राख संवाददाता
झुम्का,जेष्ठ १ । रामधुनी नगरपालिकामा ७१.७१ प्रतिशत मत खसेको छ । ४१,४७८ मतदातामा २९,७४२ मत खसेको निर्वाचन अधिकृत कार्यालय रामधुनीले जनाएको छ । मतदान सम्पन्न पछि मतपेटिका संकलन गर्न राति अवेरहुदा शनिवार बिहान १० बजे देखि मतगणा सुरु गर्ने निर्वाचन अधिकृत बिजय राज सुवेदी बताए ।
निर्वाचन अधिकृत कार्यालय रामधुनी अनुसार
वडा नं. १ मा ७२.८० प्रतिशत ३३७१ मतदान भएको छ ।
वडा नं. २ मा ७३.३६ प्रतिशत ३०२४ मतदान भएको छ ।
वडा नं. ३ मा ७१.६१ प्रतिशत ३६१६ मतदान भएको छ ।
वडा नं.४ मा ७०.९० प्रतिशत ३३२४ मतदान भएको छ ।
वडा नं. ५ मा ७०.८५ प्रतिशत ३५२० मतदान भएको छ ।
वडा नं. ६ मा ७२.३५ प्रतिशत ३५९० मतदान भएको छ ।
वडा नं. ७ मा ७०.६० प्रतिशत ३९१६ मतदान भएको छ ।
वडा नं. ८ मा ७०.७६ प्रतिशत २२८० मतदान भएको छ ।
वडा नं.९ मा ७५.४० प्रतिशत ३१०१ मतदान भएको छ ।




