मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आज माघ शुक्ल पञ्चमी सरस्वती पूजा, सरस्वतीको महिमाबारे वर्णन गरिएका २० श्लोक

by By: रामधुनी खबर
माघ २३, २०७८
470

राख संवाददाता
झुम्का, माघ २३ । आज सरस्वती पूजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गरिन्छ । ज्ञान, बुद्धि, विवेक बढोस् भनेर विद्याकी देवीको आज उपासना गरिन्छ । बालबालिकाहरुलाई आजैदेखि अक्षराम्भ गराउने चलन पनि छ । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रुपमा विशेष पूजा आराधना गर्ने गर्दछन्।
माता सरस्वतीको महिमाबारे केही श्लोक अर्थसहित यहाँ प्रस्तुत गरिएको छ
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे । १।

सेतो हाँसमा चढेकी, एउटा हातमा वीणा र अर्को हातमा पुस्तक लिएकी सरस्वती माताले मलाई विद्या प्रदान गरुन् ।
गुरुर्ब्रंह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्मः तस्मै श्री गुरवे नमः। २ ।

गुरु नै ब्रह्मा हुन् । गुरु नै विष्णु र शिव पनि हुन् । गुरु साक्षात् परब्रह्म परमेश्वर हुन् । त्यस्ता सम्पूर्ण देवता तुल्य गुरुलाई मेरो नमस्कार छ।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनसलाकया
नेत्रमुन्मीलितं येन तस्मै श्री गुरवे नमः ।३।

अज्ञानरुपी अन्धकारले ढाकेका मेरो ज्ञानको आँखालाई शिक्षाको ज्योतिले खोलिदिने तपाईँ गुरुवरलाई मेरो नमस्कार छ ।
विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मः ततः सुखम् ।४।

विद्याले नम्रता दिन्छ। नम्रताबाट सत्पात्रता वा योग्यता प्राप्त हुन्छ । योग्यताले धन आर्जन गर्न सकिन्छ । धनबाट धर्म र धर्मबाट सुख प्राप्त हुन्छ।
अपूर्वः कोऽपि कोषोयं विद्यते तव भारती ।
व्ययतो वृद्धिमायाति क्षयमायाति सञ्चयात् ।५।

हे सरस्वती माता, तपाईंको ज्ञानको भण्डार अनौठो रहेछ । किनकि, यस भण्डारमा भएको वस्तु जति खर्च गर्यो त्यति घट्दै जान्छ तर तपाईको ज्ञानको भण्डारबाट ज्ञान, बुद्धि, विद्या जति खर्च ग¥यो, जति बाँड्यो त्यति बढ्दो रहेछ । तर, खर्च नगरी जोगाएर राख्दा बिस्तारै सकिँदो रहेछ।
अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्
अयोग्य पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।६।

यस संसारमा अर्थ विनाको कुनै शब्द छैन । औषधी नभएको कुनै जडीबुटी हुँदैन । त्यस्तै कुनै मान्छे पनि अयोग्य वा काम नलाग्ने हुँदैन । तर, शब्दको अर्थ बुझ्ने व्यक्ति, त्यो जडीबुटीमा कुन औषधी हुन्छ भन्ने ज्ञान र कुन मान्छेले केमा सफलता प्राप्त गर्छ भन्ने थाहा पाएर त्यसमा लगाउने मान्छे भने दुर्लभ हुन्छ ।
अजरामरवत्प्राज्ञो विद्यामर्थं च चिन्तयेत् ।
गृहीत इव केशेषु मृत्युन्ना धर्ममाचरेत् ।७।

बुद्धिमान् मानिसले म न कहिल्यै बूढो हुन्छु न त कहिल्यै मर्छु भन्ने सोचेर विद्या र धनप्राप्तिको काम गर्नुपर्छ । तर कालले घोत्र्mयाउन लाग्यो भन्ने सम्झेर तुरुन्तै धर्मकर्म वा परोपकार गर्नुपर्छ । (विद्या र धन कमाउन उमेर पर्खनु पर्दैन । धर्म र परोपकार गर्न वेला कुर्नु पर्दैन भन्ने सन्देश)
काकचेष्टा बकोध्यानं. श्वान निद्रा तथैव च
अल्पाहारी गृहत्यागीविद्यार्थी पञ्चलक्षणम् । ८।

कागको जस्तो चनाखोपन, बकुल्लाको जस्तो एकोहोरो ध्यान, कुकुरको जस्तो निद्रा, थोरै आहार, घर छोडेर परदेश (छात्रावास वा प्रवास) मा बस्ने बानीसमेत गरी असल विद्यार्थीका पाँच लक्षण हुन्छन्।
क्षणशः कणशश्चैव विद्यामर्थं च चिन्तयेत्
क्षण त्यागे कुतो विद्या कणत्यागे कुतो धनम् ।९।

धन कमाउन इच्छा गर्ने मान्छेले सानो कण जत्रो वस्तु भनेर हेला गर्नु हुँदैन । त्यस्तै विद्याको चाहना राख्नेले एकछिन वा क्षण भनेर समय खेर फाल्नु हुँदैन । कण त्याग्दा धन कमाउन सकिदैन र क्षणको उपेक्षा गरेमा विद्या आर्जन गर्न गाह्रो हुन्छ ।
न चौरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारी
व्यये कृते बर्धत एवं नित्यं विद्याधनं सर्व धनः प्रधानम् ।१०।

चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशबन्डा नहुने, जति बोके पनि भारी नहुने, जति खर्च गर्यो त्यति बढ्ने अनौठो धन विद्या हो। त्यसैले विद्यालाई सम्पूर्ण धनमा उत्तम धन मानिएको हो । (विद्या सर्वोत्तम सम्पत्ति हो भन्ने सन्देश)
विद्वत्वं च नृपत्वं च नैव तुल्यं कदाचन ।
स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते ।११।

विद्वान् र राजामा कहिल्यै समानता हुँदैन । राजा आफ्नो देशमा मात्र पुजिन्छ । तर, विद्वान् सर्वत्र पुजिन्छ ।
सुखार्थी चेत्यजेत विद्याम् विद्यार्थी चेत्यजेत्सुखम्
सुखार्थिनं कुतो विद्या विद्यार्थीनां कुतः सुखम् ।१२।

सुखको खोजी गर्छौं भने पढ्न छोडिदेऊ । विद्याको चाहना गर्छौ भने सुख छोडिदेऊ, किनकि सुखसयलमा लिप्त हुनेले विद्या कहाँ पाउँछ र ? सच्चा विद्यार्थी हुने हो भने विद्यार्थी कालमा सुख कहाँ पाइन्छ त ?
धनधान्य प्रयोगेषु विद्यासङ्ग्रहणेषु च
आहारे व्यवहारे च त्यक्तलज्जः सुखी भवेत् ।१३।

धनको लेनदेन गर्दा पढ्दा वा कुनै सीप, कला आदि सिक्दा, खाँदा र अन्य व्यवहारमा पनि जुन मान्छे लजाउँदैन, धकाउँदैन त्यो नै सुखी हुन्छ ।
पुस्तके स्थापिता विद्या परहस्तगतं धनम्
कार्यकाले समायाते न सा विद्या न तद्धनम् ।१४।

किताबमा राखेको ज्ञान र अर्कालाई दिएको धनले आफूलाई चाहिँदा काम दिँदैन ।
कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन ।
माकर्मफलहेतुर्भूः माते सङ्गोस्त्वकर्मणि ।१५।

