राख संवाददाता
झुम्का, माघ ९ । थारु कल्याणकारिणी सभा (था.क.स.) इटहरी कार्यसमितिद्धारा शनिवार आयोजित तिलासंक्राईत कार्यक्रममा पर्वको परमपरागत र सांस्कृतीक महत्व उठान गर्दै थारु समुदायको अस्तित्व संकटपुर्ण रहेको बक्ताहरुले उठान गरेका छन् । थारुको अस्तित्व माथी सरकारको षडयन्त्रपुर्ण प्रहार र थारु अस्तित्व स्विकार नगर्ने पार्टी दलगत रुपमा कपटपुर्ण भै रहेकोले समुदायको अवस्था र बिद्यमानतामा जोड दिदै सचेत हुनु पर्ने बक्ताहरुले सुझाव दिएका हुन् ।
थाकस केन्द्रिय सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संबिधानमा थारुको अधिकार प्रष्ट नभएको र स्थानीय सरकारले पनि नीतिगत रुपमा अधिकारबाट बञ्चित राखेकाले थारु अस्तित्व संकटमा रहेको साहित्यकार रामसागर चौधरीले उठान गरेका छन् । थारुको परम्परागत सीप, ग्रामथान, आरक्षण कोटामा प्रत्यक्ष प्रहार भएको छ, तथापी पनि थारु समुदायको मेयर जनप्रतिनिधि, सांसदहरु पार्टीगत निर्दैशनको चाकरीले समुदायको अधिकार प्रति बफादारी गर्न नसक्दा आगामी दिनमा नयाँ पुस्ताले के गर्ने भन्नेमा अन्यौलता छाएको साहित्यकार चौधरीले बताए । साहित्यकार चौधरीका अनुसार हालमा भएको राजनीतिक पार्टीको जिल्ला, केन्द्रिय र संघिय समितिको चुनावमा सम्मान जनक पदमा थारुलाई अटाउन नसक्दा राजनीतिक रुपले पछाडी परेको र यसले नीति निर्माणको तहमा पहुचको बञ्चित अवस्था हुनुपर्ने भएकोले सचेत भएर थारु युवाहरु सबल र सशक्त रुपमा लाग्नु पर्ने साहित्यकार चौधरीको धारणा रहेको छ । बिस्तारै पहिचानलाई नामेटगर्ने खेल यथार्थता झल्किरहेको छ, यस्ता जालझेल कपट भैरहेको जान्दाजान्दै अब पनि थारु समुदाय सचेत नभए शरणर्थी जिवन बाच्नु पर्ने समय आउन सक्ने साहित्यकार रामसागर चौधरीले बताए ।
थारु समुदायको अस्तित्व बचाउन थारु कल्याणकारिणी सभा (थाकस) ले उधेश्य अनुरुप काम गर्नु पर्ने अधिकार कर्मी तेजनारयण चौधरीले बताए । थाकसले थारुको संगठनको रुपमा चिनाउने तर काम राजनीतिक पार्टीको निर्दैन अनुसार गर्ने परिपाटिले थारुको मुद्धा गौण भएको भन्दै अहिले पनि समय छ, लागभिरतरिकाले अगाडी बढे थारुको अधिकार सरकारले सम्बोधन गर्न बाध्य हुने अधिकार कर्मी चौधरीले सुझाव दिएका छन् । थारु संघ संगठनले रणनीति तवरले थारु समुदायको ब्यवहारिक एकता, युवामा राजनीतिक चेतना, समाजिक सचेतना र आर्थिक सबलतामा ध्यान दिनुपर्ने युवा अधिकार कर्मी श्याम चौधरीले बताए ।
थाकस इटहरी नगर समिति अध्यक्ष रामरोहन चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथीहरुलाई तिलासंक्राईतमा पकाउने परिकारहरुको स्वाद चखाउदै पर्वमा खाने परिकार तिल र भुजाको लडु, चिचरी भात थारुको खाँटी मौलिक परिकार रहेको आयोजक थाकस इटहरीले कार्यक्रम मार्फत दर्शाएको छ । कार्यक्रममा आशा चौधरी र तारा चौधरीले लोप भैरहेको मौलिक लोक गीत पराती र बिरहैन प्रस्तुतगरी जगाउने प्रयास गरिन् । समाजसेवी चन्दन चौधरी, थाकस जिल्ला सचिव देवनारायण चौधरी, अधिकार कर्मि शिवनारायण चौधरी, फोनिज सुनसरी निबर्तमान अध्यक्ष धिरेन्द्र चौधरी, फोनिज बर्तमान उपाध्यक्ष सुनिल चौधरी, थारु महिला सभा सहसचिव ममता चौधरी, कौशिला चौधरीले पर्वको मौलिक महत्वहरुबारेमा प्रष्ट्याएका छन् ।
तिलासंक्राईत कार्यक्रममा थाकस इटहरी नगर उपाध्यक्ष शुसिला लेखीले अतिथीहरुमा स्वागत मन्तब्यले सम्मान गरेकी छन् । कार्यक्रममा उद्धघोषण सचिव अशोक चौधरीले गरेको थियो भने कार्यक्रम इटहरीको गंगा जमुना होटेलको सभाहलमा भएको आयोजक थाकस इटहरी समितिले जानकारी दिएको छ ।




