मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारुको अस्तित्व संकटपुर्ण, थाकस इटहरीको तिलासंक्राईत कार्यक्रमबाट सचेत हुन सुझाव

by By: रामधुनी खबर
माघ ९, २०७८
544

राख संवाददाता
झुम्का, माघ ९ । थारु कल्याणकारिणी सभा (था.क.स.) इटहरी कार्यसमितिद्धारा शनिवार आयोजित तिलासंक्राईत कार्यक्रममा पर्वको परमपरागत र सांस्कृतीक महत्व उठान गर्दै थारु समुदायको अस्तित्व संकटपुर्ण रहेको बक्ताहरुले उठान गरेका छन् । थारुको अस्तित्व माथी सरकारको षडयन्त्रपुर्ण प्रहार र थारु अस्तित्व स्विकार नगर्ने पार्टी दलगत रुपमा कपटपुर्ण भै रहेकोले समुदायको अवस्था र बिद्यमानतामा जोड दिदै सचेत हुनु पर्ने बक्ताहरुले सुझाव दिएका हुन् ।
थाकस केन्द्रिय सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संबिधानमा थारुको अधिकार प्रष्ट नभएको र स्थानीय सरकारले पनि नीतिगत रुपमा अधिकारबाट बञ्चित राखेकाले थारु अस्तित्व संकटमा रहेको साहित्यकार रामसागर चौधरीले उठान गरेका छन् । थारुको परम्परागत सीप, ग्रामथान, आरक्षण कोटामा प्रत्यक्ष प्रहार भएको छ, तथापी पनि थारु समुदायको मेयर जनप्रतिनिधि, सांसदहरु पार्टीगत निर्दैशनको चाकरीले समुदायको अधिकार प्रति बफादारी गर्न नसक्दा आगामी दिनमा नयाँ पुस्ताले के गर्ने भन्नेमा अन्यौलता छाएको साहित्यकार चौधरीले बताए । साहित्यकार चौधरीका अनुसार हालमा भएको राजनीतिक पार्टीको जिल्ला, केन्द्रिय र संघिय समितिको चुनावमा सम्मान जनक पदमा थारुलाई अटाउन नसक्दा राजनीतिक रुपले पछाडी परेको र यसले नीति निर्माणको तहमा पहुचको बञ्चित अवस्था हुनुपर्ने भएकोले सचेत भएर थारु युवाहरु सबल र सशक्त रुपमा लाग्नु पर्ने साहित्यकार चौधरीको धारणा रहेको छ । बिस्तारै पहिचानलाई नामेटगर्ने खेल यथार्थता झल्किरहेको छ, यस्ता जालझेल कपट भैरहेको जान्दाजान्दै अब पनि थारु समुदाय सचेत नभए शरणर्थी जिवन बाच्नु पर्ने समय आउन सक्ने साहित्यकार रामसागर चौधरीले बताए ।
थारु समुदायको अस्तित्व बचाउन थारु कल्याणकारिणी सभा (थाकस) ले उधेश्य अनुरुप काम गर्नु पर्ने अधिकार कर्मी तेजनारयण चौधरीले बताए । थाकसले थारुको संगठनको रुपमा चिनाउने तर काम राजनीतिक पार्टीको निर्दैन अनुसार गर्ने परिपाटिले थारुको मुद्धा गौण भएको भन्दै अहिले पनि समय छ, लागभिरतरिकाले अगाडी बढे थारुको अधिकार सरकारले सम्बोधन गर्न बाध्य हुने अधिकार कर्मी चौधरीले सुझाव दिएका छन् । थारु संघ संगठनले रणनीति तवरले थारु समुदायको ब्यवहारिक एकता, युवामा राजनीतिक चेतना, समाजिक सचेतना र आर्थिक सबलतामा ध्यान दिनुपर्ने युवा अधिकार कर्मी श्याम चौधरीले बताए ।
थाकस इटहरी नगर समिति अध्यक्ष रामरोहन चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथीहरुलाई तिलासंक्राईतमा पकाउने परिकारहरुको स्वाद चखाउदै पर्वमा खाने परिकार तिल र भुजाको लडु, चिचरी भात थारुको खाँटी मौलिक परिकार रहेको आयोजक थाकस इटहरीले कार्यक्रम मार्फत दर्शाएको छ । कार्यक्रममा आशा चौधरी र तारा चौधरीले लोप भैरहेको मौलिक लोक गीत पराती र बिरहैन प्रस्तुतगरी जगाउने प्रयास गरिन् । समाजसेवी चन्दन चौधरी, थाकस जिल्ला सचिव देवनारायण चौधरी, अधिकार कर्मि शिवनारायण चौधरी, फोनिज सुनसरी निबर्तमान अध्यक्ष धिरेन्द्र चौधरी, फोनिज बर्तमान उपाध्यक्ष सुनिल चौधरी, थारु महिला सभा सहसचिव ममता चौधरी, कौशिला चौधरीले पर्वको मौलिक महत्वहरुबारेमा प्रष्ट्याएका छन् ।
तिलासंक्राईत कार्यक्रममा थाकस इटहरी नगर उपाध्यक्ष शुसिला लेखीले अतिथीहरुमा स्वागत मन्तब्यले सम्मान गरेकी छन् । कार्यक्रममा उद्धघोषण सचिव अशोक चौधरीले गरेको थियो भने कार्यक्रम इटहरीको गंगा जमुना होटेलको सभाहलमा भएको आयोजक थाकस इटहरी समितिले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीमा सामाजिक जवाफ देहिता थप पहल बढाउन नयाँ अवधारणामा जोड

अर्काे पाेस्ट

आज माघ शुक्ल पञ्चमी सरस्वती पूजा, सरस्वतीको महिमाबारे वर्णन गरिएका २० श्लोक

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft