मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 21.45°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नगर योजना विकासमा जवाफदेहि र पार्दशिता बनाउन सुझाव संकलन गर्दै रामधुनी नगरपालिका

by By: रामधुनी खबर
जेठ २३, २०७९
902

राख संवाददाता
झुम्का, जेष्ठ २३ । नगरको योजना विकासमा जवाफदेहिता र पार्दशिता बनाउन रामधुनी नगरपालिकाले सुझाव संकलन गरेको छ । नागरिक संलग्नता र नागरिक संघ संगठनहरुको समनव्य सहित नगरको योजनाहरुमा जनमुखि, नागरिकको अपेक्षाअनुरुप छिटो छरितो र प्रभावकारी सेवाको माध्यमबाट सुशासन कायम गर्न सरोकारवालाहरु संग अन्तरक्रृयागरी सुझाव लिएको हो ।
रामधुनी नगरपालिकाले समाजिक जवाफदेहिता तथा सुशासनको सुचकहरुमा अभ्यास,प्रयास,प्रवद्र्धन गर्दै आएपनि सार्वजानिक सुनुवाई र सामाजिक परिक्षण प्रभावकारी नरहेको आलोच्नात्मक सुझावहरु दिएका छन् । चौमासिकमा भएको विकास र योजना पार्दशिता सार्वजानिकगरी प्रत्यक्ष गुनासो सुझाव लिने सार्वजानिक सुनुवाई कार्यक्रममा नगरिक संलग्नता न्युन हुने गरेकाले नयाँ विधि अनुसार गर्नु पर्ने सुझाव दिएका छन् । यसमा अनलाइन डिजिटल प्रविधि एप्स, इमेलबाट व्यवस्थापनगरी आएको गुनासाहरुको सम्वोधन तथा निर्णयहरु पनि सार्वजानिक हुनु पर्ने सरोकारवाला संघसंगठनहरुको सुझाव छ ।
यसैगरी आगामी आर्थिक बर्षको बजेट, योजना, नीतिहरु जनअपेक्षा र जनमुखि बनाउन सुझाव दिएका छन् । टोल स्तरीयबाट आएको योजना हटाउने, प्रथमिक्तामा नपर्ने, सामाजिक विकासका कार्यक्रमहरु कम पर्ने भएकोले जनप्रतिनिधिहरुले ध्यान दिन जुरुरी रहेको नागरिक संघ संगठनहरुका प्रतिनिधिहरुले सुझाव दिएका हुन् । सुशासनका सवालहरु आधारशिलताकालागि सुशासन ऐन बनाउन आवश्यक्ता समेत उठान भएको छ । जवाफदेहिता बहुसरोकारवाला मञ्चको आयोजनामा भएको सो अन्तरक्रृयात्मक गोष्ठिमा मञ्चको समिति पुनरगठन भएको छ । नव निर्वार्चित जनप्रतिनिधि आएपछि नगरप्रमुख संकरलाल चौधरीको अध्यक्षतामा सह अध्यक्ष उपप्रमुख तारा थापा लगायतका समिति चयन गर्दै पुनरगठन भएको योजना शाखाका हर्षलाल चौधरीले बताउनु भयो ।
गैर सरकारी संस्था प्याक्ट नेपालले युकेड नेपाल संगको सहयोगमा सास परियोजना अन्तर्गत रामधुनी नगरमा जवाफदेहिता बहुसरोकारवाला मञ्च गठनगरी सुशासन तथा स्वास्थ्य क्षेत्रमा जवाफदेहिताका कार्यहरु गर्दै आएको छ । नगरपालिकाले गुनासो पेटिका, नागरिक बडापत्र, सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण,बर्हिगमन अभिमत,नागरिक प्रतिवेदन पत्र, सार्वजानिक खर्चको सोधखोजमा सहज पहुच लगायतका सुशासनका औजारहरुमा अभ्यास, प्रयासरत छन् ।

अगाडिकाे पाेस्ट

नव निर्वाचित जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार बारे ३ दिने तालिम

अर्काे पाेस्ट

परम्परागत थारु मौलिक हस्तकला प्रवद्र्धनकालागि सिप विकास तालिम तथा प्रशिक्षण

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft