मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

साउनमा हरियो चुरा र मेहेन्दीको धार्मिक महत्व

by By: रामधुनी खबर
साउन ९, २०७९
448

राख संवाददाता
झुम्का, साउन ९ । साउन अर्थात् विभिन्न रंग समायोेजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।
महिलाले साउनको हरेक सोमबार भगवान शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।
साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहन्दी लगाउने चलन रहेको संस्कृतिविद् जगमान गुरुङ बताउनुहुन्छ ।
“हरियो रंगलाई धर्मशास्त्रले सौभाग्यको रंग भनेर वर्णन गरेको छ । भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व हुन्छ” संस्कृतिविद गुरुङले भन्नुभयो, “साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण हरियो रंग लगाइन्छ ।”
संस्कृतिविद् गुरुङका अनुसार साउनमा हरियो र पँहेलो रंगको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट भित्रिएको हो । “नेपालमा यो चलन थिएन । साउनमा नेपालमा भने महिलाले हातमा चिउरी लगाउने चलन थियो,” उहाँले भन्नुभयो, “चिउरी एक फूल हो, जसको पात पिसेर परेवाको विष्ट मिसाएर हातमा रातभरी लगाएर छोप्ने चलन थियो । भोलिपल्ट रातो हुन्थ्यो । मेहेन्दी लगाउने चलन थिएन । यो आयातित संस्कृति हो ।” साउन महिनालाई हरियाली महिना पनि भनिन्छ । महिला प्रजननशील, उर्वरशील होस् भनेर यो चलन बसाइएको उहाँको भनाइ छ ।
व्रतको सांस्कृतिक महत्व
उहाँका अनुसार साउन महिनामा सूर्य कर्कट राशीमा बस्छ, र्ककट राशी भनेको चन्द्रमाको घर हो । चन्द्रमा भनेको जल तत्व हो । उहाँले भन्नुभयो, “सोमबारलाई चन्द्रमाको बारको रुपमा लिइन्छ । त्यसकारण साउनको सोमबारको दिन शिवलाई जलले स्नान गराउने गरिन्छ । किनभने भगवान शिव स्नानतुल्य हुनुहुन्छ ।”
उहाँका अनुसार स्वास्थ्यलाभ भएपछि राम्रो श्रीमान् पाउने मान्यता रहेको कारण नेपालका अविवाहित नारीले साउन महिनामा शिवको व्रत बस्ने गर्छन् । विवाहित महिलाका हकमा भने साउनमा शिवको व्रत बस्दा श्रीमान्बाट शारीरिक र मानसिक सुख र आर्थिक सुख प्राप्त हुने धार्मिक मान्यता छ ।
यस्तै, विगत पाँच वर्षदेखि शृङ्गारका सामग्रीको व्यापार गर्दै आउनुभएका सञ्जयले यस साउनमा विशेषगरी माला र काँचका चुराहरुको धेरै व्यापार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “साउनको महिना साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । विवाहित र अविवाहित दुवैले साउनको महिना श्रद्धाकासाथ मनाएको पाइन्छ ।”
हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिन्छ । आजका नारीहरुले फेसनको रुपमा चुरा र मेहेन्दी लगाउने कारणले साउन महिनामा व्यापार थप राम्रो हुने उहाँको अनुभव छ ।

अगाडिकाे पाेस्ट

मिटर ब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन, मिटर ब्याज के हो ?

अर्काे पाेस्ट

स्वास्थ्यका लागि व्रत

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft