मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मिस्टर एण्ड मिस थारु झुम्कामा अडिसन, पुर्व देखि पश्चिमका थारु युवा सहभागी हुदैे

by By: रामधुनी खबर
साउन २१, २०७९
1139

राख संवाददाता
झुम्का, साउन २१ । थारु समुदायको मौलिक संस्कार, परम्परा लगायत बौद्धिक, सौन्दर्य प्रतिभालाई प्रवद्र्धन गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ । जह इन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते शनिवार रामधुनीको झुम्कामा समपन्न भएको हो ।
झुम्काको अडिसनमा १२ जना सहभागी जनाएका छन् । झुम्का संगै शनिवार नेपालगंज, बिरगंज, चिवनमा एकै पटक अडिसन भएको छ । अडिसनकालागि निर्णायकमा संगीतकार सुनिल चौधरी अधिकार कर्मी सिता थरुनी, लक्षमी चौधरी र राजिभ चौधरी थिए ।
यसैगरी साउन २४ गते बिराटनगर, लाहान,टिकापुरको कैलालीमा हुने छन् भने साउन २८ गते बुटवल, दाङ र काठमाण्डौमा हुनेछ । प्रतियोगीहरु छनौट भएर काठमाण्डौमा हुने फिनालेकालागि सहभागी हुने छन् । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने आयोजकले जनाएको छ ।
झुम्काको अडिसनमा अतिथीमा सहभागी रामधुनी न.पा.९ नं.का वडाअध्यक्ष घनश्याम चौधरीले जह इन्टरटेनमेन्ट प्रा.ली.द्धारा आयोजित मिस्टर एण्ड मिस थारु प्रतियोगिता समय सान्दर्भिक रहेको बताए । प्रतियोगितामा सहभागी युवा युवक्तीहरु समुदाय र राष्ट्रियलाई पहिचान गर्न उत्प्रेरित रहनुपर्ने सुझाव ब्यक्त गरेका छन् ।
मिस्टर एण्ड मिस थारु स्वच्छ रुपमा कला, संस्कृति, सौन्दर्य, प्रतिभालाई उठानगरी प्रवद्र्धन गर्ने भएकोले यस संस्थाले बिजनेसको रुपमा नलिई सामाजिक उत्थानको रुपमा आयोजना गर्दै आएको सिजन २ का विजेता आकृति चौधरीले बताइन् । ‘म, आफै सार्वजानिक रुपमा बोल्न नसक्ने, डराउने गरेको थिए, सिजन २ का विजेता चौधरीले भने, ‘मिस्टर एण्ड मिस थारुले मलाई नेतृत्व गर्न प्रोत्साहन गर्यो र अहिले सभा, सम्मेलन, कार्यक्रममा बोल्न सक्दा नीतिगत तहमा समेत पुगेर अधिकारकालागि भिड्न सक्ने क्षमता प्राप्त भएको छ’ अनुभव सुनाइन् ।
जह इन्टरटेनमेन्ट प्रा.ली.को मिस्टर एण्ड मिस थारु प्रतियोगितामा पुर्व देखि पश्चिमका थारु युवा युवक्तीहरु सहभागी हुदै छन् । पुर्व देखि पश्चिमका थारु युवा युवक्तीहरु सहभागीले संस्कार, परम्परा अपनत्व ग्रहन गर्न सक्ने अवसर मिल्ने छन् । यस अवसरलाई सदुपयोगगरी थारुको पहिचान र अधिकारको मुद्धालाई पनि जानकार भई नयाँ शिरा सुरु हुने अधिकारकर्मी सिता थरुनीले बताइन् ।
थारु युवाहरुको प्रतिभा उजागर गर्ने र उनीहरुलाई नेतृत्व प्रदान गर्ने मिस्टर एण्ड मिस थारु कार्यक्रम थारु समाजकैलागि गहनाको रुपमा मान्नु पर्छ भन्दै युवा व्यवसायी भरत चौधरीले कार्यक्रम सफल बनाउन सबै पक्षबाट सहयोग हुनु पर्ने र सहयोगकालागि अनुरोध समेत गरे । थारु समुदायका युवाहरु सार्वजानिक रुपमा बोल्न डराउने, प्रतिभा देखाउन लजाउने जस्ता व्यवहारले पछि पर्दै गएको भन्दै नेतृत्व विकास गर्ने यस्तै कार्यक्रमहरु ल्याउनु पर्ने युवा व्यवसायी चौधरीले सुझाव समेत दिए । युवा व्यवसायी चौधरी झुम्का स्थित नयाँ आधुनीक कृषि सामाग्रीहरुको खरिद बिक्री गरिनुका साथै उत्पादन बृद्धिकालागि कृषहरुलाई सुझाव सल्लाह समेत दिने गरेको छ ।
प्रतियोगिताका प्रथम बिजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ नगद र अन्य उपहार प्रदान गर्ने आयोजकले जानकारी दिए । प्रतियोगिता सन् २०१७ देखि सुरु गरिएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिशा चौधरी भएका थिए । २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भए । त्यस्तै, २०२१ मा भएको तेसो संस्करणको मिस्टर थारु प्रशान्त हुजÞदार र मिस थारु लिमा थारुले उपाधि जितेका थिए ।
झुम्कामा प्रतियोगिताको अडिसनकालागि आयोजकको तर्फबाट सुदिप चौधरी, आकृति चौधरी लगायत सुनसरीबाट थारु संघ संस्थाबाट प्रदिप चौधरी, मिरा चौधरीको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

थारु भाषाको पाठ्यक्रम विकासकालागि रामधुनीमा शैक्षिक गतिविधि गर्ने संस्थाबाट मेयर चौधरीले गरे सहयोगको अपिल

अर्काे पाेस्ट

Best dating sites

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft