मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीका सामुदायिक विद्यालयहरुमा बालबालिकाको सपना तथा सिकाई परियोजना

by By: रामधुनी खबर
साउन २०, २०७९
661

राख संवाददता
झुम्का,साउन २० । बालबालिकाको उचित बाल अनुकुल स्याहार तथा प्रारम्भिक उत्प्रेरणको अवसर प्रदान गर्न रामधुनीका सामुदायिक विद्यालयहरुमा बालबालिकाको सपना तथा सिकाई परियोजना संचालनहुदै आएको छ । शिक्षण विधिमा परिवर्तन सहित बालबालिकाको चौतर्फी विकास गर्ने उधेश्यले प्लान नेपालको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र(आरएसडिसी)ले परियोजना अन्तर्गत कार्यक्रम संचालन गर्दै आएको हो ।
संचालित परियोजनामा सन २०२२ मा गरेको गतिविधिको समिक्षा तथा आगामी सन २०२३ मा संचालन हुने कार्यक्रमको बारेमा संस्थाले सुक्रवार सुझाव लिएका छन् । रामधुनी नगर प्रमुख संकरलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमबाट आएको सुझावमा रामधुनीको सबै वडामा परियोजना संचालन हुनु पर्ने, १२ बर्ष देखि संचालित कार्यक्रम रामधुनीको अन्य वडाका बिद्यालयहरुले अनुभव गर्न नसकेकोले परियोजनाको समय अवधि तथा सहयोगमा थप गर्नुपर्ने सुझाव आएको छ । यसैगरी रामधुनीमा लागू भएको थारु भाषाको पाठ्यक्रमकोलागि पनि सहयोग गर्नु पर्ने कार्यक्रमबाट थप सुझाव आएको हो ।
बालिका तथा किशोरी युवा महिलाको समावेशी,उच्च रुपमा गुणात्मक, सुरक्षित तथा समय सान्दर्भिक शिक्षामा पहुच भई आफुले चाहेको भबिषयकोलागि तयार हुन परियोजनाको उधेश्य रहेको छ । उधेश्य अनुरुप संस्था मार्फत गरेको सहयोगबाट बालबालिका बिद्यार्थीहरु आफै पढ्न उत्सुक्ता भएको, खेल माध्यमबाट सिकाई उपलब्धि प्राप्त गरेको, बिचमै बिद्यालय छोड्ने बालबालिका कम भएको, कोठाहरु शैक्षिक संरचना अनुसार व्यवस्थापन भएको पंचायत माबिका शिक्षक संकर लुईटेलले जानकारी दिए । संस्थाबाट स्वच्छ खानेपानिकालागि फिल्टर, टि.भी.माध्यमबाट पढाउने वातावरण, फर्निचर लगायतका शैक्षिक समाग्री सहयोगले शिक्षा लिने विधि परिवर्तन भई सहज भएको शिक्षक लुईटेलले समिक्षा कार्यक्रममा जानकारी दिएका हुन् ।
रामधुनी नगरमा ६,७,८ र ९ नं. वडाको १२ वटा बिद्यालयको कक्षा १ देखि ३ सम्मको बालबालिका बिद्यार्थीहरुलाई प्राथमिक्तामा राखेर सिकाई परियोजना अन्तर्ग सहयोग गर्दै आएको ग्रामिण समाज उत्थान केन्द्रकी सिकाई परियोजना संयोजक शिखा किरणले जानकरी दिइन् ।
यसैगरी बालबलिकाको सपना परियोजनामा अनतर्गत रामधुनी २ र ४ नं. वडाको बिद्यालयमा संचालित रहेको परियोजना संयोजक तिलक राईले जानकारी दिए । स्पेनको गृहयुद्धबाट निम्तिएको समस्या सुधारकालागि संचालित परियोजना नेपालमा २६ बर्ष देखि कार्य गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

आज नागपञ्चमी मनाइँदै, बिषालु जिव लगायत अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास

अर्काे पाेस्ट

थारु भाषाको पाठ्यक्रम विकासकालागि रामधुनीमा शैक्षिक गतिविधि गर्ने संस्थाबाट मेयर चौधरीले गरे सहयोगको अपिल

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft