राख संवाददाता
झुम्का, साउन २१ । थारु समुदायको मौलिक संस्कार, परम्परा लगायत बौद्धिक, सौन्दर्य प्रतिभालाई प्रवद्र्धन गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ । जह इन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते शनिवार रामधुनीको झुम्कामा समपन्न भएको हो ।
झुम्काको अडिसनमा १२ जना सहभागी जनाएका छन् । झुम्का संगै शनिवार नेपालगंज, बिरगंज, चिवनमा एकै पटक अडिसन भएको छ । अडिसनकालागि निर्णायकमा संगीतकार सुनिल चौधरी अधिकार कर्मी सिता थरुनी, लक्षमी चौधरी र राजिभ चौधरी थिए ।
यसैगरी साउन २४ गते बिराटनगर, लाहान,टिकापुरको कैलालीमा हुने छन् भने साउन २८ गते बुटवल, दाङ र काठमाण्डौमा हुनेछ । प्रतियोगीहरु छनौट भएर काठमाण्डौमा हुने फिनालेकालागि सहभागी हुने छन् । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने आयोजकले जनाएको छ ।
झुम्काको अडिसनमा अतिथीमा सहभागी रामधुनी न.पा.९ नं.का वडाअध्यक्ष घनश्याम चौधरीले जह इन्टरटेनमेन्ट प्रा.ली.द्धारा आयोजित मिस्टर एण्ड मिस थारु प्रतियोगिता समय सान्दर्भिक रहेको बताए । प्रतियोगितामा सहभागी युवा युवक्तीहरु समुदाय र राष्ट्रियलाई पहिचान गर्न उत्प्रेरित रहनुपर्ने सुझाव ब्यक्त गरेका छन् ।
मिस्टर एण्ड मिस थारु स्वच्छ रुपमा कला, संस्कृति, सौन्दर्य, प्रतिभालाई उठानगरी प्रवद्र्धन गर्ने भएकोले यस संस्थाले बिजनेसको रुपमा नलिई सामाजिक उत्थानको रुपमा आयोजना गर्दै आएको सिजन २ का विजेता आकृति चौधरीले बताइन् । ‘म, आफै सार्वजानिक रुपमा बोल्न नसक्ने, डराउने गरेको थिए, सिजन २ का विजेता चौधरीले भने, ‘मिस्टर एण्ड मिस थारुले मलाई नेतृत्व गर्न प्रोत्साहन गर्यो र अहिले सभा, सम्मेलन, कार्यक्रममा बोल्न सक्दा नीतिगत तहमा समेत पुगेर अधिकारकालागि भिड्न सक्ने क्षमता प्राप्त भएको छ’ अनुभव सुनाइन् ।
जह इन्टरटेनमेन्ट प्रा.ली.को मिस्टर एण्ड मिस थारु प्रतियोगितामा पुर्व देखि पश्चिमका थारु युवा युवक्तीहरु सहभागी हुदै छन् । पुर्व देखि पश्चिमका थारु युवा युवक्तीहरु सहभागीले संस्कार, परम्परा अपनत्व ग्रहन गर्न सक्ने अवसर मिल्ने छन् । यस अवसरलाई सदुपयोगगरी थारुको पहिचान र अधिकारको मुद्धालाई पनि जानकार भई नयाँ शिरा सुरु हुने अधिकारकर्मी सिता थरुनीले बताइन् ।
थारु युवाहरुको प्रतिभा उजागर गर्ने र उनीहरुलाई नेतृत्व प्रदान गर्ने मिस्टर एण्ड मिस थारु कार्यक्रम थारु समाजकैलागि गहनाको रुपमा मान्नु पर्छ भन्दै युवा व्यवसायी भरत चौधरीले कार्यक्रम सफल बनाउन सबै पक्षबाट सहयोग हुनु पर्ने र सहयोगकालागि अनुरोध समेत गरे । थारु समुदायका युवाहरु सार्वजानिक रुपमा बोल्न डराउने, प्रतिभा देखाउन लजाउने जस्ता व्यवहारले पछि पर्दै गएको भन्दै नेतृत्व विकास गर्ने यस्तै कार्यक्रमहरु ल्याउनु पर्ने युवा व्यवसायी चौधरीले सुझाव समेत दिए । युवा व्यवसायी चौधरी झुम्का स्थित नयाँ आधुनीक कृषि सामाग्रीहरुको खरिद बिक्री गरिनुका साथै उत्पादन बृद्धिकालागि कृषहरुलाई सुझाव सल्लाह समेत दिने गरेको छ ।
प्रतियोगिताका प्रथम बिजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ नगद र अन्य उपहार प्रदान गर्ने आयोजकले जानकारी दिए । प्रतियोगिता सन् २०१७ देखि सुरु गरिएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिशा चौधरी भएका थिए । २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भए । त्यस्तै, २०२१ मा भएको तेसो संस्करणको मिस्टर थारु प्रशान्त हुजÞदार र मिस थारु लिमा थारुले उपाधि जितेका थिए ।
झुम्कामा प्रतियोगिताको अडिसनकालागि आयोजकको तर्फबाट सुदिप चौधरी, आकृति चौधरी लगायत सुनसरीबाट थारु संघ संस्थाबाट प्रदिप चौधरी, मिरा चौधरीको उपस्थिती रहेको थियो ।


