राख संवाददाता
झुम्का, साउन ९ । मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन गरेका छन् । सिरहाको गोल बजारमा मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन गरेका हुन् । गृह मन्त्रालयले मिटर ब्याजमा संलग्नहरुलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी सीडीओलाई परिपत्र जारी गरेपनि कारबाही नभएको पीडितको आरोप छ ।
मिटर ब्याज के हो ?
मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रकृया हो । यस प्रकृया अन्तर्गत कर्जा लिनेले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सातदेखि दश हजार ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुदाँ लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार आउने देखियो ।
जब कि धितो राखेर कागजात गर्दा सयकडा तीनले (३–५ ) प्रतिशत मात्रै ब्याज पाईन्छ । यो हिसाबले धितो राख्दा मासिक तीन देखि पाँच हजार मात्रै ब्याज पाईन्छ ।
मिटर ब्याज र साधारण ब्याजको यो दुरीले एउटा सानो सानो परिवारको घरखर्च नै चल्ने भएपछि केही पैसा हुनेहरु वा अरु कतैबाट कर्जा लिएर भएपनि मिटर ब्याज खानलाई मानिसहरु हौसिएर फसेको देखिन्छ ।
यसरी मिटर ब्याजमा पैसा खानेहरुले केसम्म गरेको देखियो भने लधुबित्तीय सहकारीमा सदस्य बनेका सदस्यहरु कै नाम बाट कर्जा प्रवाह गराएर ऋण लिएको देखिन्छ ।
मिटर ब्याजमा कर्जा लिनेले प्राय पहिला थोरै रकमबाट कर्जा लिएर आकर्षक ब्याज दिदै जाने अनि असल कर्जावालको रुपमा प्रतिस्थापन गरेपछि कर्जाको रकम बढाएर लाने गर्दछ ।
यो मिटर ब्याजमा पैसा लिदा कागज गर्ने नपर्ने, सहज रुपले साहु माहाजनको मन जित्न सकिने हुदाँ कर्जा लिनेलाई सजिलो देखिन्छ । उनीहरुले जो कोहीलाई एककान, दुईकान हुन नदिन मैले रिन लिएको कसैलाई नभन्नु । यदि कसैलाई भनेको थाहा भो भने तिम्रो पैसा पाउने छैनौँ भनेर कर्जा दिनेलाई लामो समयसम्म मानसिक चावी लगाउने गरेको पनि पाईयो ।
यता कर्जा दिनेले पनि आफूसँग भएको पैसा आकर्षक ब्याज लिएर घरखर्च धान्ने एउटा व्यवसाय नै जस्तो गरेर पटक पटक कर्जा दिने गरेको देखिन्छ ।
