मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

परम्परागत थारु मौलिक हस्तकला प्रवद्र्धनकालागि सिप विकास तालिम तथा प्रशिक्षण

by By: रामधुनी खबर
जेठ २५, २०७९
869

चन्द्रकला चौधरी
झुम्का, जेष्ठ २५ । परम्परा देखि चलिआएको मौलिक हस्तकला प्रवद्र्धनकालागि सिप विकास तालिम तथा प्रशिक्षणको आयोजना गरेको छ । थारु समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको कोहबर, धमा, मना, दौरा, ढकिया बुन्ने सिपकालागि रामधुनी नगरपालिकाले तालिमको आयोजना गरेको हो ।
थारु महिला उत्थान समाज रामधुनी सुनसरीको सहजिकरणमा १५ दिने तालिम तथा प्रशिक्षण सुरु भएको उत्थान समाजकी अध्यक्ष सिता थरुनीले जानकारी दिइन् । ‘हस्तकला कलात्मक कार्य हो, जिवनमा उपयोगीका साथै सजाउने तथा यसमा मुख्यतः हाथले या सहज औजारको सहायतालेनै बनाउन सकिन्छ, यसप्रकारका कलामा धार्मिक एवं सांस्कृतिक महत्त्व छ’ उत्थान समाजकी अध्यक्ष थरुनीले बताइन् ।
थरुनीको अनुसारः ‘पौराणिक काल खण्ड देखिनै परम्परागत रुपमा धमा, मना, दौरा, ढकिया बनाउदै आएपनि हालमा आएर आधुनिकीकरण र प्लाष्टिकको सामानले लोप अवस्थामा पुगेको छ । हालमा प्रचलित प्लाष्टिकका भाडाकुडाले मानव स्वस्थ्यमा गम्भिर समस्याहरु उत्पन्न गर्ने भएकोले अबका दिनहरुमा मानव अस्तित्व जोगाउन थारु हस्तकला प्रयोग गर्नै पर्ने अवस्था आएको छ । तसर्थ लोप अवस्थामा पुगेको मौलिक थारु हस्तकला धमा, मना, दौरा बुन्ने तालिमको अवश्यक्ता महसुशगरी नगरपालिकाले सहयोग तथा आयोजनामा सबै समुदायको महिलाहरुलाई सहभागी गराई तालिम भैरहेको जानकारी दिएकी हुन् ।’
धमा, मना थारु समुदायमा साँस्कृतिक मांैलिक लोक हस्तकलाको रुपमा रहेको छ । पौराणिक तथा मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको पाइन्छ । प्रकृतिक पर्यावरण उत्पादित बस्तुबाट सिकी, गवहा, मोथी, खोसाबाट धमा, मना बनाइन्छ । स्थानीय स्रोत साधन र टोक्नी, सियो, धागो सामाग्रीले निर्माणगरी खाध्यान्न सामानहरु राख्ने भाडा कुडाका प्रकार हुन । यसमा राखिएका सामान धार्मिक तथा स्वास्थ्यको रुपले शुद्ध मानिएकोहुदा थारु समुदाय पौराणिक अवस्था देखिनै धमा, मना, दौरा, ढकीया बनाई प्रयोग गर्दै आएको तालिमका सहजकर्ता उषा चौधरीले बताइन् । हस्तकला सामाग्रीबाट आयआर्जनको माध्यम हुनु पर्ने र यसकालागि नगरपालिकाले थप सहयोग गर्नु पर्ने सहजकर्ता चौधरीले सुझाव ब्यक्त गरिन् । उत्पादित धमा, मना रु २५० देखि ५५० सम्मा बिक्रि हुने उन्को भनाइ छ ।
परम्परागत थारु मौलिक हस्तकला प्रवद्र्धनकालागि सिप विकास तालिममा ३० जना सहभागी छन् । तालिम घोङ्गही बगिया थारु भिलेजको सभाहल घोङ्गही बगिया थारु बसघरामा भैरहेको सहजिरकण कर्ता उत्थान समाज संस्थाले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

नगर योजना विकासमा जवाफदेहि र पार्दशिता बनाउन सुझाव संकलन गर्दै रामधुनी नगरपालिका

अर्काे पाेस्ट

रामधुनी र इटहरीमा थारु ग्रामथान ऐन निर्माण र सांस्कृतीक संरक्षित क्षेत्र घोषणाकालागि ज्ञापन पत्र

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft