चन्द्रकला चौधरी
झुम्का, जेष्ठ २५ । परम्परा देखि चलिआएको मौलिक हस्तकला प्रवद्र्धनकालागि सिप विकास तालिम तथा प्रशिक्षणको आयोजना गरेको छ । थारु समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको कोहबर, धमा, मना, दौरा, ढकिया बुन्ने सिपकालागि रामधुनी नगरपालिकाले तालिमको आयोजना गरेको हो ।
थारु महिला उत्थान समाज रामधुनी सुनसरीको सहजिकरणमा १५ दिने तालिम तथा प्रशिक्षण सुरु भएको उत्थान समाजकी अध्यक्ष सिता थरुनीले जानकारी दिइन् । ‘हस्तकला कलात्मक कार्य हो, जिवनमा उपयोगीका साथै सजाउने तथा यसमा मुख्यतः हाथले या सहज औजारको सहायतालेनै बनाउन सकिन्छ, यसप्रकारका कलामा धार्मिक एवं सांस्कृतिक महत्त्व छ’ उत्थान समाजकी अध्यक्ष थरुनीले बताइन् ।
थरुनीको अनुसारः ‘पौराणिक काल खण्ड देखिनै परम्परागत रुपमा धमा, मना, दौरा, ढकिया बनाउदै आएपनि हालमा आएर आधुनिकीकरण र प्लाष्टिकको सामानले लोप अवस्थामा पुगेको छ । हालमा प्रचलित प्लाष्टिकका भाडाकुडाले मानव स्वस्थ्यमा गम्भिर समस्याहरु उत्पन्न गर्ने भएकोले अबका दिनहरुमा मानव अस्तित्व जोगाउन थारु हस्तकला प्रयोग गर्नै पर्ने अवस्था आएको छ । तसर्थ लोप अवस्थामा पुगेको मौलिक थारु हस्तकला धमा, मना, दौरा बुन्ने तालिमको अवश्यक्ता महसुशगरी नगरपालिकाले सहयोग तथा आयोजनामा सबै समुदायको महिलाहरुलाई सहभागी गराई तालिम भैरहेको जानकारी दिएकी हुन् ।’
धमा, मना थारु समुदायमा साँस्कृतिक मांैलिक लोक हस्तकलाको रुपमा रहेको छ । पौराणिक तथा मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको पाइन्छ । प्रकृतिक पर्यावरण उत्पादित बस्तुबाट सिकी, गवहा, मोथी, खोसाबाट धमा, मना बनाइन्छ । स्थानीय स्रोत साधन र टोक्नी, सियो, धागो सामाग्रीले निर्माणगरी खाध्यान्न सामानहरु राख्ने भाडा कुडाका प्रकार हुन । यसमा राखिएका सामान धार्मिक तथा स्वास्थ्यको रुपले शुद्ध मानिएकोहुदा थारु समुदाय पौराणिक अवस्था देखिनै धमा, मना, दौरा, ढकीया बनाई प्रयोग गर्दै आएको तालिमका सहजकर्ता उषा चौधरीले बताइन् । हस्तकला सामाग्रीबाट आयआर्जनको माध्यम हुनु पर्ने र यसकालागि नगरपालिकाले थप सहयोग गर्नु पर्ने सहजकर्ता चौधरीले सुझाव ब्यक्त गरिन् । उत्पादित धमा, मना रु २५० देखि ५५० सम्मा बिक्रि हुने उन्को भनाइ छ ।
परम्परागत थारु मौलिक हस्तकला प्रवद्र्धनकालागि सिप विकास तालिममा ३० जना सहभागी छन् । तालिम घोङ्गही बगिया थारु भिलेजको सभाहल घोङ्गही बगिया थारु बसघरामा भैरहेको सहजिरकण कर्ता उत्थान समाज संस्थाले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएको छ ।
