्ने र करारमा कर्मचारी राख्न सकिने व्यवस्थापन निर्दैशिका अनुमोदनले कर्मचारी विवादित विषय सामाधान हुने भएको हो ।
नगरसभाबाट अनुमोदित आन्तरिक नियन्त्रण प्रणाली निर्दैशिका, २०७८ अन्तर्गत परिच्छेद २ मा कर्मचारी व्यवस्थापन शिर्षकमा करारका कर्मचारीहरु राख्न सकिने उल्लेख गरेको छ । निर्दैशिका अनुसार दरबन्दी रिक्त पद र दरबन्दी बाहेकका बिशेष किसिमको कार्य गराउन स्वीकृत बजेटको परिधि भित्र रहेर करार सेवा लिन सकिने जनाएको छ । यसकालागी स्थानीय तहबाट स्वीकृत कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति ९ओ एण्ड एम० भित्र रहेर कर्मचारी राखिने जनाएको छ ।
नगरमा वडा नं। ८ का वडाअध्यक्ष रुद्र बस्नेतको संयोजक रहनेगरी ओ एण्ड एम समितिलाई नवौं नगरसभाले मान्यता दिइसकेको छ । समितिले हाल करारमा कार्यरत कर्मचारीहरुलाई नै पद मिलानगरि २०७८ श्रावण देखि नै करार समझौता गरि काममा लगाउने नगरकार्यपालिकाको निर्णय कार्यान्वय गर्न गरेको प्रस्ताव स्विकृत भएकोे छ । यसैगरी समितिले नगरपालिकाको आवश्यक्ता हेर्दा कर्मचारी थप गर्नु पर्ने भनिएको छ । समितिका अनुसार बर्तमान प्रमुख प्रशासकिय अधिकृत र संघीय सरकारबाट सर्शत तलब भत्ता प्राप्त हुने समेत गरी करिब १५२ जना कर्मचारी कार्यरत रहेकोे छ । विभिन्न तहमा कर्मचारी आवश्यक्ता देखिएकोले सर्वेक्षण समिति अनुसार कर्मचारी थप गर्दा १९६ जना कर्मचारी पुग्ने छन् । संगठन संरचनाका अधारमा ४४ जना कर्मचारी थप गरीनुपर्ने आवश्यकता देखाएको छ । समितिले हालको कर्मचारीहरुलाई पद र कार्यभार संशोधन समेत गरेको छ ।
आन्तरिक नियन्त्रण प्रणाली निर्दैशिकाले नगरपालिकामा कर्मचारी विवाद र अभाव समाधान हुने प्रमुख प्रशासकिय अधिकृत कमल थापाले बताए । “नगरपालिकामा कर्मचारी अभावले कार्यक्रम योजनाहरु प्रभावित देखिएको छ,” अधिकृत थापाले भने, “निर्दैशिकाले समस्या सामाधान गर्ने छ”, “नगरको योजना कार्यक्रम संचालनमा द्रुतता मिल्लने छ”, । नगरपालिकाको चालु आर्थिक बर्षमा बजेटको योजना चार महिना बन्दीकरणमा परेको थियो । बन्दीकरणले योजना संचालननै हुन सकेनन् । नयाँ अधिकृत थापाको नियुक्तीले भने सहज हुदै गएको छ ।