कर्म गर्ने तिम्रो अधिकार हो, फल वा नतिजाको पछि लाग्नु उचित होइन । फल वा नतिजाको लोभले कर्म गर्नु पनि हुँदैन । साथै कर्म नगर्ने अकर्मण्य व्यक्तिको सङ्गत गर्नु पनि हुँदैन। (कर्म गर फलको आशा नगर । मिहिनेत साथ कर्म गरे फलप्राप्ति स्वतः हुन्छ भन्ने सन्देश)
काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम्
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा ।१६।

असल मान्छेहरुले आफ्नो समय राम्रा पुस्तक पढेर बिताउँछन् भने मूर्ख र बेकम्माहरु जुवा, तास खेलेर र सुतेर समय नष्ट गर्छन् । समय मूल्यवान् छ, कसरी समय बिताउने हो सोच ।
गतशोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेषु कार्येषु वर्तयन्त्रि विचक्षण ः।१७।

बितेको वा गएको कुरामा शोक नगर । पछि वा भविष्यमा के हुन्छ भनेर अहिले चिन्ता नगर । तिम्रा सामु वर्तमान छ । वर्तमान सपार । वर्तमान सपारेमा बितेको समयबारे चिन्तित हुनु पर्दैन । भविष्यको चिन्ता पनि गर्नुपर्दैन । किनकि तिम्रो वर्तमान नै भूत र भविष्यत् हो । बुद्धिमान् मानिसहरु वर्तमानको मात्र चिन्ता गर्छन् ।
प्रथमे नार्जिता विद्या द्वितीये नार्जितं धनम्
तृतीये न तपस्तप्तं चतुर्थे किं करिष्यसि ।१८।

पहिले (५ वर्षदेखि २५ वर्षसम्म) पढेर विद्या आर्जन गरिएन भने त्यसपछि (२६ वर्षदेखि ५० वर्षसम्म) धन आर्जन गरिएन भने तेस्रो चरण (५० देखि ७५ सम्म) मा धर्म आर्जन गर्न सकिएन भने त्यसपछिको अवधिमा तिमीले के गर्न सकौला र ? त्यसैले समय अनुसार काम गर नत्र जीवनमा धोका होला ।
ब्रम्हचर्य आश्रम (६ देखि २५ सम्म)
गृहस्थ आश्रम (२६ देखि ५० सम्म)
वानप्रस्थ ( ५१ देखि ७५ सम्म)
सन्यास (७६ देखि अन्त्यसम्म)
शैशवेऽभ्यस्त विद्यानां यौवने विषयैषीणाम्
वार्धक्ये मुनिवृत्तीनाम् योगेनान्ते तमुत्यजाम् ।१९।

बाल्यकालमा विद्याध्ययनमा पूर्णतः लाग्नुपर्छ । जवानी कालमा सुखभोगमा रमाउनुपर्छ । अधबैंसे भएपछि ऋषिमुनि झै धर्मकर्म, तीर्थव्रत आदिमा लाग्नुपर्छ र वृद्ध कालमा परब्रह्म चिन्तन गरेर शरीर त्याग गर्ने ध्येय राख्नुपर्छ।
उत्तमे तु क्षणं कोपो मध्यमे घटिका द्वयम् ।
अधमे स्यादहोरात्रं नीचेषु मरणान्तकः ।२०।

उत्तम वा असल मान्छेहरु एक छिन मात्र रिसाउँछन् । मध्यम खालका मान्छे केही बेर (१०–१५ मिनेट जति) मात्र रिसाउँछन् । अधम मान्छे चौबीस घण्टासम्म रिसाउँछ र झोक्किन्छ । नीच व्यक्तिहरु बाचुन्जेल रिसाउँछन् ।

अगाडिकाे पाेस्ट

थारुको अस्तित्व संकटपुर्ण, थाकस इटहरीको तिलासंक्राईत कार्यक्रमबाट सचेत हुन सुझाव

अर्काे पाेस्ट

रामधुनी बोर्डिङ्ग १ बिगाहा २ कठ्ठा क्षेत्रफलमा भवन शिलान्यास,कलेजको रुपमा बिस्तार गर्ने

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft